कोरियामा आउदै साथ छुटाउने पापी दैव
फोनिज कोरिया संवाददाता
सोल-कोरियामा फुर्सदको समयलाई सदुपयोग गर्दै नेपाली म्युजिक भिडियो बनाउने क्रम बढिरहेको बेला सुरेश कौशलको निर्देशनमा मणिपाल राईको रचना र सुमन राईको संगीत तथा गायक राजेश पायल राईको स्वर रहेको आधुनिक गीत ‘छुटायो हाम्रो साथ त्यहि पापी दैवले’ को गत जुन २७ र २८ मा कोरियाको दोङ सोल र इछनस्थित सलबोङ पार्कमा छायांकन सम्पन्न भएको छ |
कोरियामा लामो समयदेखि कार्यरत सामाजिक अभियन्ता तथा मोडेल एलिशा सिंह र सुरेश कौशलको अभिनय रहेको उक्त भिडियोको छायांकन सुमन पुन मगर, दिनेश चौधरी,र कोरियोग्राफी अनुराग सापकोटा र गोविन्द पन्तले गरेका छन् | अब छिट्टै बजारमा आउने तयारी गरिरहेको उक्त म्युजिक भिडियो दर्शकहरुको रोजाइमा उत्कृष्ट हुने आफु आशावादी रहेको निर्देशक सुरेश कौशलले बताए | |