राष्ट्रियताका सवालमा गुठी व्यवस्था र गुठी विधयक


विगत लामो समयदेखि सडकदेखि सदनसम्म हंगमा मच्चाएको विवादित गुुठी विधयक २०७५ ले राज्य संयन्त्रले आम जनसरोकारका विषयमा नीति बनाउंदा सरोकारवालाको परामर्स र सहजीकरणको अपरिहार्यतालाई नकारेको स्पष्ट छ ।
त्यति मात्र होइन अझ थप सदनमै रहेका सरोकार वाला जन प्रतिनिधि सांसदहरुको उपस्थितिलाई समेत अवहेलना गर्दै आफनो मनोमानि गरी जवरजस्ती रुपमा गुठी विधयक २०७५ लाई पारित गर्न प्रयत्नरत रहेको आभास कथित संचार मन्त्री लगायतले बेलाबेलामा दिने गरेको अभिव्यक्तिले प्रमाणित गर्दैछ ।

विशुद्ध धर्म संस्कृति, परम्परा र मुल्य मान्यतालाई थाँती राखी मानव जीवन, सभ्यता, संस्कति र जीवन शैलीलाई सहज पार्न गुठी परम्परा थालनी भएको हो नेपाल मण्डलको नेवा सभ्यतामा । तर राज्यका नीतिगत तहमा कालान्तरमा गुठी लगायतका समाजिक, साँस्कतिक, धार्र्मिक पर्व परम्परा विशेषसंग खास सरोकार नराख्ने वर्गिय जमातको प्रवेश पछि भने विशेष गरी नेवा राज्य अत्यन्त प्रभावित हुदै आएको छ ।

पश्चिमा जगतमा सभ्यताको थालिनु अगावै हजारौं ंवर्ष अघिको इतिहास बोकेको नेवार राष्ट्रको सभ्यताको जननी येंदे वा काठमाडौ प्रवेश गरेका नव आगन्तुक वर्गिय जमातले यहांको सभ्यता परम्परा र संस्कृतिलाई जात्रा पर्व र भोज मात्रको संस्कृतिको रुपमा व्याख्या गर्दै नेवा सभ्यताको दर्शनलाई बुझने र आत्मसात गर्ने प्रयत्न कहिले गरेनन् । यद्यपि नेवा समुदायको भोज भतेर र एैला थों लाई चखिलो मान्दै चाख्ने काम मात्र गर्ने जमातमा उनीहरु दरिएर रहे । तर नेवाका पुजा परम्परा रहन सहन खाना र गुठीगानासंग जोडिएका मानव जिवनलाई चलायमान बनाउने नेवा दर्शनलाई कहिले बुझने प्रयत्न गरेनन् । जसको फलस्वरुप नेवा जीवन शैली, जल भुमी र सम्पदासंग गाँसिएको गुठी संस्कृति नेवा राज्य गुमे पछि, राज गर्ने हरेक राज्य संयन्त्रको गिद्धे नजरको मारमा परे । कालँन्तरमा शान्ति र संगीतमा र संस्कृतिमा रमाउने जमात नेवार समुदाय क्रमस राज्यको नीतिगत तहमा पहुच विहिन हुंदै गए पश्चात अझै थप जीर्ण र थिल्थिलो बनाउने काम कथित राज्य सरकारले गर्दै रहे ।
उसो त नेपालमा प्रजातन्त्र उदय हुन अगाडी पनि नेवा गुठी र परम्परासंग गांसिएका जमीन माथि राज्य सरकारले दोहन नगरेको होइन । हनुमान ढोकाबाट तात्कालिन राजालाई नारायण हिटी दरबार सार्न बसन्तपुर स्थित जिवित देवी कुमारी माजुको जग्गालाई तात्कालीन शासकहरुले अधिनमा लिएका थिए । त्यसैले नारायण हिटी दरवारबाट वर्षमा एउटा असर्फि चढाउने, पुजा पठाउने प्रचल रहेको थियो । तर कथित राजदरवार र राजसंस्थाको अन्त्य संगै त्यो परम्पराले अव कसरी निरन्तरता लिंदै छ सो विषयमा चासो राख्ने जमात अहिले छैन ।

