सँस्कृतिका लागि खुल्ला विश्व विद्यालय काठमाडौ र खतरामा काठमाडौ उपत्यका र यहाँको संस्कृति


भक्तपुरको ताथलीमा रहेको आफना पुख्र्यौली जग्गामा मोही छुटयाउने काम सकिएपछि लग्गत्तै सो जग्गामा घर बनाउने मन बन्यो । आफनै बाजे बराज्युले नाती नातिनाका लागि भनेर सांचेर जानु भएको सो जग्गा बाट आयस्ता बापत प्राप्त हुने धान पन्ध्र मुरी हुन्थे । समय समयमा मौसम अनुसारको तरकारी हरु र केही मात्रामा गहुं कोशेली स्वरुप दिन्थे मोहीले । हामी चार जनाका परिवारलाई भात दालको जोह गर्न सो जग्गाको आयस्ता प्रशस्त थियो पनि । तर मोहीयानी हक छुटाएपछि फेरी खेती नगर्ने किसानको मनसुवाका कारण हामी त्यो जग्गा बेच्न बाध्य हुंदै थियौं । मलाई भने बेच्ने मन थिएन । सवै दिदी बहिनीले त्यसमा घर बनाउने योजना बुन्दै गर्दा आमा भने त्यहां घर बनाउनै नहुने जिद्धी गरी रहनु भो । तिमीहरुलाई के थाहा मान्छे डुब्ने बाढी आउंछ त्यहां, फलानो फलानो साल बाढीले बगाएका कारण बाली दिएन इत्यादी इत्यादी । अन्त्यमा आमाले भनेझै त्यस जग्गामा हाम्रो घर बनेन । बनाइएन ठिकै भयो ।

हनुमन्ते खोलाको किनारमा रहेको सो जग्गा पाटो मिलेको थियो । विगतका वर्षहरुमा जस्तै अहिले हनुमन्ते खोलाका पानी बढेको छ र बाढीका कारण सयौं घर डुबानमा परेका छन् । उपत्यकामा जनसंख्या को चाप बढ्नु र थप काठमाडौ बाहिरका जनसंख्या समेत बेहोर्नु परेका कारण बाह« बर्षमा खोला फर्किन्छ भन्ने उपत्यकाको उखान संग मेल खाने वास्तविकता लाई नजर अन्दाज गर्दै धमाधम उपत्यकका का खेत गराका मलिला उव्जाउ भुमीहरुमा कंक्रिटका सहर जंगल बस्दै गए ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि भक्तपुर (ख्वपः) को खोरे (हनुमन्ते खोला ) लगायत काठमाडौको बल्खु खोला बागमती, विष्णुमती लगाउतका नदी र खोलाहरुमा बढेको पानीको चापका कारण डुवानमा परी लाखौंको धनमाल र सर्व साधारणको जिउज्यान सम्म जोखिममा परेको घटनाले आमाले विगतमा खोला छेउ घर बनाउन नहुने जिद्धी को अर्थ बुभ्mन अव भविश्यमा हामीलाई गाह«ो पर्ने छैन । तर काठमाडौ उपत्यककाको भौगोलिक स्वरुप अनुरुप बनाईएका वास्तुलाई अध्ययन नगरी बसाईएका अव्यवस्थित सहर तथा भौतिक संरचनाहरु का कारण अनाहकमा यहांका रैथाने समेतले भोग्नु परेका समस्या र अमुल्य संस्कृति संग जोडिएका सम्पदाहरु मा परेको तथा भविश्यमा पर्न सकने प्रभाव वारे चिन्ता गर्नु पर्ने अवस्था बढ्दै छ रैथानेहरु माझ । अझ सडक विस्तारका कारण विस्थापितहरु ले खेती योग्य जमीनमा घर बनांउदा थप अव्यवस्थित शहरीकरण र स्मार्ट सिटी र फाष्ट ट्रयाकका योजनाहरुले पर्न सकने र परेका वतातावरणीय जोखिमका विषयमा अनुसन्धान र अध्ययनका लागि सोचन सम्म नि भ्याएका छैनन् कथित रैथानेहरुले वा सरोकारवालाहरुले ।

