Advertisement
SKIP THIS

यादन सेर्मा र डिल्ली फोम्बोको साथमा चुम्लुङ कोरियाले चासोक तङ्नाम मनायो।


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आज सौल सङ्बोक खुछङको हलमा चासोक तङनाम भब्यताका साथ मनाएको छ। तङनाम बिशेष कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय यादन सेर्मा र डिल्ली फोम्बोको साँस्कृतिक एवम सांगीतिक प्रस्तुतिमा दर्शकहरुले आनन्दले झुमेका थिए। गायक द्वयले आफ्ना आधा दर्जन बढी लिम्बू तथा नेपाली गीतहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। गीत संगीतका साथमा लिम्बू मौलिक परिकारहरु समेत ग्रहण गर्दै दर्शकहरु नाच्नमा ब्यस्त देखिन्थे।

सेवा साबा प्रवेश फियाकले चासोक/न्वागी पूजा गरेपछी सुरु भएको कार्यक्रममा ताप्लेजुङ र पाँचथरे टोलिको केलाङ प्रस्तुत भएको थियो। यसैगरी बुसान शाखाले पनि आकर्षक केलाङ पस्केका थिए। कोरियामै रहेका कलाकारहरु संगम सेर्मा, जोन तुम्बापो, अप्सन लिम्बू, ध्रुव चेम्जोङ र युगल किशोर सेर्माले पनि आ आफ्नो गायन प्रस्तुति राखेका थिए भने चुम्लुङ बुसानको तर्फबाट बल्ल भेट भो आदाङ्बेमा विवेक निङ्लेखु,दिवा लिम्बू,संजोक कन्दङ्वा, सारा श्रेष्ठ , सुक्रराज कन्दङ्वा, नोरा पोमू, मेन्सन लिम्बू र नानू योङ्हाङले नृत्य प्रस्तुत गरेका थिए। त्यसपछि चासोक तङनाम बोलको गीतमा विवेक निङ्लेखु र नाफिसा लावतीको आकर्षक नृत्यपनि रहेको थियो।

चुम्लुङ कोरियाका निवर्तमान अध्यक्ष एवम् विशेष सल्लाहकार शुन्दरदिप आङ्देम्बेले चासोक तङनामको परिचय साथै महत्त्वपनि बुझाएका थिए भने वरिष्ठ उपाध्यक्ष प्रवेश फियाकले शुभकामना मन्तव्य राखेका थिए। चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बू “अग्नि” को सभापतित्व र नेपाली राजदुतावासका कार्यबाहक राजदुत रामसिंह थापाको प्रमुख आतिथ्यमा सम्पन्न तङनाम विशेष कार्यक्रममा विशेष अतिथिहरु गैर आवासिय नेपाली संघका उपाध्यक्ष यदु लामिछाने, नेपाली सम्पर्क समितिका अध्यक्ष अञ्जु केसि, पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राईले शुभकामना मन्तव्य राखेका थिए भने कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु एवम नेपालीहरुको व्यापक उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...