नेपाल वायु सेवा प्राधिकरण रहेको न्युरोड स्थित जग्गा पनि हरेक वर्ष कुमारी माजुको घोडे जात्रा हेर्ने खुल्ला चौर रहेको स्थान थियो । कुमारी माजुबाट यहीबाट घोडे जात्राको अवलोकन हुन्थ्यो । तर सरकारले तात्कालीन शाही नेपाल बायु सेवाको भवन निमार्ण गर्न मागे पछि संधैको लागि कुमारी माजुको सो जग्गाबाट अधिकार वंंचितकरणमा परेको छ । विगतमा राजकीर्ति महाविहार टेवहाल अन्र्तगत पर्ने यो जग्गा रहेको आवादीदेखि हालको महांकालसम्म र पश्चिममा बशन्तपुरको कुमारी घर वरीपरी थुप्रै ससाना विहारहरु सहितको महाविहार थियो । जसका जग्गा विभिन्न काल खण्डमा बासठ्ठी हरण लगायत राजनैतिक प्रतिशोधमा नेवा सभ्यताका जननी गुठी जग्गाहरु मसिंदै गए । यी त मात्र थोरै उदाहरण हुन कथित काठमाडौंका गुठी जग्गा हरणका कथाहरु । यदी खोजी नै गर्ने हो भने सार्वजनिकरु रुपमा राखिएका नीजि गुठीका थुप्रै जग्गाहरु विभिन्न बहानमा मासिंदै र राज्य द्धारा हड्पएिका हज्जारौं इतिहास भेट्ने छन् । तर खाँटी प्रश्न मात्र त्यति हो विरालोका घाटीमा घण्टी कल्ले झुण्डयाउने ?

गुठी परम्परा र नेवा सभ्यता

विगतमा काठमाडौ प्रवेश गरी काठमाडौंको सभ्यता र संस्कति जीवन व्यवहारमा उतार्ने सवै नेवार कहलाउंथे । यद्यपि नेवा समुदायमा आफनै जीन वा नश्ल विगतमा थियो पनि । तर नेवा समुदायको उदार नीतिका कारण यो समुदायले अन्य आदिवासी जनजाति समुदायले जस्तै एउटै नस्ललाई भने निरन्तरता दिन सकेनन् । कारण नेवा एक समुदाय मात्र नभएर राज्य संयन्त्र नै भएको कारण धर्म संस्कृति परम्परा र शासक समेतका भुमिका निर्वाहका क्रममा कथित ब्राहमण क्षेत्री वैश्य लगायतको वर्गिकरणमा क्रमस रुपान्तरित गरिंदै गए । विशेष गरी नेपाल राज्यको गाथ गादी रुपान्तरित हुंदाका अवस्थामा । नेवा राज्यका शासक कमजोर हुंदा र राजगददी खाली हुंदा विभिन्न क्षेत्रबाट कुशल शासकहरुको खोजीमा नेवा गददी सम्हाल्न भित्र्याउने क्रममा यहांको जातिय नश्ल क्रमस प्रभावित हुंदै गयो । तर नेवा संस्कृतिलाई आत्मसात गर्ने सर्तमा ।

