तामाङ भाषा नआउँदा


केही दिन अघि युट्युव हेर्दै थिएँ । मनमा तामाङ भाषा सिक्ने कुनै युट्युव च्यानल छ कि भनेर हेरेको । एउटा एनिमेटेड भिडियो रहेछ । एउटा केटा तामाङ लुगामा सजिएर हिड्छ । तामाङ बस्तीमा पुग्छ । गाउँलेले नयाँ तामाङ आएको भनेर कता हो बाबु घर भन्छ । तर उसलाई भाषा आउँदैन । गाउँलेका कुरा उसले बुझ्दैन । तामाङ गाउँका मान्छेले नेपाली भाषामै कुरा गर्छ । बल्ल गाउँलेसँग दोहोरो कुरा गर्छ । गाउँले बज्यैले फ्याट्ट भन्छ तामाङ टोपी लाएछौ तर भाषा त चिल्लै ? यो भिडियो हेरे पछि मलाई लाग्यो यो मेरै कथा हो । ठ्याक्कै मेरो कथा ।
मैले मातृ भाषा नजान्नुको कथा यस्तो छ । म जन्मे हुर्केको धनुषा । घरमा हाम्रो परिवार कसैले पनि आफ्नो भाषा नबोल्ने । बज्यैलाई भाषा आउने भए पनि कहिल्यै बोल्नु भएको सुनिन । कहिले काही उहाँ भाइसँग कुरा गर्नु हुन्थ्यो । हाम्रो छिमेकमा पनि तामाङ कोही थिएनन् । त्यसैले भाषा जान्ने कुरै भएन । बरु वरीपरि नेपाली, मैथिली अनि हिन्दी भाषा बोल्ने छिमेकी थिए । मैले पनि हिन्दी, मैथिली र नेपाली भाषा नै सिके । मलाई धेरै समयसम्म तामाङको आफ्नै भाषा हुन्छ भन्ने पनि थाहै भएन । अन्य समुदायको भाषा फरर बोल्ने म आफनो भाषामा भने चिल्लै ।
विश्वका ९० वटा देशमा ३७० करोड भन्दा बढि आदिवासी जनजातिको बसोबास रहेको छ । ती आदिवासी जनजातिको आफनै इतिहास, भाषा, संस्कृति, भेषभुषा, परम्परा छन् । सन् २०१६ मा युनेस्कोले गरेको एक अध्ययनमा विश्वका २ हजार ६८० आदिवासीले बोल्ने भाषा खतरामा छन् । यी भाषाहरु मध्ये कतिपय भाषा बोल्न र लेख्न सक्ने मानिसहरुको संख्या न्युन छनु भने कतिपय भाषा बोलीचालीमा मात्रै सिमित छ ।
नेपाल लगाएत विश्वबाटै कतिपय भाषा कहिल्यै नर्फकने गरि लोप भैसकेका छन् । भैरहेका छन् । आफनो समुदायलाई एकताबद्ध गर्न, ज्ञानवर्दक कुरा बाँड्न, जल, जंगल, जमिनसंग जोडिएका आफना कला संस्कृति, परम्परा आउने पुस्तालाई हस्तान्तरण गर्न आफ्नो मातृ भाषालाई बचाइराख्न आवश्यक छ । त्यही भएर होला संयुक्त राष्ट्रसंघले सन् २०१९ लाई आदिवासीको भाषा संरक्षण गर्नकै लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । त्यस्तै अगस्ट ९ मा हुने विश्व आदिवासी दिवसमा पनि आफ्नो भाषालाई संरक्षण गर्न जोड दिइएको छ ।