नेपालको राजधानी काठमाडौ अहिले संघिय राजधानी को रुपमा रुपान्तरीत हुंदै गरेको वर्तमान अवस्था सम्म आई पुग्दा काठमाडौ उपत्यका को र्भातिक स्वरुपमा मानविय कारण थुप्रै परिवर्तन आई सकेको छ । विकास मानिसको लागि हसमा र मानव विकासका अयवयहरुको पंक्तीमा स्थानीय हावापानी संग सरोकार राख्ने प्राकृतिक वातावरण जल जमीन र वन लगायत बाँच्नका लागि आवश्यक आधार स्तम्भ साँस्किृतिक जीवनले सो वातावरणले एक अर्काको परिपुरक रुपमा निरन्तर कार्य गरी रहेका हुन्छ भन्ने बुझाई बाट टाढा छन् राजधानीका नीति निमार्णकर्ताहरु । थप काठमाडौको संस्कृति र प्राकृतिक वातावरण नष्ट गर्दै भौतिक विकासले यहांको सास्कृतिक र आर्थिक विकासमा के कस्ता असर परे वा अझै पर्दैछ भन्ने अनुसन्धान को विषयमा विगत देखि वर्तमान सम्म पनि नीतिगत तहमा अझै पनि बहस भई रहेको अवस्था छैन ।

काठमाडौको संस्कृतिले नेपालको सामाजिक सदभाव देखि पर्यटन प्रवंद्धनमा समेत के कति सघाउ पुगी रहेको छ सो विषयमा न राज्य को दुरदर्शिता छ न त नीतिगत तहमा यस विषयमा छलफल मात्रको विषय पनि बनेको छ । हरेक सभ्यताको जननी नदी हो । काठमाडौको सभ्यता यहांका नदीहरु बागमती र विष्णुमती लगायतका नदीहरुको उपज हो । यहांका नदीहरु संगको यहांका आम जनताको सामाजिक सांस्कृतिक सम्बन्ध जोडिएको छ । तीर्थ ब्रत देखि जन्म मृत्यु सम्मका संस्कार जोडिएको काठमाडौको सभ्यता नेपालको सभ्यता हो भन्ने बुझाई र भावना अझै छैन । देश अहिले सामाजिक रुपान्तर सहितको नयाँ नेपाल बन्ने क्रममा छ । तर त्यो क्रममा शान्ति प्रक्रिया लाई दिगोपना दिने सामाजिक सदभाव र सह अस्तित्वका सवालमा केन्द्रित मुद्धामाहरु क्े के छन् सो विषय वस्तुमा नत बहस हुन सकेको छ नत सरोकारवालाहरुमा सो विषयमा सचेतना आएको छैन । संस्कार र संस्कृति सामाजिक सदभाव र शान्तिका हिमायति पनि हुन्, यो बुझाई कत्तिमा छ ? वास्तवमा एकै ठाउंमा सवै वर्ग जाति र संस्कृतिसंग सरोकार राख्ने सास्कृतिक क्रियाकलाप हुने काठमाडौका नदी अहिले अतिक्रमणमा छ । कहिं बाटो बनाउने नाममा त कही सुकुमवासीका नाममा दिन प्रति दिन काठमाडौका नदी हरु अतिक्रमनमा परी रहेका र पर्ने क्रममा छन् । तर यसलाई व्यवस्थापन गर्ने र विकल्प दिने निकाय छैन । नत यो विषयमा बहस हुन सकेको छ । थप अचममको कुरा विश्वविद्यालय स्तरमा हुने भौगोलिक अध्ययनका विषयमा समेत राजधानी काठमाडौको वातावरण का विषयमा विषय वस्तु पाठ्यक्रममा छैन ।

