उल्सानमा केमिकल प्लान्ट विस्फोट हुदा ६ को मृत्यु
ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाको उल्सानमा एक केमिकल प्लान्ट विस्फोट हुंदा ६ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।शुक्रबार उल्सानमा रहेको हान्वा केमिकल प्लान्टमा कामदारहरुले वेल्डिंग गरीरहेका अवस्थामा आगोको झिल्काबाट विस्फोट बताइएको छ ।बिहान ९ बजेर १९ मिनेट जांदा सो विस्फोट भएको उल्सान फायर अधिकारीहरुले बताएको छन् ।
अधिकारीहरुले वेल्डिंगको झिल्का तातो बस्तुमा समपर्कमा मिथेन र बायोकेमिकल ग्यांस विस्फोट भएको हुन सक्ने आशंका गरेका छन् ।कोरियाको नौं ठुलो केमिकल प्लान्ट हान्वा समुहले सञ्चालन गरेको हो ।यो केमिकल प्लान्टमा पोलिभिनल क्लोराईड,प्लास्टिक उत्पादन गर्ने गर्दछ ।
त्यसैंगरी हान्वा केमिकल कम्पनीका प्रमुखले खतरनाक विस्फोट भई ६ जना कामदारको मृत्य भएकोमा सार्वजनिक रुपमा माफी मागेका छन् ।मृतकको परिवारप्रति समवेदना व्यक्त गदैं सो कम्पनीका प्रमुख किम चांग बुमले सो दुर्घटनाको सत्यतथ्य छानविन गर्ने अठोट समेत व्यक्त गरे ।