पृथिवी नारायण शाहले इन्द्र जात्रा (यन्या पुन्ही) को दिन राजगददीमा बसी काठमाडौ कव्जा गरे पछि यहांका गुठीयारहरुले खान राखेको समय वजी फालेर विरोध गरेपछि नेवा संस्कतिलाई ग्रहण गर्ने सर्तमा काठमाडौले उनलाई स्विकारेको कुरा बताउछन नेवा विज्ञ रत्न मर्हजन । जय स्थिति मल्ललाई नेवा राजकुमारीसंग विहे गराई दिएपछि चलाख र क्रुर जय स्थिति मल्लको महत्वाकांक्षाका भागि हुनु प¥यो विशेषगरी नेवा समाजले ।
विगतमा लिच्छवीकालमा सिमरौन गढबाट राजा हरी सिंह देव संगै आएका राज्य संयन्त्र ब्राहमण क्षेत्री वैश्य सुद्र लगायतको जातिय आधारको वर्ण व्यवस्था लगायत विभिन्न काल खण्डमा काठमाडौ प्रवेश गरेका जातिय वर्ण व्यवस्थाकै अनुकरण गरी यहांका आदिवासी नेवाः राज्यलाई जातिय आधारमा संस्कार धर्म परम्परा र चालचलन तथा काम गर्न पाउने नैर्सगिक अधिकार समेतलाई जातिय आधारमा विभाजन गरी दिए । थप जयस्थिति मल्लले जाल झेल गरी शासन सत्तामाथि प्रभाव जमाई राख्न पाँच मैथिल ब्राहृमण कीर्तिनाथ उपाध्याय लगायतको सहयोगमा जातीय व्यवस्थाको पुनःशुरुवात गरे । भन्नलाई शासन व्यवस्थालाई सुढृडिकरण गर्न र समाजलाई व्यवस्थापन गर्न उनले गरेको व्यवस्थाको खुव प्रसंसा गर्ने गरिएता पनि अनेक जाल झेल गरी राजा बनेका ज्वाईलाई आम जनताले नस्विकारेका कारण, कुनै पनि समयमा आफनो राज्य गुम्ने चिन्ताकै कारण उनले आम जनता विच नै उंच नीच छुवाछुतको राजनीतिबाट फुटाउ र राज गरको नीति अख्तियार गरेको झत्तपुरका जेठापाकाहरु बताउंछन् ।

इतिहासमा गुठी

नेपालमा गुठीको इतिहास पाँचौ शताब्दिको प्रारम्भबाट भएको मानिन्छ । लिक्ष्छवी राजा मानदेवले आफनो सम्पत्ति दान गरी गुठीको सुरुवात गरको इतिहास छ । धार्मीक र सांस्कृतिक र जीवन व्यवहारदेखि बातावरण जोगाउने मानव जिवन शैलीलाई मर्यादित सहज, सरल र नियमनकारी बनाउने संयन्त्र हो गुठी । नेवारहरुको धर्म र कर्मको र संस्कारको आधारमा यो गुठी परम्पराले निरन्तरता लिंदै छ । साझा गुथी, सी गुथी, सना गुथी जात्रा गुथी, पुजा गुथी, वाजा गुथी, नाच गुथी, पानी गुथी लगायतका गुठीहरु नेवारी समुदायमा हजारौं वर्षदेखि निरन्तरता लिंदै छ । जवकि संसारका थुप्रै संस्कृति सभ्यताहरु क्रमस लोप भई सकेका छन् । नेवाः समाजको लगन, इमान्दारीता सहनशिलता र नियममा बस्न रुचाउने र खासै आर्थिक प्रलोभनमा पलायन नहुने मनोविज्ञानका कारण पनि नेवा संस्कृति गुथी परम्परा यथावत चली रहेको छ जेन तेन । आफनै मौलिक परम्परा र धर्म र सांस्कृतिक मुल्य मान्यतामा रहेको नेपालका आदिवासी जनजाति समुदाय नेवाःको परम्परागत संस्था गुथी विभिन्न काल खण्डमा प्रभावित हुने परम्पराले पनि निरन्तरता लिंदै छ त्यसको उदाहरण हो गुठी विधयक २०७५ ।

