नेपाली सांगीतिक क्षेत्रको वास्तविक स्रष्टा र सर्जक को हुन् ?


केहि समय अघि प्रकाश सपुतले निकालेको गीत “गलबन्दी” शम्भु राइको गीतको नक्कल गरियो भनेर धेरैले टिकाटिप्पणी गर्ने क्रममा अहिले सामाजिक संजालमा जातै तोकेर विभिन्न गालिगलौज देखिलिएर सिंगो दलित समुदायमाथि अति घृणित र तुच्छ शब्दहरु प्रहार भैरहेको छ । म त भन्छु ति शब्द बोल्ने, लेख्नेहरु मानिस नै होइनन् या मानासिक सन्तुलन गुमाएकाहरू हुन् । अब पशुतुल्य चेतना लिएर पैदा भएकाहरू लाई मानवीय चेतना कस्ले पो भर्न सक्थ्यो र ? खैर केहिछैन तर गीत नक्कलको बारेमा केहि लेख्न चाहन्छु । मैले जहिले पनि यो सोच्ने गर्छु कि समाजमा द्वन्द्व सृजना हुने, हिंसा हुने, सामाजिक मेलमिलाप, आपसी सद्भाव, भाइचारामा खलल हुने कुरा नबोलौं, नलेखौं भनेर, तर यो नेपाली समाज र नेपाली समाजका दरिद्र मानसिकताका तत्वहरुको कारण लेख्न बाध्य हुन्छु ।

सबभन्दा पहिला कसैले कसैको गीत नक्कल गर्यो भन्नुपूर्व नेपाली गीत, संगीत, कला, अभिनय, वाद्यवाधन र भेषभूषाका स्रष्टा, आरम्भ, प्रारम्भ, आदि जे भनौं यसका रचयिता को हुन् भनेर जान्नु र बुझ्नु जरुरी हुन्छ । नेपालको सांगीतिक क्षेत्रको सुरुवात कुन समुदाय बाट कसरी पैदा भएको र यसका स्रष्टा, सर्जक को हुन् भनेर थोरै इतिहास हेर्न जरुरी हुन्छ । त्यसपछि नक्कल कस्ले गर्यो भन्ने कुरा दुधको दुध, पानीको पानी छुटिन्छ । नेपालको हकमा सत्यार्थ यहि हो कि, प्राचीन समय देखि गाउने, बजाउने, बनाउने, सिलाउने देखि नाट्य, नृत्य,अभिनयद्वारा सिंगो नेपाली समाजलाई मनोरञ्जन प्रदान गर्ने दलित समुदाय नै हुन् । अझ भनौं नेपालीको चुलो (खाना पकाउने ठाउँ) मा प्रयोग हुने भाँडाकुँडा देखी लिएर हिन्दुको आस्था स्थल मन्दिरमा पुज्ने मुर्ति तथा नारीका सुन्दरताको प्रतिक गरगहना एवम् नेपालीको पाउ(पैताला) लाई काँडाबाट बचाउदै सुन्दर र कोमल राख्न चप्पल जुत्ताको आविष्कारका साथसाथै नेपालीको लाज ढाक्ने वस्त्रका सम्मका निर्माता दलित नै हुन् । नेपालीको गौरव नेपालको राष्ट्रिय झण्डाका निर्माता पनि दलित नै हुन्, हामी नेपालीले भन्ने गरेको मेरो देशको पहिचान अथवा नेपालको सान राष्ट्रिय पोशाक ढाकाटोपी, दौरासुरुवाल र खुकुरी पनि तिनै कथित सानो जातिले बनाएका हुन् । चाहे नेपाल अंग्रेज युद्धको कुरा गरौं वा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको । त्यसमा प्रयोग भएका बन्दुक, भाला, खुकुरी देखि विभिन्न हातहतियारका आविस्कारक र राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक नितिका सुत्र तिनै दलित समुदायले रचेका हुन् । इतिहासको त्यो कालखण्डमा दलित थिए र नेपाल छ, नेपाली भइ बाँच्न पाएका छौं ।

