मगर संघद्वारा क्यान्सर पिडित पूर्व राष्ट्रिय खेलाडीलाई सहयोगको अपिल
फोनिज कोरिया संवाददाता
सोल – दक्षिण कोरियामा रोजगारीको लागी केहि बर्ष आघि आएका नेपालका राष्ट्रिय खेलाडी नेपाल मगर संघका भूपू सदस्य इन्द्र राना मगरलाइ पेटको क्यान्सर भई केहि महिना अगाडी अप्रेशन गरे पनि स्वास्थ्यमा खासै सुधार हुन सकेको छैन | पुन: अर्को अप्रेशन गर्नुपर्ने उहाको उपचारमा संलग्न डाक्टरले बताएका छन् | अघिल्लो अप्रेशनमा करिब ५० लाख वन खर्च भैसकेको छ | अब अर्को अप्रेशनको लागि कम्तिमा एक करोड वन लाग्न सक्ने बताइएको छ |
दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण संघ संस्था , ब्यबसायी ,बुद्धिजिवी खेलप्रेमी, व्यक्ति विशेष तथा सम्पूर्ण मगर तथा गैर महानु भाबहरुले राष्ट्रको गहना, नेपालको शान, इन्द्र राना मगर ज्युलाइ आ-आफुले सक्ने सहयोग गरि जिबन रक्षा गरिदिनु हुन नेपाल मगर संघ परिवार बिनम्र अनुरोध गरेको छ |
नेपालका राष्ट्रिय बक्सर खेलाडी इन्द्र राना मगर बिक्रम सम्बत २०५६ सालमा नेपाल कै ठुलो पदक मध्ये एक गोरखा दक्षिणबाहु पदकबाट सम्मानित हुनु भएको थियो साथै आठौँ साफ गेम(वि.स.२०५३) मा कास्य पदक प्राप्त गर्नु भएको थियो | त्यस्तै गरि सन् १९९७ मा फिलिपिन्समा भएको मेयर कप बक्सिङ प्रतियोगीताको कास्य पदक बिजेता हुन् |
सहयोगको लागी
खाता नम्बर : WOORI BANK : 1002 953 46 7618 [CODE:020]
[RANA MUN BAHADUR ]
थप जानकारीको लागि :
अध्यक्ष :-खड्ग थापा मगर (०१० २१५८ २३९८ )
बरिष्ठ सल्लाहकार : हेम थापा मगर (०१० २५०६ ६५८१ )
बरिष्ठ उपाध्यक्ष : हिक्मत पुलामी मगर (०१० २७४७ ६३२९ )
सल्लाहकार :- होबिर थापा मगर (०१० ९१३८ ८२२५ )
पुनश्च: सहयोग रकम ट्रान्सफर गर्नु भएपछि नाम तथा ठेगाना टिपाउनु हुन अनुरोध छ l हजुरहरुको सहयोग रकम अन लाइन मिडियामा राखिने छ l