बागमती, विष्णुमती रुद्रमती लगायतका किनारमा हिजोका दिनमा हुने जन्म देखि मृत्यु सम्मका सँस्कतिक क्रियाकलापमा अहिले असर परेको छ । दिनहुं बढी रहेको काठमाडौको जनसंख्याले मानिसका सांस्कतिक क्रियाकलाप समेत बढेको अवस्था छ । धर्म संस्कति सम्पदा मानिसको अन्र्तमन संग जोडिएको हुन्छ । काठमाडौमा अहिले गौरा पर्व छठ लगायत देशका सातै प्रदेशमा मनाईने चाडपर्व पुजा आरधना हुने गरेको छ । बुझनेका लागि एक हिसावले सँस्ंकृतिका लागि खुल्ला विश्व विद्यालय हो काठमाडौ । नेपालका हरेक समुदायको वसोवास विगत देखि रहेको काठमाडौमा सवै वर्गले आफनो सांस्कतिक अभ्यास गर्न छुट छ । अहिले काठमाडौमा बढेको जनसंख्याको चाप र तिनिहरुका समेत सांस्कतिक अभ्यासका लागि काठमाडौका नदीहरुमा पानी नहुंदा र तिनीहरुको अतिक्रमणका कारण भने जस्तो आवश्यक वातावरण छैन । वातावरणकै हिसावले पनि नदीले स्थानीय भौतिक र प्राकृतिक वातावरण समेतलाई असर पार्ने गर्छ । राज्यले विगतमा जे जस्ता कमजोरी र अदुरदर्शी निणर्य भएता पनि अव काठमाडौको सांस्कतिक सम्पदा र संस्कृतिको जर्गेर्ना गर्न नदी सम्पदा लाई जोगाउन र विकास गर्न आवश्यक नीति बनाउन आवश्यक छ । संविधान सम्मत वातावरनिय अधिकार समेत लाई मध्य नजर गर्दै काठामाडौको संस्कति जोगाउन यहांका नदी माथिको अतिक्रमन रोक्न र त्यसलाई व्यवस्थापन गर्न विकल्प हरुको खोजी गर्न समेत ढिलो भई सकेको छ ।

काठमाडौ उपत्यकाको भौगोलिक स्वरुप र सो संग गाँसिएको यहांको संस्कृति र सम्पदा

चोभारको गल्छी मार्फत महाभारत पर्वत श्रृंखला काटेर पानी काठमाडौ उपत्यकाबाट बाहिर निस्काशन भए पछि रहन गएको काठमाडौ उपत्यककाको सभ्यता अहिले र विगतमा पनि विश्व संस्कृतिको बौद्धिक बजारका लागि एउटा खुल्ला विश्वद्यिालयको रुपमा रुपान्तरीत भएको थियो, छ र हुंदैछ । काठमाडौ उपत्यकाको धर्म संस्कृति परम्परा र रहन सहनका विषयमा अधिक जानकारी र अध्ययनका लागि आउने विदेशी पर्यटक र विद्यार्थीहरु को लर्को छ । नेपालको हिमाली पहाडी भेगका वातावरणसंग जोडिएका पर्यटन व्यवसाय संगै काठमाडौ उपत्यका मुख्य प्रवेश द्धार रहेकै कारण पनि काठमाडौ उपत्यकको सभ्यता संग गाँसिएको संस्कृति र मानव विज्ञान संग गाँसिएका थुप्रै विषय वस्तु विदेशी पर्यटकका चासोको विषयको रुपमा रहने गरेको छ । काठमाडौ जिल्लाको प्रमुख जात्रा पर्व इन्द्र जात्रा, गाई जात्रा लगायत ललितपुरका मछिन्द्र नाथको जात्रा पर्व, भक्तपुरको विस्केट जात्रा र ती संग गाँसिएका मानिसको जिवन शैली अहिले विश्व पर्यटन बजारमा विकाउ विषय वस्तु बन्दै छ । बसन्तपुर स्थित कुमारी घरमा प्रत्येक दिन दिनको चार बजे जिउंदा देवीका रुपमा रहेको कुमारी दर्शनका लागि विदेशी पर्यटकको घुंइचोले काठमाडौ उपत्यका भ्रमण प्रतिको आर्कषन प्रमाणि गर्दछ । थप नेपाल त्यसमा पनि विशेष काठमाडौ उपत्यकाको धर्म संस्कृतिका विषयमा विद्धत अनुसनधानका लागि समेत उर्वर वातावरण रहेको छ ।