मेरा यि शब्दले कोहि कसैलाई आघात नपुगोस प्रसंगवश जोडेको हुँ । जातीय छुवाछूत, विभेद र असमानताको अन्त्य हुनुपर्छ भन्ने सोच भएका सम्पुर्णमा मेरो उच्च आदर सम्मान छ । अहिले केहि सामाजिक सहयोग र सेवामूलक कार्य गर्नेहरु समाजसेवी, राष्ट्रसेवी र राष्ट्रप्रेमीका रुपमा महान कहलिन्छन् । लाग्छ की अब लेखिने इतिहासमा उनीहरु कै नाम स्वर्णिम अक्षरले लेखिन्छ । पुरै राष्ट्रिय संचार माध्यम देखि विभिन्न अन्लाईन मिडिया, पत्रपत्रिका सम्म उनीहरु कै गुणगान, चर्चा परिचर्चा छ्यापछ्याप्ती भएको देख्न र पढ्न पाइन्छ । डाहा भने गरेको होईन उक्त क्षेत्रमा यहाँहरुको पाइला निरन्तर बढिरहोस शुभकामना । तर नेपाली मानव सभ्यताको शैशवकालिन अवस्था देखी वर्तमान सम्म जातैको आधारमा कथित उपल्लो समुदायसंग बिना पारिश्रमिक, बिना स्वार्थ निरन्तर बाली घरे प्रथा अनुरुप सेवा र श्रमदान गर्ने दलित समुदायलाई सिंगो देश र समाजले मानवीय दर्जा सम्म नदिदा अहिलेका ति समाजसेवीहरु फिक्का लाग्दोरहेछ । नलाग्नु पनि कसरी जसको कयौं पुस्ताले संधै अरुको सेवा मात्रै गरिरह्यो । तर समाजसेवी, राष्ट्रसेवी, राष्ट्रप्रेमीको उपमा कहिल्यै पाएन, कहलिएन । त्यो त्याग, समर्पण र योगदानको अवमूल्यन भयो र उल्टै अछुत हुनुपर्यो । मानवीय दर्जा सम्म पाएन । यसो भइरहदा अहिलेका कलाकर्मी संगीतकर्मी, मानवअधिकारवादी, समाजसेवी, सामाजिक अभियान्ता, राजनीतिज्ञ, बुद्धिजीवी, पत्रकार तथा शिक्षक, शिक्षिका जस्ता जो जानेबुझेका समाजका प्रतिष्ठित मानिनेहरुको ध्यान सामाजिक विभेद विरुद्ध नजादा दुःख लाग्छ । जातीय छुवाछूत तथा विभेद विरुद्ध अपवाद बाहेक कसैले एक अक्षर लेखेको र बोलेको पाइदैन । अनि म कसरी मानौं तिनि समाजका अगुवा हुन् भनेर ।

