Advertisement
SKIP THIS

कोरियामा मेन्स रुम रिलोडेडद्वारा टोपी दिवस मनाउने तैयारी पूरा


दक्षिण कोरियामा अंग्रेज़ी नयाँ बर्षका दिन मेन्स रूम रिलोडेड (MRR) कोरियाको संयोजकत्वमा नेपाली राष्ट्रिय टोपी दिवस मनाइने भएको छ। ‘नेपाल भ्रमण बर्ष २०२०’ संग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निम्ति यो दिबस मनाउन लागिएको हो। यो कार्यक्रमले नेपाललाई थप परिचित बनाउन सहयोग आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया एन आर एन कोरिया, नेपाली विद्यार्थी समाज कोरिया (सोन्सिक) को साथै स्वतन्त्र राष्ट्रप्रेमी नेपालीको सहयोगमा कोरियामा रहेका नेपालीहरुको उपस्थितिमा कार्यक्रम सफल बनाउने योजनाको साथ तयारी गरीएको कार्यक्रम आयोजकका एक सदस्य नवीन बास्कोटले बताए।

उक्त कार्यक्रम जनवरी १ दिउँसो १२.३० बजे सौल स्टेसनबाट नामसान टावर(सउल टावर) सम्म पदयात्रा गरि समापन हुने आयोजकले जानकारी गराएको छ भने पदयात्रामा ढाका टोपी लगाइने छ। नेपालका बिभिन्न सुन्दर तथा मनोरम पर्यटकिय क्षेत्रहरुको बारेमा जानकारी गराईएको पर्चा, पम्लेट साथै ब्रोसरहरु पनि बितरण गरिनेछ। साथै, उक्त कार्यक्रममा राष्ट्रिय पहिचान झल्किने खालका पोसाक तथा सामाग्रीहरू सहित उपस्थित भईदिनु हुन कोरियाबासी सम्पुर्ण नेपालीलाई एम.आर.आर कोरियाले आह्वान गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...