यो बर्ष आदिवासीको भाषा बचाउनका लागि संयुक्त राष्ट्रसंघले छुट्टै अभियान शुरु गरेको भए पनि मलाई भने पहिल्यै देखि भाषा नआउनुको छटपटीले सताइ रहन्थ्यो । तराईबाट अध्ययनका लागि जब काठमाडौ पुगे । तब धैरै तामाङ समुदायका साथीभाइ आफन्तसंग चिनाजानी भयो । धेरै साथीभाइ आफ्नो भाषा फरर बोल्ने, आफू भने बुझे जस्तो मात्र गर्नु पर्ने । कहिले काही उनीहरु मसँग तामाङ भाषामै कुरा गर्थे । बाध्यताले म त बुभ्mदिन भन्दा आफैलाई लाज लाग्ने अवस्था हुने ।
धेरैले चाही म तराईमा हुर्किएको भन्ने थाहा पाए पछि भाषा आउछ कि आउदैन भनेर सोध्थे । आउँदैन भन्दा धेरैले सामान्य रुपमै लिन्थे । तराईको मान्छे के भाषा आउथ्यो भन्थे । थोरैले तामाङ भएर पनि भाषा आउदैन भनि जिस्क्याउँथे पनि । म आफै भाषा नआएर खिन्न हुन्थेँ । पछिपछि एउटा आइडिया लाएँ कसैले सोध्यो भने बुझछु, फर्र्काउन चाहि आउदैन भन्थे ।
भाषा सिक्ने मन त थियो तर पढ्ने कि काम गर्ने कि भाषा सिक्दै बस्ने, फेरी घरमा सबै म जस्तै चिल्लै थिए । भाषा सिक्ने चाहना त्यसै भयो ।
पछि कोरिया आए, यहा पनि तामाङ साथीभाइसँग चिनजान भो । संगत भो । नेपालको प्रश्न यहाँ पनि त्यसरी नै तेर्सिए । नानालाई तामाङ भाषा आउछ ? आउदैन । धेरैले अचम्म मानेर हेर्थे, मानौ म अर्कै ग्रहबाट आएको एलियन हुँ । त्यसपछि त आफनै तामाङ भाषा नआउदाको पीडाले झन लेखेट्न थाल्यो ।
मैले मनमनै भने, भाषा आउदैन भन्दै पन्छिन खोजेपछि कसरी सिकिन्छ त भाषा, मैले नि हिजोका दिनहरुमा कतै यस्तै यस्तै बहानाहरु बनाउदै त थिइन ? मैले ठाने, भाषा अब त सिकेरै छोडछु । अमेरिकामा जन्मिएर हुर्किएका क्याथरिन मार्च र डेविड होल्मवर्गले त तामाङ भाषा फरर बोल्न सक्छन् भने भने मैले नि भाषा सिक्न सकिहाल्छु नि । मैले कहिल्यै सोच्दै नसोचेको कोरियन भाषा त पढे भने आफनो भाषा पढ्नलाई के जोखना देखाउन पर्ने हो र ?
त्यही दिन देखि भाषाको कक्षा जारी छ । कोरियन डिउटी सकेपछि दैनिक एक घण्टा भाषा सिक्छु । ह्वाई, सेलो, फाबरे गीत सुन्छु, बेला बेला अमीर योञ्जनले तामाङ डाजाङ किताब पठाउनुहुन्छ, त्यो पनि हेर्छु, अग्रजहरुका तामाङ भाषण सुन्छु, यसरी सिक्ने क्रम चल्दैछ । य दा राङ्ला ग्योइ आखासाम लोप्के । ढिला घइमई आताला । (आफ्नो भाषा आउँदैन भने सिक्नुहोस् ढिला कहिल्यै हुदैन । )

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकको पहिलो दिन धनकुटा साँस्कृतिक सौगातले कोरियामा तहल्का मच्चाउने, तैयारी तीब्र
  • नेफेसो दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई
  • उत्तर कोरियाले फेरी गर्यो मिसायल परिक्षण
  • स्व. टुकेन लिङ्दमको परिवारलाई चुम्लुङ कोरिया र इलामेली समाज कोरियाद्वारा आर्थिक सहयोग
  • ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...