गुठी परम्परा र शासककिय मनोविज्ञान

राजनीतिमा मास वा जमात हुलको खास महत्व रहन्छ । नेतृत्वमा रहन टिक्न र आफना प्रभावलाई निरन्तरता दिन मास वा आम जमातको प्रतिनिधत्वले खास अर्थ राख्दछ । नेवा समाज समुदायको एकता र मास तथा नेवा समाजको जातिय धर्म र संस्कृति एक आपसमा जेलिएको कारण नै हरेक कालखण्डका शासकको टाउको दुखाईको विषय हुने गरेको छ । तर हरेक कालखण्डमा नेवा समाज र राष्ट्रलाई फुटाउ र राज गरको नीतिले पेल्दै गरेतापनि नेवा समाजको गुथी परम्परा लगायत संस्कृतिको सहसम्बन्धको कारण खासै तोड्न नसकेको अवस्था छ । कारण नेवा समाज जातिय उपजातियकरण भई हाँगा फरक फरक भएतापनि नेवा समाजको अस्तित्व जरा एउटै छ । अझ थप शासकका गिद्धे नजर काठमाडौ लगायतका वन, उर्वर जमीन पोखरी लगायतमा रहेका कारण गुथीगानाको अधिकारमा रहेका ती सम्पदालाई आफनो अनुकुलमा प्रयोग गर्न शासक तथा राज्य संयन्त्रले अनेकन बहानामा जग्गा हडप्ने नीति ल्याउने गरेको छ । अर्को थप, नेवा समाज भित्रै पनि गुठी जग्गाहरु प्राय नायो वा नाइके का नाममा हुने र कालान्तरमा उनको मृत्यु पछि उनका पुस्तामा पुग्ने गरेका कारण पछि गुथी जग्गा मासिने गरेको पुर्व नेवाः दे दवुका महासचिव पवित्र बज्राचार्य बताउछन् ।

विगतमा देवस्व राजस्व आदि खानु हुन्न पाप लाग्छ, संन्तान नासिन्छ भन्ने नैतिक मुल्य मान्यता हराउंदै गएको कारण गुठी जग्गा मासिंदै गए । एक दुई जनाको कालो कर्तुतका कारण गुठी जग्गा नियमन गर्ने र गुठी परम्परालाई कुशल व्यवस्थापन गर्ने बहानमा तात्कालिन शासक वर्गले भुमिसुधार व्यवस्था लागु गरी विक्रम संवत २०२१ सालमा गुठी संस्थान ऐन मार्फत सरकारीकरण गरी सदाको लागि नेवा समुदाय लगायतको गु्ठी जग्गा सरकारी हस्तक्षेपमा पारे । थप २०४१ सालमा ऐनमा संसोधन गरी गुठी जग्गालाई रैतानी नम्बरी बनाउन पाउने व्यबस्था गरि पछि राज गुठी र नीजी गुठी समेत रैतानी नम्बरीमा दर्ता गरी विक्रि गर्ने वतावरण बनेपछि भए भरका गुठी जग्गा रैतानी गर्दै विक्री गर्ने होडवाजी चल्यो । अझ ऐनकै मातहत जग्गा सट्टा भर्ना गर्न पाउने नियम समेत बनेपछि दाताले राखेका उर्वर जग्गाहरुको सट्टा कमसल कम उव्जाउ हुने जग्गा संग साटफेर गर्न तत्कालीन गुठी संस्थान लगायत भुमाफियाहरुका लागि उर्वर वन्दै गयो, अन्तमा जग्गाको आयस्ता कम भई गुठीहरु आर्थिक संकटमा पर्दै नासिने संघारमा पुगे ।