अब विषय तर्फ फर्कें, नेपाली गीत संगीत कै कुरा गर्नुपर्दा त्यसका मुख्य स्रष्टा भनेको नेपाली समाजमा गन्दर्भ(गाइने) भनिने जाति समुदाय हुन्, जसले परापूर्व कालदेखि समाजमा घटेका राम्रा नराम्रा घटनाहरूलाई गीतको रूपमा ढालेर हिमाल, पहाड, मधेश गीत गाउँदै मनोरञ्जन प्रदान गर्दै नयाँ नयाँ लोक भाकामा फेरि फेरि सारंगीको धुन बजाउदै, गाउदै गाँउदै भारत, बर्मा हुँदै मलायासम्म पुग्ने गर्दथे । जसले नेपाली लोकसंगीतको सुरु गरी संरक्षण गर्दै यहाँ सम्म ल्याएको हो । तर समाजले उनैलाई सदियौं देखि एक सानो जाति भनी अछुतको दर्जा दिएर राखेको छ । सामाजिक विभेद गरिरहेको छ । उपेक्षा र घृणाको पात्र बनाइरहेको छ । असलमा गीत संगीतको सृजना, रचना तिनै गाइने समुदाय बाट सुरुवातभएको कुरा आम नेपाली जनमानसमा छर्लङ्ग छ । समय संगै त्यही गाइने समुदायको गीत, संगीतको नक्कल बाकी अरुले गरेका हुन् । नेपालको वर्तमान सांगीतिक क्षेत्र, तिनै समुदायको रचनाको परिवर्तित रुप हो । केवल भाका, लय, आवाज र व्यक्ति मात्र फरक हुन् । खोइ त आज सम्म ति समुदायले “मेरो समुदायको, अग्रजको सांगीतिक रचनाको नक्कल गरियो, मेरो बाउ बाजेको अथक तपस्याद्वारा रचित रचना चोरी भो, तर मेरो समुदायको समानता र उत्थानका लागी कसैले प्रयास गरेन, मेरो रचनाले धेरैलाई महान बनायो तर मेरो समुदायलाई कहिल्यै मानवीय व्यवहार गरिएन, मेरो नक्कल गर्नेहरुलाई कारबाही होस्, न्याय पाँउ” भनी कहिँकतै मुद्दा गरेका छैनन् । खासमा मुद्दा दायर उनीहरुले गर्नुपर्ने हो नि होइन र ? किन कि सृजना त उनीहरु द्वारा भएको हो नि ! गीत, संगीतको चोरी त उनीहरुको भयो नि ! तिनै “गाइने“ समुदायको सृजनाले अहिले कयौं नेपाली सांगीतिक क्षेत्रमा महान बनेका छन् ? चर्चित भएका छन्, कतिको रोजिरोटी त्यसैबाट चलेको छ ? धन सम्पत्ति यशआरामको जिन्दगी जिएका छन् । कतिलाई त गीत, संगीत,कला र अभिनय क्षेत्रको भगवान नै ठान्छन् । मैले यसो भनिरहदा वर्तमान कानुनले जोसुकैलाई जुनसुकै पेशा, व्यवसाय गर्न छुट दिएको कुरा जोडिन्छ तर याद रहोस् सँगसँगै कानुनले विभेद पनि नगर्न भनेको छ । हुन त म गीत संगीत क्षेत्रको विज्ञ त होइन तर पनि अहिले आएर एउटा गीत नक्कल भयो, केहि मिल्यो भन्दै अदालतमा मुद्दा भएको समाचार सुन्दा दुख लाग्छ र हास्यास्पद पनि, जसले सांगीतिक क्षेत्रका आदिकालिन स्रष्टा दलित समुदाय कै रचना, सृजना,आविस्कार र पेशाहरुको नक्कल गर्दै आफ्नो हातमुख जोड्ने(पेट भर्ने) काम गरिरहेका छन् । उसैले, उनैले एक स्रष्टाका सन्तति माथी मुद्दा गरे । उनको त्यो कस्तो नैतिकता हो ? के उनि गीत संगीत रचना गर्ने पहिलो व्यक्ति हुन् ??तमाम नेपालीलाई थाहा भएकै कुरा र मैले माथी पनि उल्लेख गरिसके दलित समुदाय भित्रैका जातिले विभिन्न बाजागाजा आविष्कार गरे, यसै समुदाय भित्रकाले बाजा बजाउने काम गर्यो, त्यससँगै अर्कोले गाउने काम गर्यो भने कसैले नृत्य गर्ने काम गर्यो, कसैले कथित उपल्लो समुदायको हलि बसिदियो, कोहि दास बनिदियो त कोहि कमारा कमारी बन्दै सानो जाति मै रहदै, विभेद भोग्दै आए र तिमि कथित ठुलो जाति हुन पायौं । अहिलेसम्म रहदै छौ । जबसम्म संकीर्ण सोचाइ बाट पर हुदैनौ तबसम्म रहने छौं ।

मेरो अपेक्षा – यति पढिसकेपछी को ठुलो, को सानो, कसको महान सोच, कसको निच सोच र कसले अरुको सिको गर्यो ? कसले नक्कल गर्यो ? नेपाली गीत संगीतको चोरी गर्ने को रहेछ सायद स्पष्ट भयो कि भन्ने ठानेको छु र सम्मानित अदालतका श्रीमान ज्युलाई पनि यति कुरा ज्ञान अवश्य छ भन्ने ठान्दै फैसला न्यायको पक्षमा हुने आशा गर्दछु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...