गीतकार किरण चेम्जोङको शब्दमा “निष्ठुरी भइ दोबाटोमा” सार्वजनिक
![](https://www.fonijkorea.net/wp-content/uploads/2019/09/Screenshot_20190906-221947_YouTube-900x438.jpg)
कोरियामा कर्मथलो बनाई नेपाली गीत संगीतमा कलम चलाईरहेका गीतकार किरण चेम्जोङको नयाँ गीत “निष्ठुरी भइ दोबाटोमा ” सार्वजनिक भएको छ। गायिका हिमानी फेवादिनको आवाज रहेको उक्त गीतमा जीवन राईले संगीत भरेका छन भने बलाराम समालको संगीत संयोजन रहेको छ।
प्रेम वियोगमा बनेको गीतको भिडियोमा विष्णु पौडेल, अनिता तामाङ र नविना तामाङको अभिनय हेर्न सकिन्छ। भिडियोलाई रत्न लामाले छायांकन र दिपक विष्टले सम्पादन गरेका छन् भने रिकमान थापा मगरको निर्देशन रहेको छ।
भिडियो लिङ्क तल छ।