राजनैतिक परिवर्तन र गुठी जग्गाको हरण

विक्रम संवत २००७ सालमा प्राप्त प्रजातन्त्र को २०१७ सालमा कु गरी हरण गरिएपछि राज्य संयन्त्रले शासन व्यवस्था टिकाउन राज्यका हरेक संयन्त्रमाथि एक प्रकारको पुर्नजागरण वा प्याराडाईम सिफट नै ल्यायो । काठमाडौ उपत्यका राजधानी भएकै कारण शासक वर्गले आफनो अनुकुल प्रभाव र नियन्त्रणमा पारी रहनु राजनीकिो सिद्धान्त अनुरुप गलत पनि होइन । मुलतः आफनो गढ वा राज्य संचालन गर्ने आवादीको जल जमीन धर्म संस्कृति परम्परा र आम जनतासंग सरोकार राख्ने हरेक पक्ष विषेशमाथि शासकको नियन्त्रण गर्ने राजनैतिक प्रवृत्तिको भागिदार भने प्रत्यक्ष रुपमा नेवा समुदाय राजधानीका आदिवासी जनजाति हुनैका कारण उनीहरुका जीवन पद्धती गुथी परम्परा र संस्कृति लगायत पर्ने गरेको छ ।

मुलत नेवा समुदायको जीवन शैली पद्धती तथा सामाजिक सदभाव मेल र आपसी सहयोग र सहकार्यका लागि नेवा समुदायको जीवन चक्रको रुपमा स्थापित यी गुठीहरु नेपालमा भुमिसुधार व्यवस्था लागु भए पश्चात क्रमस नासिंदै छ ।
वास्तवमा नेवा समाजको सेन्टिमेण्ट, जीवन पद्धती र राजनैतिक पृष्ठभुमीबाट अनभिज्ञ वर्ग नेपाल सरकारका नीतिगत तह र तप्कामा रहेकै कारण पनि नेवा लगायतका गुठीहरु धरापमा पर्नुको मुख्य कारण भएको गुठी संस्थानकै उपल्लो तहका कर्मचारीहरुको रहेको छ । थप प्रजातन्त्रको पुर्नस्थापन पश्चात काठमाडौमा जनसंख्या ह्वात्तै बढ्यो र घर घडेरीका लागि यहांको गुठी जग्गा गलायतका जग्गा विक्री गर्ने माहौल समेत उर्वर बनेपछि धमाधम उर्व जमीन माथि कंक्रिट घर ठडिने कार्य भयो । अझ दश वर्षे द्धन्दकालमा माओवादीका डर र मधेश आन्दोलनमा पहाडिया हटाओ अभियानका त्रासले हुने खानेले काठमाडौमा घर घडेरी जोडेर शुरक्षित हुने परम्पराले पनि निरन्तरता लियो । जसको प्रत्यक्ष प्रभाव गुठी जग्गामा परेको छ ।

नेपालमा गुठी जग्गाको अवस्था र गुठी संस्थान

नेपालमा राजगुठी र नीजि गुठी गरी दुई प्रकारका गुठीहरु प्रचलनमा रहेका छन् । राज गुठी अन्र्तगतका जग्गाहरु सरकारीकरण गरिएका कारण केही अभिलेख गुठी संस्थानमा छ । तर नीजी गुठीको संख्या र के कति जग्गा छन् त्यसको अभिलेख राख्ने परम्परा नहुंदा त्यसको तथ्यांक गुठी संस्थानसंग छैन । गुठी संस्थान श्रोत अनुसार नेपालमा ६८ जिल्लामा गुठी जग्गाहरु रहेका छन् । जसमा रैतान नम्बरी, अधिनस्थ र तैनाथी लगायतका जग्गाका किसिम लगायतका जग्गाका किसिम अन्तर्गत पहाड तर्फ ५ लाख ६१ हजार ९ सय नब्बे रोपनी र तराई तर्फ ६६ हजार ३ सय तीस विघा जमिन रहेका छन् । गुठीकै हिसावमा पनि उपत्यका भित्रै काठमाडौमा सवै भन्दा बढी राज गुठी रहेका छन् । जसमा अमानती ३ सय बाउन्न र छुट गुठी २ सय ५८ वटैमा रहेका छन् । जात्राा पर्वकै हिसावमा पनि काठमाडौ अग्र पंक्तिमा छ । काठमाडौमा मात्र १२ सय बयासी वटा जात्राहरु रहेका छन् । गुठी संस्थान अन्र्तगतका गुठी जग्गाहरु विक्री गरी रकम अक्षयकोषमा राखिन्छ । त्यसै बाट आएको व्याजबाट २५ प्रतिशत सांवामै गाभ्ने र बाकी ५ प्रतिशत संस्थानको प्रशासनिक खर्च कटाई ७० प्रतिशत रकम गुठी तथा पुजा आजा लगायतमा खर्च गर्ने व्यवस्था भएता पनि हाल आर्थिक विचलन र बैंकको व्याजदर अत्यन्त न्युन हुंदा गुठीहरुलाई समय सापेक्ष खर्च उपलब्ध गराउन नसकिएको अवस्था छ ।

