Advertisement
SKIP THIS

बजेटकै हाराहारीमा रेमिटेन्स


विष्णु बेल्वासे
काठमाडौं-चालु आर्थिक वर्षको अन्त्यसम्म औपचारिक माध्यमबाटै बजेटकै हाराहारीमा रेमिटेन्स आउने अनुमान गरिएको छ। चालु आर्थिक वर्षका लागि सरकारले ६ खर्ब १८ अर्बको बजेट ल्याएको थियो। वैशाखसम्ममा ४ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको बाँकी दुई महिनामा १ खर्ब ७४ अर्ब रेमिटेन्स थापिने अनुमान उसको छ।
 
भूकम्पपछि रेमिटेन्स आप्रवाहमा उल्लेख्य रुपमा वृद्धि भएकाले पनि औपचारिक माध्यमबाटै चालु आर्थिक वर्षको अन्त्यसम्ममा बजेट बराबर नै रेमिटेन्स आउने अनुमान गरिएको राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले बताए। ‘भूकम्पपछि रेमिटेन्स आउने क्रममा वृद्धि भएकाले पनि अनुमान गरिए अनुसारको रेमिटेन्स आउने छ,’ उनले भने।
 
चालु आर्थिक वर्षको सुरुमा रेमिटेन्स आप्रवाहमा २९ प्रतिशतले कमी आएको थियो। वैशाखको अन्त्यसम्ममा १० प्रतिशतले रेमिटेन्स बढेको श्रेष्ठले बताए।
 
वैशाख १२ गतेको भूकम्प र त्यसपछि निरन्तर गएको अनुकम्पले घरपरिवार र छरछिमेकका भौतिक संरचनामा क्षति पुर्यातएपछि विदेशमा रहेका आफन्तले रकम पठाउन थालेकाले पछि रेमिटेन्स बढेको हो। भूकम्पपछि कम्पनीहरुले निःशुल्क रकम पठाउने व्यवस्था गरेकाले पनि रेमिटेन्स बढ्नमा मद्दत पुगेको विज्ञहरुले बताएका छन्।
 
चालु आर्थिक वर्षको जेठ र असारमा रेमिटेन्स आप्रवाहमा अझै वृद्धि हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा औपचारिक माध्यमबाटै ६ खर्ब भन्दा बढीको रेमिटेन्स आउने अनुमान गरिएको श्रेष्ठले बताए।
 
अवैधानिक रुपमा (हुन्डी) बाट पनि ठूलो रकम नेपाल भित्रिने गरेको विज्ञहरुको भनाइ छ। वैधानिक र अवैधानिक रुपमा भित्रिने रकमलाई समेत जोडने हो भने चालु आर्थिक वर्षको बजेटभन्दा बढी रेमिटेन्स भित्रिन सक्ने अनुमान पनि उनीहरुले गरेका छन्। यसबाहेक नेपालीले रेमिटेन्सको सट्टा सुन, मोबाइल, टिभी लगायतको भौतिक सामान ल्याउने गरेका छन्।
 
रेमिटेन्सको सट्टा झिटी गुन्टा व्यवस्थाअन्तर्गत विदेशबाट फर्किने नेपालीले प्रतिव्यक्ति ५० ग्रामसम्म (४.३ ) तोला सुन ल्याउन पाउने सुविधा छ। उक्त सुविधा अन्तर्गत सुन ल्याएर नेपालमा बिक्री गर्दा २५ हजार रुपैयाँसम्म फाइदा हुन्छ। यसैगरी ६ महिना भन्दा बढी विदेशमा बस्ने नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउने सुविधा समेत सरकारले दिएको छ। यी सबै वस्तुको मूल्य जोडने हो भने बजेट भन्दा पनि बढी रकम हुन आउँछ।
 
राष्ट्र बैंकको तथ्यांकअनुसार ४७ वटा रेमिटेन्स कम्पनी विदेशबाट रकम भित्र्याउनका लागि राष्ट्र बैंकबाट अनुमति लिएका छन्। यसैगरी ३० बटा वाणिज्य बैंकमध्ये अधिकांशले रेमिटेन्स कारोबार गरिरहेका छन्।
 
दैनिक सरदर १५ सयका दरले कामको खोजीमा विदेश जाने गरेका छन्। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड रेमिटेन्स नेपाल भित्रिएको थियो।
 
केन्द्रीय बैंकका अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जाने पनि निरन्तर बढेकाले रेमिटेन्स बढ्दै गएको छ। आव २०६९/०७० मा ४ खर्ब २५ अर्ब ९० करोड रेमिटेन्स भित्रिएको थियो। विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषले नेपाल भित्रिने रेमिटेन्समा सुस्तता आउने प्रक्षेपण गरेको थिए। त्यसबिपरित रेमिटेन्स आप्रवाहमा आब २०६९/०७० को २०.९ प्रतिशत वृद्धिको तुुलनामा आव २०७०/०७१ मा २५ प्रतिशत वृद्धि भएको छ।
 
दोस्रो जनआन्दोलनयता मात्रै विदेशिएका करिब २५ लाख र त्यसअघिका समेत गरेर करिब ३३ लाख युवा कामका लागि बाहिर गएको औपचारिक तथ्यांक छ।
गत आवमा मात्रै ५ लाख २७ हजार ८ सय १४ नेपाली वैदेशिक रोजगारीमा गएको केन्द्रीय बैंकको अनुमान छ। २०६९/०७० मा ४ लाख ५३ हजार ५ सय ४३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए।
 
वैदेशिक रोजगारमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने रेमिटेन्स भित्र्याएका छन्। त्यस्तो रकम पुँजी निर्माणको काममा खर्च हुन नसके पनि परिवारको जीवनस्तरमा भने सुधि्रएको विज्ञहरुको भनाई छ।
 
रेमिटेन्सले कामदार, सरकार, रेमिटेन्स कम्पनी र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ। कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्म पुर्याउने काम रेमिटेन्स कम्पनी र बैंकहरुले गरेका छन्। सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...