काठमाडौको मौलिक धर्म संस्कृतिबारे अमेरिका लगायतका देशहरु बाट अध्ययन अनुसन्धान भए गरिएका थुप्रै प्रमाण हरु छन् । प्राचीन सहर साँखुमा पौष शुक्ल दखि माघ शुक्ल सम्म एक महिना हुने श्री माधव नारायण वा श्री स्वस्थानीको कठीन व्रतका विषयमा विद्या वारिधी गर्न आएकि थिईन लिण्डा र जेशिकाहरु । हरेक वर्षको पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म वर्षौ सम्म सो व्रतका विषयमा उनले अधययन गरी शिकागो युनिर्भसिटी बाट स्वस्थानी द पोलिक्सि अफ जेन्डर, लोकेशन, इकोनोमी एण्ड आइडेण्टिटी इन हिन्दु नेपाल जस्ता सोध ग्रन्थ जेशिका भ्यान्टाईन विरकेनहोल्ज ले सन् २०१० तयार पारीन् । सो सोधको निश्कर्षमा उनले लेखेकी छन् स्वस्थानी नेपालका, अझ नेपाल उपत्यकाको –काठमाडौ) मौलिक देवी हुन,् नेपाल हिन्दु धर्म र संस्कृतिका लागि धनी देश हो, तर किन होला अझै सम्म स्वस्थानीमा कसैले सोध गरेको छैन, …..। सो सोधमा लेखिएको छ, स्वस्थानी को ब्रत पूजा भारत को कुनै ठाउमा गरिदैन…।

वास्तवमा नेपालमा पूजा गरिने नाःस देवता, (नाटयश्वर ?) भैरव तथा लाखे हरु जस्तै मौलिक छ स्वस्थानीको ब्रत पूजा कथा । तर बिडम्बना अझै पनि हरेक बर्ष हाम्रो स्वस्थानीको ग्रन्थ भारतबाट छापिएर आउने गरेको छ । राष्ट्रवादका नारा दिएर नथाक्ने हाम्रा विद्धान वर्ग समेत कमसेकम आफनै मौलिक धर्म संस्कृतिका ग्रन्थहरु आफ्नै देशबाट प्रकाशन गर्ने सोच सम्म राख्ने अवस्थामा छैनन् । विदम्बना आफनै देशको मौलिक ब्रत कथा ग्रन्थलाई ताड् पत्र, थ्यासफु हरु संग्रह गरी बर्सौ लगाएर स्वस्थानी नेपाल भाषा (नेवारी भाषा ) मा तयार पार्नेे श्री अच्युतानन्द राजोपाध्याये जस्ता हस्तिका सुपुत्र बासभ राजोपाध्य जस्ता युवाहरु अमेरिका पलाएन हुन बाध्य हुन्छन । उनै पलाएन राजोपाध्याये पुत्र ले परदेशी भुमीमा फेरी पनि नेवा सभ्यता र संस्कृतिको अभ्यास गर्दै आफ्नो देश, आफ्नो भाषा र सन्स्कृतिलाई जिबन्त बनाइ रहन्छन । नेपाल संझदा काठमाडौको अहिलेको विग्रेको परिस्थितिमाम चित्त दुख्छ बासभहरु लाई । अहिले नेपालमा हामी स्वस्थानी लगायतका हाम्रा सबै संस्कृतिहरु लाई अन्धबिश्वास मान्नमा गौरव गछौं । हामी आफनो जन्म दिन हरुमा केक काट्छौ, नेवा परम्परा अनुसार सगुन सहित् पूजा गर्ने प्रथा भुल्छौ । गर्भवती भएको आठ महिनामा बेबी सावर गर्छौ । तर एकसय आठ योमरी सहित् दही चिउरा खाने खुवाउने परम्परा बिर्सन्छौं । अनि दही केरा र पेडा सहीतको तीज को दर बिर्सन्छौ र रेस्टुरेन्टहरु मा दर संग दारु मिसाएर अङ्रेजी हिन्दी भड््िकला गीतमा नाच्छौ ।