धरापमा गुठी र त्यस संग जोडिएका सम्पदा

काठमाडौको सम्पदा संस्कृति अन्र्तराष्ट्रिय पर्यटन बजारमा र आन्तरिक पर्यटन बजारमा बेचेर काठमाडौका हनुमान ढोका परिसरबाट मात्र सिजनमा औसत चार लाख दैनिक राजश्व संकलन हुने गरेको छ । पछिल्ला दिनमा सो क्षेत्रको पुनः निमार्ण गर्न ढिलाई हुदा सरदर राजश्वे ७० हजार सम्ममा झरेको थियो । पर्यटकहरुले एक हजार तिर्न गा¥हो मान्ने गरेको सो क्षेत्रमा शुल्क उठाउन खटेका काठमाडौ महानगर पालिकाका एक कर्मचारीको छ । कारण सो क्षेत्रमा अझै टेको लगाएका संरचनाहरु बाट उदासिन रहेका पर्यटकहरु भन्ने गर्छन “एक हजार तिरे बापत के हेर्न पाईन्छ ? कर्मचारीको कथन । स्थानीय गम्भीर जोशी भन्छन् “ सरकारले यो क्षेत्रको सवै मन्दीरहरुको गुठी जग्गा अधिग्रहण गरयो । तर वर्षौसम्म आयस्ता खायो तर अहिले पुर्न मिार्णका लागि वजेट छैन रे । पर्यटकसंग एकहजार प्रति व्यक्ति उठाउंदै आएको छ महानगरपालिकाले तर खोई त यहांको पुर्ननिमार्ण र संरक्षणका लागि राज्यको पहल । पहिला गुठी जग्गा नेवा समुदाय भित्र सिमित हुंदा एतिहासिक सास्ंकृतिक धार्मीक आस्थासंग जाडिएको यो क्षेत्रको संरक्षण र पुःन निमार्णमा गुठीयारकै पहलमा हुन्थ्यो । अझै पनि केही हदसम्म जात्रा पर्व मन्दीर मठसंग जोडिएका सम्पदाको संरक्षण गुठीयारकै पहलमा हुने गरेको छ । हनुमान ढोका (हल्मान ध्वाख्वाः ) काठमाडौका सम्पदाहरु मध्य एक नमुना मात्र हुन् उपत्यकाका तीनै शहर लगायत एतिहासिक अन्य शहरहरु लगायत उपत्यका बाहिरका गुठीसंग जोडिएका कैंयन सम्पदाहरु तीनै गुठी जग्गाकै आयस्ताबाट संरक्षण संबद्धर्न गरिंदै आएका छन् । जुन अहिलेको नया गुठी विधयकले अझै गुठी सम्पदा मास्ने खतरा निम्तेको नेवा विज्ञ तथा कानुन विद संजयराज शर्माको रहेको छ ।

