ईन्टरनेशनल सोसिअलिज्म अवार्ड डिसेम्बर २२ मा हुने
सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘दक्षिण कोरियामा पहिलो पटक गर्न लागेको ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड (ईसा-२०१९)’ डिसेम्बर २२ मा हुने भएको छ । यस अघि नोवेम्बर १० मा गर्ने भनिएकोमा प्राविधिक कारणले डिसेम्बर २२ तारिखलाई सारेको जनाएको छ ।
अनलाईन मिडिया तथा क्लब फोर्टी इन्टरनेसनलको संयुक्त आयोजनामा उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । अवार्डको लागी योग्य व्यक्तिहरु बहुविधा अन्तर्गत नोमिनेशन हुनेछ । यो किसिमको अवार्ड पहिलो पटक विदेशमा हुन लागेको आयोजकले जानकारी दिएको छ ।
सामाजिक कार्यमा आवद्ध व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने भनाइ आयोजकको रहेको छ । नेपालबाट २० जनाको नोमिनेशन प्रकृया भईसकेको र कोरियामा करिब एक दर्जन व्यक्तिहरुलाई अवार्ड प्रधान गरिने आयोजकले जनाएको छ ।
नेपाली समुदायमा योगदान दिएका व्यक्तिहरुलाई हौसला, प्रेरणा र थप उर्जा प्रदानको लागी उक्त कार्यक्रम आयोजना गरिएको हो । सामान्य टिकटको व्यवस्थापन रहने र भोटिङ पद्धती
अवार्डेट मध्येबाट कार्यक्रममा आईएसए हिरो-२०१९ घोषणा गरिने भएको हो ।