Advertisement
SKIP THIS

उदयपुर सेवा समाज दक्षिण कोरियाको साधारण सभा सम्पन्न


फेब्रुअरि ९ तारिख आईतबार उदयपुर सेवा समाज दक्षिण कोरियाले साधारण सभा सम्पन्न गरेको छ। कोरियाको आन्सान स्थित होटल सोल्टिमा आयोजित सभामा संस्थाका अध्यक्ष मधुकर राई Mk को अध्यक्षता र संस्थाका संरक्षक तथा ब्यबसायि श्याम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।

सभामा संस्थाका अहिले सम्मका बिभिन्न सामाजिक, आर्थिक गतिबिधिहरुको समिक्षा गरिएको महासचिब बिबिन्द्र राईले जानकारी दिए। कोरियामा रहेका उदयपुरेहरुको साझा घरको रुपमा यस संस्थालाई बिकास गर्नुपर्ने आवश्यकता रहेको भन्ने बिषयमा उपस्थित सम्पुर्ण सद्स्य तथा पदाधिकारी हरुले जोड दिएका थिए। यसै अनुरुप संस्था लाई सुदृढीकरण गर्नुपर्ने तथा संस्थालाई चलाएमान बनाउनको लागि बिभिन्न कृयाकलापहरुमा सहभागी हुने पनि निर्णय गरिएको थियो।

सोही अवसरमा कार्यसमितिलाई पुनर्गठन गरिएको थियो। उक्त भेलाले अध्यक्ष र महासचिब सर्बसहमतिमा यथावत् राखि उपाध्यक्ष ३ , सचिव १ सहकोषाध्यक्ष १ तथा कार्यसमिति सदस्यहरु थप गरिएको थियो। आफ्नो पहिलो कार्यकाल सकेर नेपाल प्रस्थान गर्ने संस्थाका स्ंस्थापक तथा निबर्तमान उपाध्यक्ष बिध्यानन्द चौधरि तथा सदस्य सन्तोष बुढाथोकिलाई बिदाइ कार्यक्रम पनि गरिएको थियो।

“उदयपुर म्युजिकल कन्सर्ट 2019 ” बाट संकलित रकम मध्य केहि प्रतिशत पूर्वघोषित योजना अन्तर्गत लक्षित बर्ग , क्षेत्रमा हस्तान्तरण गरिने भएको छ। हस्तान्तरणका लागि संस्थाका संस्थापक बरिष्ठ सल्लाहकार महेन्द्र राई ज संयोजक रहनेगरि संस्थाले कोष पनि निकासा गरिसकेको र उदयपुरेको बहुसंख्यक उपस्थितिमा भब्यताका साथ साधारण सभा सम्पन्न भएकोमा उदयपुर सेवा समाज थप मजबुत भएर सामाजीक सेवामा लाग्ने कुरामा उर्जा मिलेको संस्थाका अध्यक्ष मधुकर राईले बताएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...