Advertisement
SKIP THIS

दक्षिण कोरियाको सउलमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने


नेपाल तामाङ संघ दक्षिण कोरियाले राजधानी सउलमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन गर्ने भएको छ । आगामी नोवेम्बर १७ तारीखका दिन दोङदेमुन स्थित जोङ्नो खुमिन होइग्वन(종로 구민 회관)मा चलचित्र प्रदर्शन गर्न लागेको हो । यसको सम्पुर्ण तयारी समेत पुरा भैसकेको जनाएको छ ।

संघले संचालन गरेको सउलको दोङ्देमुन स्थित सेल्टर (तामाङ धिम)को दीर्घकालीन ब्यबस्थापन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागेको जानकारी संघका अध्यक्ष मेगप्रसाद वाईबाले दिएका छन् । “चलचित्र प्रदर्शनबाट भएको आम्दानीमा हामीले थप गरेर तामाङ धिम संचालन गर्नेछौं । यसलाई हामीले तामाङ कला र संस्कृतिक पहिचान झल्किने गरि ब्यबस्थापन गर्नेछौं ।” उनले भने ।

नेपाली चलचित्र घामपानी र गोपी चलचित्र पछि युवा निर्देशक दिपेन्द्र लामाको चलचित्र “छ माया छपक्कै” नेपालमा अक्टोबर ११ देखि अत्याधिक सफलताका साथ प्रदर्शन भएको छ । सोही चलचित्र दक्षिण कोरियाको अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शन हुने क्रम्मा रहेको जनाएको छ ।

त्यस्तै उक्त दिन हुने चलचित्र प्रदर्शनको सम्पुर्ण तयारी पुरा भएको चलचित्र प्रदर्शन तयारी समितीका संयोजक तथा संघका उपाध्यक्ष बुद्ध लामाले जानकारी दिएका छन् । गत आइतबार मात्र पोस्टर समेत सार्वजनिक गरेको जानकारी दिदै संयोजक लामाले कोरियामा रहेका सम्पुर्णलाई सहभागी हुन अनुरोध समेत गरेका छन् । “मनोरञ्जनको साथ साथै समाजिक भावनाले नेपालमा चलिरहेको सुप्परहिट चलचित्र यहाँ(कोरियामा) पनि प्रदर्शन गर्न लागेको हो । त्यसैले कोरियामा रहनु भएका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गर्द्छु ।” लामाले भने ।

दिप्रेन्द्र लामाको कथा र निर्देशनमा बनेको चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), स्वपुष्प भट्टा, बुध्दि तामाङ (हैट), प्रकाश घिमिरे, रमा थपालिया, शिशिर भडेल, अनुराघ कुवाँर, बिष्णु सापकोटा, सबिन बास्तोला, बसन्त भट्टा, शारदा गिरी, दिपक क्षेत्री, सुनिता गौतम, राजनी गुरूङ, कुमार गजुरेल, सन्देश लामिछाने, देव जोशी, प्रदिप न्यौपाने र भिम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...