विभेदको श्रृंखला र यसको चुनौतीहरु


बोम्जन गुरुङ, दक्षिण कोरिया ।

जातीयता र यसको विभेद अन्त्यको लागी ठूला ठूला ब्यानर र चर्को आवाज सहितको र्याली निकालिए पनि आखिर सबै देखावटी हो । २२ औं शताब्दीको करिब संघारमा आईपुग्दा पनि शब्द र बोलीमा जस्तै व्यहारत: लागु हुन नसक्नु ठूलो चुनौती र बिडम्बनाको रुपमा देखिएको छ । जातीय विभेदको नाममा विभेद अन्त्यको निमित्त रटान मात्रै पनि ठूलो उपहास साबित भएको छ । एकातिर समाज यतिसम्म क्रूर र अन्धो बन्नुको कारण देशको कानुन फितलो हुनु हो । पैसा, पावर र पदको आडमा कानुनको किनबेच हुन्छ यहाँ । दलितलाई मुठ्ठी भरको माखा समान मान्ने आजको समाजका आम मानिस नबुझेर होईन बुझेरै यस्तो निन्दनीय हर्कत गरिरहेका छन् ।

लाग्छ, दलित भन्ने शब्द नेपाली व्यवहार र प्रचलनबाटै हटाउनुपर्यो यसले व्यक्ति वा समाजको मानसिकतामा प्रभाव पारेको देखियो । आफ्नो कूल खानदानको थर लुकाएर अन्य थरबाट चिनिन खोज्नु पनि झनै कायरता हो । यसरी जातीय उत्थान चैं हुदैन जस्तो लाग्छ । आफ्नो वास्तविक थर तोडमोड गरेर फेसबुकमा आदर्श छाँट्ने मात्र होइन, पीडितको दुःख आत्मैबाट नजर अन्दाज गरी वास्तविक धरातलमा उभिएर स्याल हुईयाँ मात्र होईन, बाघ झैँ गर्जिनुपर्यो । प्रतिकारमा एक ढिक्का भएर उत्रनुपर्यो। पढेलेखेका बुद्धिजीवी नै आफ्नो वास्तविक थर लुकाएर प्रस्तुत हुन्छन् अनि शासकवर्ग भनिएकाहरुलाई झनै शोषण गर्न आत्मबल मिल्छ । विभिन्न क्षेत्रसँग सम्बन्धित नामी व्यक्तित्व देखि फेसबुके नेतासम्म रहरले होस् या कहरले आफ्नो थर लुकाएर आदर्श छाँट्नु कुनै दृष्टिकोणले शोभनीय र वाञ्छनीय छैन ।

शोषित भनिएका मध्येबाट पनि अति सम्पन्न वर्गलाई विभेदको बारेमा वकालत गर्न वास्ता नै छैन वा आवश्यक छैन । मध्यम वर्गलाई फुर्सद छैन र निम्न वर्गले आवाज उठाउने साहस गर्न सक्दैनन् । पढेलेखेका, शिक्षित र विद्धानहरुले जबसम्म आफ्नो जाती थिचोमिचो परेको, अन्यायमा परेको बेला शानसँग आफ्नो वास्तविक थर देखाएर जातीय अधिकार र न्याय प्राप्तिका निम्ति नेतृत्व लिन सक्दैनन् वा तयार हुँदैनन् तबसम्म समस्या ज्यूँका त्यूँ हो, न जातीय मुद्धाले कहिल्यै निकास पाउँछ न पूर्णता नै । यो कुरा लेखेर राख्दा हुन्छ ।

जातीय समानताको बारेमा जति बिगुल फुकिएपनि ती सदियौं देखिको परम्परा एकैपटक जादुगर शैलीमा छु-मन्तर त हुने कुरै होइन तर शोषित भनिएका वर्ग वा जातीबाटै आवाज बुलन्द पार्नुपर्छ अरुले त होस्टेमा हैंसे गर्ने मात्र हो । आफ्नो अधिकार सुनिश्चितताका लागी आफैं जुर्मुराउने हो । पाइलाहरु आफैं चाल्ने हो । परिवर्तन सम्भव छ, समाज रुपान्तरण गर्न ढिलो होला तर सकिन्छ किनकि हिजोका दिनमा अमेरिका लगायत युरोपियन देशमा काला गोरा विचको मतभेद थियो, रंगभेद थियो । छाला गोरा हुनेले छाला काला हुनेलाई चरम हेला, यातना र अन्याय थियो र अझै पनि विभेद आंशिक रुपमा पाइन्छ । परिवर्तन हुनुको कारण आम नागरिकको चेतना र जातीय विभेद हिंसा विरुद्ध राज्यको कुशल संयन्त्र हो भन्नेमा सायद दुइमत नहोला । हामी चाहन्छौं समाजका हरेक गतिविधिले विखण्डन होईन जोड्ने सौहार्दपूर्ण वातावरण बनोस् । आउनुस् प्रण गरौं, प्रतिज्ञा गरौं, ऐक्यबद्धता जनाऔं । यो पनि ख्याल गरौं कि आफ्नो अधिकार प्राप्तिमा बलमिचाई गर्दा अरुको अधिकार हनन् नहोस् ।