काठमाडौ प्रवेश पछि गैर काठमाडौ वासीले समेत आफनो संस्कृति पनि भुल्दै छन् र आफना मौलिक संस्कृति पनि विसंदै छन् । काठमाडौको भौगोलिक अवस्था लाई मध्यनजरमा राखि बनाईएका पुरातन बास्तुहरु को स्वरुप मात्र फेरिएका छैनन् बरु तिनिहरु संग जोडिएका कथा किवदन्ती र संस्कृतिहरु समेत क्रमस फेरिंदै गएका छन् । पछिल्ला दिनहरुमा नेपालका सातै प्रदेशका मौलिक संस्कृतिहरु को अभ्यास गर्ने थलो बन्दै गरेको छ काठमाडौ । यदी काठमाठौको मौलिक भौगालिक स्वरुप संग गांसिएको नदी तथा पोखरीहरु खुल्ला चौर र खेतका गराहरु लाई अव नयां नीति तथा कार्यक्रहरु नियमन गरी पुर्नस्थापन तथा पुरानै ढाँचामा ल्याउन सकेमा काठमाडौमा रहेका सवै प्रदेशका मौलिक धर्म संस्कृति हरु तीज छठ गौरा, उधौली उभौली जस्ता परम्परागत संस्कृति हरुको को अभ्यास गर्न सजिलो हुने छ । निश्चय नै हरेक पर्व संस्कृतिका आधार नदी र पोखरी चौर हरु हुन् यो विचारणीय पक्ष हुन्, अवका पुस्ताले विर्सनु हुंदैन ।

काठमाडौको संस्कृतिमा नदी र यसको अतिक्रमनले पारेको प्रभाव

काठमाडौको सभ्यताका जननी बागमती र विष्णुमती लगायत यहांका मुख्य नदी तथा शाखा उपशाखा नदीहरुलाई मानिन्छ । समग्रमा काठमाडौको सभ्यतालाई बागमती सभ्यताको रुपमा विश्वमा परिचित छ । बागमती नदीको श्रोत वा उदगम स्थल शिवपुरी हो भने विष्णमतीको उद्गम स्थल पनि शिवपुरी नै हो । काठमाडौमा बग्ने अन्य नदी तथा खोलाहरुमा धोबी खोला (रुद्रमती), टुकुचा (इच्छुमति ), बल्खु खोला, लगायतका खोलाहरु छन् । र यी नदी तथा खोलाहरु संग काठमाडौका नेवा लगायतका संस्कृति संग प्रत्यक्ष सरोकार रहेको छ । बागमती र विष्णुमती लगायतका नदीहरुका किनारमा रहेका ठुला ठुला मन्दीरहरु सनातन हिन्दु धर्मका तीर्थहरु वा देवस्थल संग सरोकार राख्दछन् । सुन्दरी जल बाट हुंदै वगेको बागमती किनारमा गोकर्णेस्वर महादेवको विशाल ऐतिहासिक तथा प्राचीन मन्दीर रहेको छ । जहां कुशे आंैशीका दिन बुबा नहुने सन्तानहरुका लागि श्राद्ध लगायतको कर्मकाण्डी गर्ने पुण्य भुमीका रुपमा रहेको छ । त्यस लहरैमा क्रमस गुह्यश्वरी सुर्य घाट, पशुपति आर्यघाट,कोटेश्वर महादेव, संखमुल, कालमोचन घाट, त्रिपुरेश्वर महादेव, पचली भैरव (राजा गुणकाम देवद्धारा निर्मित, जसले काठमाडौ शहर बसाएको र इन्द्र जात्रा समेत चलाएको इतिहासमा उल्लेख ), टेकु दोभान तथा सुन्दरी घाट र अन्तमा चोभार मा जलविनायक जस्ता पवित्र मन्दिर तथा धार्मीक साँस्कृतिक महत्वका घाटहरु छन् ।

