Advertisement
SKIP THIS

अमेरिका पठाउन्छु भन्दै ठग्ने सुजन न्यौपाने पक्राउ


फोनिज कोरिया संवाददाता

काठमाडौं-लाखौं रूपैंया उठाएर उत्तरी अमेरिकाको बन्द भइसकेको एकेडेमी पुर्‍याई १५ जना विद्यार्थीलाई अलपत्र पारेको आरोपमा चितवनका सुजन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।

 

न्यौपानेले अमेरिका पठाउने भनेर ती विद्यार्थीलाई उत्तरी अमेरिकाको सेन्ट लुसिकास्थित बन्द भइसकेको ल्यामबर्डस एकेडेमीमा पठाएर अलत्रप पारेका थिए।

ल्याम्बर्डसमा पुगेको एक वर्षपछि अमेरिका लैजाने आश्वासन दिएका न्यौपानेले १५ जनाबाट जनही १२ लाख रुपैंया लिएका थिए।

 

विद्यार्थीहरु सेन्ट लुईसमा पुगेपछि ल्यामबर्डस नाम मात्रैको कलेज र उक्त कलेजका जिम्मेवार व्यक्तिविरुद्ध मानव बेचविखन सम्बन्धी मुद्दा परि कलेज बन्द अवस्थामा रहेको पाएका थिए।

 

पीडित विद्यार्थी सेन्ट लुईस पुगेको १२ दिनमै नेपाल फर्किएपछि उनीहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए।

 

महाशाखाले अनुसन्धान गर्दा न्यौपानेले कन्सल्टेन्सी खोलेर ठग्ने मनसायले पैसा उठाई अलपत्र पारेको पाईएपछि उनलाई पक्राउ गरेको जानकारी महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले दिए।

 

महाशाखाले मंगलबार केशरमहलबाट न्यौपानेलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि बुधबार जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...