उत्तर कोरियाको चेतावनी ! दक्षिणलाई हटाएर सिधै अमेरिकासँग वार्ता


उत्तर कोरियाले सउल र वाशिंगटन डी.सी. को बीच हुन लागेको संयुक्त सैन्य अभ्यास लाई लिएर धम्की दिएको छ । संयुक्त राज्य अमेरिका सँग भविष्यमा हुने वार्तामा दक्षिण कोरियालाई अलग गराउने चेतावनी उत्तर कोरियाको एक अधिकारीले दिएको हो । अमेरिका र उत्तर कोरियाको वार्ताको समन्वय दक्षिणले गर्दै आएको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालय अमेरिकी मामला विभागको महानिदेशक क्वोन जोंग गनले चेतावनी दिएको छ की “यदि अभ्यास जारी राख्ने हो भने भविष्यमा हुने वार्ता डीपीआरके र अमेरिकाको बीच सिधै हुनेछ, उत्तर र दक्षिणको बीच होइन”।

क्योनका अनुसार यस्तो सैन्य अभ्यासले अझै दुई कोरिया बीचमा दुश्मनी रहेको देखाउँछ । यस्तो सैन्य गतिविधिले कोरियाली प्रायद्धीपमा शान्ति स्थापना हुन नसक्ने भन्दै उनले भने “विना कुनै ठोस आधार गरिने यस्ता अभ्यासले अन्तर कोरिया सम्बन्धलाई राम्रो बनाउदैन ।”

कोरियाली संचार माध्यम अनुसार विगतमा दक्षिण कोरिया र अमेरिका वीच हुँदै आएको “अलायंस 19-2” लाई नाम मात्र बदलेर “दक्षिण कोरिया-यू.एस. क्बाइन्ड कमांड पोस्ट एक्सरसाइज” राखेर सैन्य अभ्यासको ढाकछोप गर्न लागेको आरोप उत्तर कोरियाको रहेको छ ।

किम जोंगले ३ पाने चिठी लेखेर सैन्य अभ्यासको विरोध

यसै विच गत शनिवार प्रकाशित समाचार अनुसार यू.एस. राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको नेता किम जोंग उनको पछिल्लो हप्ता प्राप्त तीन पान्ने पत्रमा सैन्य अभ्यासको आलोचना गरेको खुलासा गरेका थिए ।

लामो पत्रमा हास्यास्पद तथा महंगी अभ्या भन्दै यसको बारेमा गुनासो गरेको जनाएको छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यास समाप्त पछि लगत्तै किमले वार्ता शुरू गर्न चहेको दाबी पनि ट्रम्पले गरेको छ ।

अमेरिका र उत्तर कोरिया वीच बिगतमा भएको २ चरणको वार्ता पछि फेरि हुन सकेको छैन । गत महिना दुई कोरियाको सिमा क्षेत्रमा ट्रम्प र किम वीचको अप्रत्याशित भेटवार्ताले फेरि चाँडै शिखर वार्ता हुने अपेक्षा गरिएको थियो । तर अझै हुन सकेको छैन ।

पछिल्लो समय सउल र वासिङ्टन डिसीले गर्दै आएको सैन्य अभ्यासको विरोध उत्तरले गरिरहेको छ भने उत्तरले जारी राखेको छोटो दूरीको क्षेप्यास्त्र परिक्षणको विरोध दक्षिणले गर्दै आएको छ । यसरी दुई कोरिया बीच आरोप प्रत्यारोप चलिरहदा कोरियाली प्रायद्धीपको शान्ति प्रक्रिया भने अन्योलमा परेको देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...