त्यस्तै विष्णुमती किनारमा रहेका कंकेश्व्री माई लगायतका प्राचीन मन्दीरह रहेका छन् । काठमाडौका रैथानेहरुका जन्म देखि मृत्यु सम्मका संस्कार तथा कर्मकाण्डीहरु यी मन्दीर तथा त्यस संग जोडिएका घाटहरु संग प्रत्यक्ष सम्बन्ध रहेको छ र थियो । नेवार समुदायमा बच्चा जन्मेपछि बच्चाको सालनाल (पीः) एक भिउंटमा राखी भिउंटले नै छोपी दोबाटो जसलाई नेवारी भाषामा छवासः भनिन्छ त्यहा अजिमालाई (कंग अजिमा, लुतीमरु ऋजिमा लगायत) अर्थात देवी जसले मानिस सन्तानको रक्षा गर्छिन्लाई परिवारमा नयां सदस्य थएिको सुचना स्वरुप चढाईन्थ्यो जुनबेला नानीहरु घरैमा जन्माइन्थे । छोराको व्रतबन्ध र छोरीको इही प्रश्चात तथा विवाह पश्चात वञ्जला (विशेष पुजा ) यीनै नदी किनारमा रहेका मचली माई, विजेश्वरी लगायतका मन्दीहरुमा वञ्जला गरी समापन गर्ने प्रथा रहेको छ । व्रत बन्धमा मुण्डन गरिएका केशलाई व्रत बन्ध गरिएका बालककि जेठी फुपुले यी मध्य कुनै नदीमा बगााउने परम्परा छ । त्यसतै छोरीको बाह«ा राख्दा ११ दिन सम्म पुजा गरिने ख्याः –देव वा देवी विशेषलाई चढाईएको प्रशाद, बाहा« को ११ दिन सम्म लगाएका कोलं ( बुकुवा )सवै यी नदीमा बगाउने परम्परा छ । त्यस्तै मानिसको मृत्यु पश्चात गरिने अन्तीम क्रियाकर्म डाह संस्कार न्हेनुमा (मृत्यको सात दिनको दिन छोरी चेलीले भात पकाई गरिने विशेष संस्कार ), दश तथा एघार दिनमा गरिने व्यंके (चोख्याउने), पाखा जाः राखिेन कार्यका लागि यिनै नदीमा अवस्थित मन्दीरका घाटहरुमा गरिने परम्परा थियो र छ ।

काठमाडौको जातिय विभाजन अन्र्तगत हरेका समुदायका आपनै परम्परागत दिप (मसान) समेत थियो । जातिय विभेद भन्दा पनि अन्तिम क्रियाकर्ममा समेत लाईन बस्नु पर्ने र भिडभाड नहोस भन्ने दर्शन संग प्रेरित यि घाटहरु छुटयाइएको हो भन्न सकिन्छ । काठमाडौका करवीर दिप लगायतका दिप यसका उदाहरण हुन् । विगतमा काठमाडौको कंकेश्वरी मन्दीर पारी झुलुंगे पुल वारी र पारी दुवै तिर लहरै मसान घाट थिए । तर विगत चालीस वर्षको अन्तरालमा विष्ण्ुमती नदीका दुवै किनारमा हरेका बहानामा नदी किनार मिच्ने मात्र काम भएन बरु नेपाल सरकारले यी नदी लगायका किनारमा बाटो बनाई दिए पछि ती क्षेत्रका प्राचीन तीर्थ तथा मन्दीरहरु ओझेलमा परेका छन् र अझ थप ओझेलमा परेको छ यहांका रैथाने वासिन्दा विशेष गरी नेवा समुदायको संस्कार र संस्कतिहरु ।

मंगल बजारका सुनिता शाक्य आफ्नो बाह«ा निकाले पछि सुर्य पुजाका लागि संखमुल लगिएको स्मरण गर्दै भन्छिन्, “हाम्रो अनिवार्य संस्कार थियो बागमती मै जानु पर्ने, त्यहीं सुर्य पुजा गर्नु पर्ने र नुहाउनु पर्ने, त्यो बेला पनि काठमाडौको शहरीकरण बढ्दै थियो, तर पानी धमिलो थिएन मैले त्यही पानीले नुहाएं, अहिलेको वागमती देख्दा रुन मन लाग्छ” । विगत सात वर्ष देखि ओहायोमा बस्दै आएकि सुनिताको बुझाई छ, नेपाल सरकारको गलत नीति र नेताहरुको कार्यकर्ता पाल्ने शोखका कारण काठमाडौका बागमती लगायतका नदी किनार र उपत्यकको मलिलो जमीनमा कंक्रिटिकरण बढेको छ । त्यस्तै गुनासो छ विजय राज राजोपाध्ययायको । हरेक श्रावण महिनामा गरिने श्रावणी कर्मका लागि येलः (ललितपुर ) का राजोपाध्यायहरुका छुट्टै पाटी संखमुल घाटमा रहेको बताउंछन् स्थानीय विजय राजोपाध्याय । अहिले सो पाटी नेपाल सरकारले भत्काई सकेको छ । युनियन पार्क लगायत संखमुल घाटमा बनाईएका पार्कहरुले घाटको मौलिकता मात्र होईन बागमती नदीलाइ निकै सांघुरो पारिं दिदा कुनै दिन ठुलो बाढीका कारण प्राचीन संखमुल घाटमा रहेका एतिहासिक मन्दीरहरु तथा सम्पदाहरु विलिन हुने खतरा बढ्दै गरेको बताउनु हुन्छ राजोपाध्याय ।

