सोलुखुम्बु सेवा समाज कारियाले जनवरी २६तारिख बार्षिक साधारणसभा आयोजना गर्ने
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले जनवरी २६ तारिख आइतबार कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।
सन २००३ मा काेरियामा स्थापना भएको साेलुखुम्बु सेवा समाजले करिब१७ बर्ष पार गरेकाेछ।
कोरियामा लामो ईतिहास बोकेको यस संस्थाले बिगत लामो समयदेखी नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएकोछ।सोलुखम्बु सेवा समाजले आपत विपतमा परेका नेपालीहरुलाई सेवा आश्रयको लागि हिमालय सोलु सेल्टर सञ्चालन गर्दै पनि आई रहेको छ। कोरियामा रहेका विभिन्न संस्थाहरु संग हातेमालो गर्दै सामाजिक कार्यमा समेत सहभागी हुँदै पनि आएको छ ।
विभिन्न चरणमा सांगीतिक कार्यक्रम समेत आयोजना गरि सोलुखुम्बुको जिल्ला हस्पिटललाई एम्बुलेन्स समेत हस्तान्तरण गरि सकेकोछ भने विभिन्न आपत बिपदमा परेका जिल्ला बासी लगायत अरु नेपालिहरु माझ ब्यत्तिगत तथा संस्थागत रुपमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।
यस आउने १७ औ वार्षिक साधारणसभामा उपस्थिति जनाईदिनु हुन सम्पुर्ण सोलुखुम्बु बासी दाजुभाइ तथा दिदिबहिनीहरुमा समाजका अध्यक्ष बिशन राईले हार्दिक अनुरोध गरेका छन्।