यही समाज हो जहाँ सिप चल्छ, श्रम चल्छ, रगत चल्छ, जवानी चल्छ तर पानी चल्दैन । जुन गाउँमा नर्सले स्वास्थ्य सेवा दिन्छिन् त्यही गाउँमा उनले कोठा पाउँदिनन् । नेपाली समाजको सोच कहिले परिवर्तन हुने हो ? दलित भएकै कारण आयुष परियार दुई वर्षमा चार डेराबाट निकालिए । यी त सामान्य प्रतिनिधि पात्रहरु हुन् । दलितहरु हिजो पँधेरीमा अरुको पानी छोईदिदा समाज वहिष्कार हुनुपर्ने, दुर्गामाताको मन्दिर पस्न खोज्दा गाउँ निकालामा पर्ने, स्कुलको कक्षामा झुक्किएर बिष्टका छोराको रोटी छूदाँ कपाल चारपाटा मुडिनुपर्ने, बिहे घरमा मलखातमा बसेर खान नमान्दा आफ्नै मुखभरी कालोमोसो दल्न बाध्य हुनु पर्ने र फेरी कसैलाई चोखो प्रेम गर्दा ज्यानै आहुति दिनु पर्ने आखिर कहिलेसम्म चलिरहन्छ यो विभेदको नियति ?

नदेखेको विश्वकर्मालाई भगवान् मानेर पुजा गर्छौं ।
देखेको विश्वकर्मालाई अछुत भनि हेला गर्छौ ।
विश्वकर्माको जवानी र श्रम चल्छ तर पानी चल्दैन ।
यस्तै छ हाम्रो समाज र हामी अनेकौं नाटक गर्छौं ।

कोरोनाको यो विषम कहरमा एक अर्कामा मानवता राखेर सहयोग गर्नुपर्ने बेलामा कोही भ्रष्टचार गरेर अकुट सम्पति जम्मा पार्ने दाउ हेरेर बसेका छन् । दैनिक मजदुरी गरेर हातमुख जोड्न समेत नपाई भोकैले मृत्यु अँगाल्नुपर्ने अवस्था सिर्जना भईसक्यो । गरीब, निमुखा, दलित र असाह्यहरुको निमित्त खै राहत ? खै लोकतन्त्र अनि गणतन्त्र ? खै शान्ति अनि अमनचयनको प्रत्याभूति ? यी सबै प्रश्नहरु अनुत्तरित छन् जुन हाम्रो अगाडी समस्याको विशाल ठूलो पर्खाल बनेर उभिदिएको छ ।

संविधानमा – ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने र यस्तै जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय ऐन २०६८) ले सम्बन्धित अपराधको परिभाषा, सजाय र क्षतिपूर्ति तोकेको छ । हिजोका दिनमा घटेका निर्मला हत्याकाण्ड, एसिडको विभिन्न प्रकरणहरु, ठूला ठूला घटनाहरु जस्तै दबाईने कोसिस नगरियोस् । नवराज बिक र शुष्मा मल्ल विचको ३ वर्षे अन्तरजातीय प्रेमयात्राको उतारचढाव अन्ततः नवराज बिकको लास र सास सँगै बिलाएको छ । जेठ १० गते शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट मृत्यु भएका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज बिक र चौरजहारीका टीकाराम सुनार र पछिल्लो क्रममा गणेश बुढा मगर, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ भने भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । दुःखद घटना भई सम्पूर्ण मृतकहरु प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली । प्रेमी नवराजले आफ्नो प्रेम प्राप्तिमा मृत्युवरण गर्नु परेपनि उनको प्रेम अमर अजर रहोस् । उक्त रुकुम जाजरकोट घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कडा भन्दा कडा हदै सम्मको सजायको दिईयोस् ।

(लेखक पोखरा स्थित गोर्खाली रेडियो १०६ मेघाहर्ज, दक्षिण कोरिया संवाददाता साथै कोरिया स्थित स्याङ्जा परिवार र तमू धीं लगायतका संस्थामा आबद्ध छन् ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...