त्यस्तै कथा छ काठमाडौ भित्रका बासिन्दा सत्य नाराँ डंगोलको । आफना बाजे संग विहान आँखा खुल्ने वित्तिकै विष्णुमती किनार स्थित कंकेश्वरी मन्दीरको किनारमा रहेको विष्णुमती नदीमा मुख धोई मन्दीर दर्शन गरी फर्कने गरेको सम्झना ताजै छ सत्यनाराँलाई । उनलाई राम््रो याद छ , नदी पारी थुप्रै र्पुख्यौली जग्गा थियो उनका बाजेका । तर अहिले सव वेची सके । घरमा भकारीहरु कति थिए उनलाई याद छैन । तर मौसम अनुसारका तरकारीहरु तथा हलुवा वेत, भोगटे आलु बखडाहरु खाई सकदैनथे नाराँ डंगोलले । अहिले उनी तरकारी किनरे खाने ज्यापुका रुपमा परिणत भई सकेकाछन् । समयले कहांबाट कहाँ पु¥याई सकेछ उनले भेउ नै पाएनन् । सत्यनाराँ डंगोल जस्ता लाखौं रैथानेका यस्ता यस्तै कथा व्यथा काठमाडौले थेगेको छ । फेरी पनि काठमाडौको संस्कृति र सभ्यतालाई यहांका रैथानेले जेन तेन धानेकै छ । अचम्म र गर्व गर्न लायक यिनै साँस्कतिक अभ्यास छन् रैथानेका । काठमाडौका हरेक जात्रा पर्व चाहे हिन्दुको होस वा बौद्ध मार्गीको जात्रा पर्वमा देवी देवता स्नान गराउन, दशैंमा जमरा राख्न, जमरा विर्संजन गर्न, जात्रा पर्वका मुर्ती तथा पुजा सामग्री विर्सजन गर्न (गथामुः), व्रत तथा पुजाहरु मा स्नान गनर्, (स्वस्थानीको व्रतमा काटमाडौ उपत्यकका पनैति, साँखु, बागमती लगायतका नदीहरुमा अनिवार्य स्नान गर्ने परम्परा छ ) यहाँका नदीहरु को प्रयोग अनिवार्य रहन्छ ।

काठमाडौको प्राकृतिक वातावरण र नदी माथिको अतिक्रमले पारेको असर

काठमाठौको पचली भैरवको मन्दीर पछाडीको बागमती किनार देखि पुर्व र पश्चिम तिर तिरै तिर जाँदा पचली मन्दीर देखि पश्चम र पुर्व तिर हालको थापाथली पुलको मुनि देखि अझै पुर्व सम्म लहरै कथित सुकुम्बासीका पक्कि घरहरु तथा कच्ची छाप्राहरु वाक्लो वस्ती ले अतिक्रमण गरी सकेको छ । प्राचीन एतिहासिक बागमतीका महत्वपुर्ण घाटहरु मिचेर बनाईएका ती सुकुम्बासी बस्तिका विषयमा गृह प्रशासन जानकार नभएको पनि होइन । बेला बेलामा सो अतिक्रमण बारे राजनैतिक नेतृत्वहरुले चासो नलिएका पनि हैनन् । तर बेलाबेलाम काठमाडौमा हुने विभिन्न तहका राजनैतिक आन्दोलनमा सघाउनकै लागि विशेष संरक्षण गरी ति सुकुम्बासी वस्ती राखिएको आरोप प्रत्यारोप लगाउने गरिएको पनि छ । अझ थप काठमाडौ महानगरपालिकाले फोहर थुपार्ने डम्पिङ्ग साईट र विश्व निकेतन स्कुलले खेल्ने चौरका रुपमा लगायतको बहानामा सो घाटका जग्गा अतिक्रमन गरी रहेको छ । बागमती किनारका बगरहरु अझै कति निकायहरुले अतिक्रमण गरेका छन् त्यसको खोजी गर्न आवश्यक छ ।

