काेरियाकाे कमाइबाट चाैधरी जस्तै उधमी बन्नेकि?


रुपन्देही जिलला तिल्लोत्तमा नगरपालिका -९ निवासी तुलसी चौधरी करिव ६ वर्स अघि ईपियसको माघ्यमवाट कोरिया आएका थिए।नेपालको पिछडिएको समुदाय अन्तरगत मध्यम परिवारमा जन्मेका, उनको हातमा शिक्षण पेशा संगै राजनितीक रुपमा चर्चित हत्याकाण्ड प्रचण्ड थेवेको सहकर्मी युवासंघ जिल्ला सदस्य पनि थिए।सपनाहरु कति वुनिन्छन कति पुरा हुन्छन ।उनले ठुलो सपना देखेनन्  केवल आफु उधमी वन्ने सपना देखे।उधमी बन्नकाे लागी नगद चाहिने त्यसैको निमीत्त वौद्धीक सम्पती प्रयोग गर्दै इपियस मार्फत काेरियामा राेजगार गरि  छोटों समयमा राम्रो नगद जम्मा गर्ने र उधमी बन्ने आजका सचेत युवाहरुको सपना। त्यस्तै सपनाको साकारतामा लम्कदैछन चौधरी।
            ९ महिना पहिले तत्कालिन पत्रकार महासंघ कोरियाका अघ्यक्ष खेम कार्की,सन्दिप पाण्डेको संयुक्त वेभ टेलिभिजनको कोरियन ड्रीम कार्यक्रम मार्फत एउटा सपना देखाउदा अत्याधिक युवाको जस्तै योजना ठानिएको थियो।त्यहाँ प्रस्ट उहाले आफ्नो पुर्खौली सम्पती जुन अचल जमिन र कोरियाको सवै पुजी नगद संचितालाई सदुपयोग गर्दै कृषि पर्यटन गर्ने योजना दिएका थिए।वुद्धको जन्मभुमी नजिकै रहेकाले पोखरीमा माछा,हास पालेर भएपनी शुरु गर्ने योजना वनाएका चौधरीको योजना स्पस्ट र योजनावद्ध थियो।
पंक्तीकारले एयरपोर्टमा विदाई गरिरहदा भविस्यको सफल उधमी विदाई गरेको भनेर प्रस्टै वोलेको छोटों समयमै पुरा भएको छ।
          तिल्लोत्तमा ९ शंखरापुर वजारमा अवस्थित सिटी भिलेज फुडल्यान्ड ४२ कठ्ठा क्षेत्रफलमा अवस्थित छ।उक्त जमिन निज चौधरीको पुर्खौली सम्पती हो।जहाँ करिव १८ लाख लगानीमा पुर्ण आर्गनिक खेतीवाट उत्पादित सागको परिकार संगै,माछाको स्वाद लिन सकिन्छ।उधोग अनुसारको दर्ता गरि विधीवत रुपमा असारको १४ वाट शुभारम्भ गरिएपनी अनौपचारिक रुपमा चैत्रवाटै संन्चालित थियो।जहाँ कोरियाको सांगेपसाल संगै प्रयोग गरिने साग पनि लगाईएको छ।बंगुरको मासुलाई सांगेपसालको(पातलोगरि काटिएको मामु आगोना सेकाएर)प्रयोग गरिने परिकार नेपालको नौलो स्वादको रुपमा लिन सकिन्छ।कर्कलाको पकौडा,धानको भुजा र माछाको बटाइल सिटी भिलेजको विशेषता हुन।दैनीक २० हजार सम्म कारोवार हुने उक्त व्यवसायमा चौधरी परिवार वाहेक ६ जना मजदुर रहेका छन।
जाडो महिनामा साइवेरियावाट आउने पर्यटक चराहरु,वुद्धको जन्मस्थल नजिकै भौगोलिक रुपमा पर्ने हुनाले दिर्घकालीन व्यवसाय राम्ररी ज़म्ने विश्वास उहाँमा रहेको छ।स्थायी सरकार निर्माण संगै प्रशासनिक कामहरु छरितो वन्नाले दर्ता लगायत सहज वनेको र सरकारी अनुदान चाडै आउने चाैधरीले वताए।
           कति सपनाहरु कागजमै हराउछन,कति लगानीमै,कति व्यवस्थापनमै,कति सामुहिकताको अभावमा,कति आत्मा विश्वासको कमिमा।करिव ५० हजार मजदुर ज्यानको वाजी लगाउदै मेसिनसंग मितेरी कसिरहेछन कोरियामा।सवैको उनको जस्तो पुर्खौली सम्पती नहोला कतिको चाडै करोडपती वन्ने सपना तर वास्तविकता उधम अनिवार्य छ।सरदर कोरियाको मजदुरी आकर्षक नै मानिन्छ तिनीहरुका लागी जस्लाइ मजदुरी गरेर उधमको निमीत्त पुजी निर्माण गर्नुछ।तर कोरियाको पुँजीलाई ४ भित्ते घडेरी र ३ तले महलमा रुपान्तरण गरे अवश्य आफु मजदुरवाट नउठ्ने र दरसन्तानलाई फेरी अर्काकै देशमा मजदुरको निमीत्त वेच्ने वाहेक नहोला।एक कार्यकाल कोरियामा विताएर केही जग्गा दलालको चुलो सल्काउदै,महल वनाएर समाजमा धनिकों उपमा कमाउनेहरुलाई उनको यो क़दम साच्चीकै पाठ हुनेछ।
भनिन्छ सम्पती कमाउन छोरोमान्छे लामो वाटो हिड्नु पर्छ तर त्यसलाई सहि सदुपयोग गरौ अझै कोरियाको सपना देखेर कडा मेहनत साथ पढिरहेको पुस्ता नेपालमा छ।सरदर नेपाली समाज लगानी गर्न सक्ने अवस्थामा छैन ति तमाम युवालाई छोटों समय पुजी संन्चिताको निमीत्त कोरिया प्रवेसको निमीत्त लामो समय कोरिया वस्नेहरुले कोरिया छोडेनु जरुरी छ।चौधरीको एउटा साहसले १० जना रोजगार हुदै,रास्ट्रिय पुजीमा योगदान दिनेछ जुन योगदान तपाईहामी सवैले दिन जरुरी छ।श्रमीकको रुपमा लामो समय परदेशमा बसेर भोलीको शुखी नेपाली सपना मात्र हुनेछ।हजारौ तुलसी चौधरीहरु उधमको बाटो हिड्न शुरु गर्दैछन जहाँ सरकारको दरो समर्थन रहेको छ।लौन अवत सोचौ अन्यथा तपाई हाम्रो आँखै अगाडी हाम्रै पुस्ता यस्तै उधमको मजदुर वन्ने छ।कोरियाको विकास अमेरिकी लगानीले नभएर प्रवासी कोरियन फर्किएर संभव भएको तपाई हामीमा विविधै छ।योजना,श्रम र आत्मा विस्वास वलियो वनाएर केही वर्स कोरियामा मजदुरी गरिसकेका र नेपालमै केही गर्न चाहनेको निमीत्त उनको कार्य उदाहरण हो।व्यवसायिक सफलताको कामना परदेशवाटै।
लेखक ठगेन्द्र प्रसाद न्यौपाने वुसान

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...