नेपाल हाउसको आयव्यव सार्वजनिक


फोनिज कोरिया सम्वादाता
सोल, दक्षिण कोरियामा नेपाल हाउसलाई व्यवस्थित र दिर्घकालिन बनाउन दश करोड संकलन अभियानलाई सफल पार्ने उद्देश्यले आयोजना गरिएको नेपाल हाउस सांगीतिक महामेलाबाट १३ करोड ४१ लाख ५१ हजार ९३२ वन संकलन भएको छ ।

जसमध्ये केही व्यापारी, संघसंस्था र व्यक्तिबाट एक करोड, २० लाख, ९ हजार १११ वन संकलन हुन बाँकी रहेको नेपाल हाउस व्यवस्थापन समितिले जनाएको छ । नेपाल हाउसले बुधबार प्रेस वित्तप्ति जारी गर्दै विगत चार महिना अघि बुसान र सोलमा आयोजना गरेको महामेला सांगीतिक कार्यक्रमको आयव्यय विवरण  सार्वजनिक गरेको हो ।

गत फेब्रअरी १८ र १९ मा  बुसान र सोलमा  भएको सांगीतिक महामेलाको टिकट बिक्रीबाट सात करोड ४१ लाख २५ हजार वन संकलन भएको थियो । जसमध्ये सात करोड ७२ लाख ९१ हजार ७३० खर्च भएको थियो ।

 

नेपाल हाउसद्धारा जारी प्रेस वित्तप्ति

बिभिन्न संघ संस्थाका अध्यक्षज्युहरु लगायत प्रतिनिधि ज्युहरु, पत्रकार,बुद्दीजिवी,ब्यापारी,बिधार्थी महानुभावहरु,साथै कोरियामा रहेका सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु !

एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवरज्युको संयोजकत्वमा गत २०१४ मे महिनामा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरुका अध्यक्षहरु पदेन सदस्य रहने गरि गठन गरिएको नेपाल हाउस ब्यबस्थापन समिति र सोही समितिबाट गठित नेपाल हाउस सचिबालयले नेपाल हाउसलाई ब्यबस्थित र दिर्घकालिन बनाउन दश करोड संकलन अभियानलाई अगाडी ल्याउने निर्णय गर्यो ।

अभियानलाई सफल बनाउन नेपाल हाउस सांगितीक महामेलाको आयोजना गर्नुको साथै कोरियामा रहेका सम्पूर्ण संघ संस्था,ब्यापारी,बुद्दीजिवी,बिधार्थी तथा कोरियामा रहेका मनकारी प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गर्ने गरि अभियानलाई उल्लयखित दुई माध्यमलाई प्रभावकारी रुपमा अगाडी बढाईयो ।

अभियान अन्तर्गतको सहयोग संकलन माध्यमले पूर्ण रुपमा सफलता प्राप्त गर्दै ऐतिहांशिकता प्रदान गर्यो । तर अभियानको अर्को माध्यम नेपाल हाउस सांगितिक महामेलाबाट (बुसान १८ र सउल १९) भने लक्ष अनुसारको सफलता हांशिल हुन सकेन । आयोजित नेपाल हाउस सांगितीक महामेला २०१५ अभियानको लागि सहयोगी नरहेता पनि समग्रमा दिर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियान पूर्ण रुपमा सफल भएको छ ।

हाल नेपाल हाउस सांगितीक महामेला सहित दश करोड संकलन अभियान समापन भएको समेत ४ महिना पूरा भई सकेको छ । समापन पश्चातका बिगत ४ महिना सम्म टिकटका अर्धकट्टी संकलन र घोषणा रकम संकलन कार्यलाई तिब्रताका साथ अगाडी बढाईयो । अभियान अन्तर्गतको सहयोग संकलन तर्फ कूल घोषणा रकम १३,४१,५१,९३२ (१३ करोड ४१ लाख ५१ हजार ९३२ वन रहेता पनि १,२०,०९,१११ वन अझै संकलन हुन सकेको छैन । ब्यापारी, संघ संस्था र ब्यक्तिगत गरि जम्मा- १६ वटा नामावलि शिर्षकबाट १ करोड २० लाख ९ हजार १११ वन संकलन हुन बांकी छ ।

अभियानका सम्पूर्ण आय ब्यय बिबरण पुर्व सुचित जुन १४ तारिख बसेको सचिवालय बैठक बाटै पारित गरि सार्वजनिक गर्ने तयारी गरिएको भएता पनि संकलन हुन बांकी रकमको कारण आय ब्यय सार्बजनिक गर्न पुन: २ हप्ता ढिला भएको छ । नेपाल हाउस सांगीतीक महामेलाको टिकट बिक्री बुसान र सउल गरि २९६५ टिकट बिक्री बितरण भएको छ । जसबाट ७ करोड ४१ लाख २५ हजार वन संकलन गरिएको छ । नेपाल हाउसको यस महान अभियानको सम्पूर्ण आमदानी तथा खर्चहरुलाई पारदर्शीता प्रदान गर्न भरमगदूर प्रयासहरु गरिएको छ ।

बुसान र सउल गरि दुई ठांउको आयोजनामा जम्मा खर्च ७ करोड ७२ लाख ९१ हजार ७३० देखिन आएको छ । कलाकारहरुको दोहोरो पारिश्रमिक, सउलको अति महंगो हलभांडा, दर्शकहरुको अत्यधिक चाप करिव (अनुमानित ६००० जना) हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गरिएका पुर्व तयारीहरुको कारण खर्च लागत केहि अनुपातमा बढि देखिन आएको छ । अभियानको डौरान र महामेला आयोजनामा भएका खर्च बिबरणका हरेक बिलहरु सचिवालयमा सुरक्षित रहेका छन । गत जुलाई १४ तारिख सम्पन्न सचिबालयको पूर्ण बैठकबाट पारित खर्च बिबरणका संकलित बिलहरु नेपाल हाउसको चियापान कार्यक्रम मार्फत सहयोगी संघ संस्था तथा महानुभावहरुलाई बितरण गरिने प्रतिबद्दता जनाउदछौ ।

कोरियाली भूमिमै ऐतिहांशिक रहेको यस महान अभियानमा भएका आय तथा ब्यय बिबरण यस प्रकार रहेको छ । -सहयोग संकलन ब्यापार,ब्यबसायीहरुको तर्फबाट: 4,96,50.332 w -संघ संस्थाहरुको तर्फबाट: 4,51,69,460 w -ब्यक्तिगत तर्फबाट: 3,93,17,140 w बुसान र सउलको टिकट 2965 × 25,000 = 7,41,25,000 w यानका दुई पाटो गरि जम्मा आम्दानी (संकलन हुन बांकी रकम सहित) – 21,00,76,932 w अभियानमा जम्मा खर्च- 7,72,91,730 w जम्मा बचत- 13 ,27,85,000 w संकलन हुन बांकी -1,20,09,111 w हाल सचिवालयमा हाल रहेको बचत रकम- 12,07,76,091 घोषणा भएर पनि रकम भुक्तान नगर्नु भएका महानुभावहरु संग पुन: अनुरोध र ताकेता गर्ने गरि सचिवालयको पूर्ण बैठक पछि भुक्तान नभएको अन्तिम नामावलि छिट्टै अनलाई मिडियाहरु मार्फत सार्वजजनिक गरिने जानाकारी गराईन्छ ।

नेपाल हाउस ब्यबस्थापन समिति सउल, दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...