यसरी काठमाडौको सभ्यता संगै गांिसिएको बागमती तथा विष्णुमति लगायतका बगरहरु निर्वाध रुपमा अतिक्रणमा पर्नका कारण विगतमा बीस वर्ष सम्म स्थानीय सरकार नहुनका कारण र देश दश वर्ष माओवादी द्धन्दको दलदलमा फसेका कारणलाई प्रमुख कारकका रुपमा मान्दछन् स्थानीय बासिन्दाहरु । यसका विरुद्ध केही स्थानीयले विरोध गरेतापनि प्रशासनको डरले बोल्न नसकेको भनाई स्थानीयको रहेकोछ । विगतमा काठमाडौको जनसंख्यालाई मध्य नजरमा राखी अन्तीम कार्यका लागि वग्रेल्ती मसानहरुको जोह गरिएको थियो । जसको पुष्टी पाईलै पिच्छे बनाईएका ब्रह्मनाल हरुले गर्छ । जसमा जीवनको अन्तीम घडीमा पुगेका मानिसलाई घुँडा सम्म डुवाई प्राण निक्लन सजिलो होस भन्ने हेतु राखिन्छ । अन्यत्र घाटमा भन्दा यहां बढी मात्रामा ब्रह्मनाल हुनाका कारण विगतमा काठमाडौ उपत्यकामा विभिन्न काल खण्डमा हुने गरेको महामारमिा मृतकहरुको अन्त्यष्टी गर्न सजिलो होस भन्ने मनशायले स्थापना गरिएको अनुमान गर्न सकिन्छ । तर सुकुम्वासी वस्ती भित्र परेका ती ब्रह्मनालहरु कतिपय पुरी सकेका र कति थोरै अस्तित्वमा रहेको देख्न सकिन्छ । काठमाडौको प्रमुख तीर्थको रुपमा रहेको सो बागमती किनार अतिक्रमणमा पर्दा पनि प्रशासन किन अझै मौन छ, यि विचारणीय पक्ष हुन् ।

निश्कर्ष

हरेक राजधानी शहरु हरुको प्राकृतिक वातावरणको संरक्षण तथा स्थानीय हावा पानी स्वस्थ्यकर बनाउन का लागि बनाईने नीति तथा कार्यक्रमहरु राज्यको प्रथम र प्राथमिकतामा पर्ने नीतिगत कार्य हुन् । शहर र सभ्यता मात्र कंक्रिटका भौतिक संरचना र जनसंख्या मात्र होइनन् । शहर भित्र र बाहिरका नदी किनार घाट, पोखरी र खुल्ला स्स्थान र चौरहरु तथा मठ मन्दीर हरु समेत हुन् । जससंग स्थानीय भुमी, वन, जीवन जल सम्पदा र संस्कतिहरु जोडिएका हुन्छन् । तर्सथ विगतमा जे जस्ता विकृति र विसंगतिहरु बाट काठमाडौ उपत्यका अतिक्रमित र अव्यवस्थित भएता पनि अवको संघिय राजधानी काठमाडौको जनजीवन र यससंग गाँसिएका प्राकृतिक साँस्कतिक वातावरण जोगाउन नेपाल सरकारले हदै सम्मको पुर्नजागरण सहितको अभियानका लागि नीतिहरु बनाउन र ती नीतिहरुलाई कार्यान्वयन गराउर्न आवश्यक छ । साथमा विगतमा काठमाडौको विकासका निमित्त बनाईएका नीति तथा कार्यक्रमहरु संग सम्बद्ध सरोकार वाला निकाय हरुमा स्थानीय भु –वातावरण र सो संग गाँसिएको सँस्कार सँस्कति र धर्म संग प्रत्यक्ष सरोकार राख्ने आम जनतालाई समेट्न नसकेका भुलहरु लाई सुधार्दै अवका दिनमा काठमाडौको विकासका लागि आवश्यक पुर्नजागरण सहितको नीतिहरु निमार्णका लागि स्थानीय समुदायको परामर्स, ज्ञान, सीप र अनुभव समेतलाई समेटेर सुन्दर र हराभरा काठमाडौको पुर्नस्थापन गर्न अभियान थाल्नु अहिलेको माग हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...