मुलत विगत र हाल पनि काठमाडौ उपत्यकाको शासन व्यवस्थाले सिंगो नेपालको प्रतिनिधत्व गर्दछ । काठमाडौ उपत्यका हिजो पनि सवैको थियो र आज पनि सवैको हो । खासमा सवै जाति वर्ग धर्म सम्प्रदाय अटिएको यो मिनी नेपाल विगतमा पनि सिंगो नेपालकै नमुना थियो । विगतमा काठमाडौ छिर्ने जो पनि नेवा कहलिन्थे । आफनो धर्म इतिहास भुगोल जे जस्तो सुकै भए पनि थप यहांको गुथीगानासंग जोडिएका संस्कृति सम्पदासंग पनि आफनो छुट्टै खालको सम्वन्ध स्थापित गर्थे र त्यसले दिने आफनोपनले नै आम नेपाली बीच सामाजिक सौहाद्रता र सदासयता कायम रहन्थ्यो । वास्तवमा तात्कालिन नेवा वा नेपाः सभ्यताको जीवन दर्शन संग गांसिएको गुठी व्यवस्थाले सम्पुर्ण नेपाली वा नेपाःमी मानव जीवन यापन, पकृति संरक्षण, राज्य व्यवस्था र शासन पद्धति तथा जल, जमीन जीवन विशेष संग जोडिएको अवयवहरुलाई व्यवस्थित गरेको थियो र छ ।

निश्कर्ष

नेपालको राजधानी काठमाडौ अहिले संघिय राजधानीको रुपमा रुपान्तरीत हुंदै गरेको वर्तमान अवस्थासम्म आई पुग्दा काठमाडौ उपत्यकाको भौतिक स्वरुपमा मानविय कारण थुप्रै परिवर्तन आई सकेको छ । विकास मानिसको लागि हो । काठमाडौको भौतिक विकासले खास गरी यहांको सास्कृतिक र आर्थिक विकासमा के कस्ता असर परे वा अझै पर्दैछ भन्ने अनुसन्धानको विषयमा विगत देखि वर्तमानसम्म पनि भई रहेको अवस्था छैन । खास गरी यहांका गुठी जग्गाहरु विकासका नाममा जथा भावि दोहन गरिएका छन् । जवकि काठमाडौको संस्कृतिले नेपालको सामजिक सदभाव देखि पर्यटन प्रवंद्धनमा समेत आधार विन्दु बनेको अवस्था छ । तर सो विषयमा न राज्यको दुरदर्शिता छ न त नीतिगत तहमा यस विषयमा छलफल मात्रको विषय पनि बनेको छ । जन्मदेखि मृत्युसम्मका संस्कार जोडिएको काठमाडौको गुठी सभ्यता नेपालको सभ्यता हो भन्ने बुझाई र भावना अझै छैन । देश अहिले सामाजिक रुपान्तर सहितको नयाँ नेपाल बन्ने क्रममा छ । तर त्यो क्रममा शान्ति प्रक्रियालाई दिगो पना दिने सामाजिक सदभाव र सह अस्तित्वका सवालमा केन्द्रित मुद्धामा नीतिगत तहमा अझै सचेता आएको छैन । संस्कार संस्कृति सामाजिक सदभाव र शान्तिका हिमायति हुन् । एकै ठाउंमा सवै वर्ग जाति र संस्कृति संग सरोकार राख्ने सास्कृतिक क्रियाकलाप हुने काठमाडौ लगायतका गुथी जग्गाहरु अधिग्रहणका बहाना कहिं बाटो बनाउने त कही दरवार भवन कार्यालय बनाउने बनेको छ विगत देखि बर्तमान सम्म ।

धर्म, संस्कृति, परम्परा राष्ट्रका पहिचान हुन् । विशेष गरी मानव सभ्यताको विकास र पहिचानका लागि बनेका गुठीहरू कुनै एक वर्ग समुदायको मात्र नभई समग्र राष्ट्रकै सम्पत्तिका रूपमा जगेर्ना गरिनुपर्दछ । जात्रा पर्व र सामाजिक व्यवहार संस्कृतिजस्ता पक्षहरूले देशको पहिचान दिने मात्र होइन, समग्र देशकै आर्थिक र पर्यटन व्यवसायसमेत प्रत्यक्ष रूपमा प्रभावित हुने गर्दछन् । नेपालको संस्कृति, धर्म र परम्परालाई निरन्तरता दिन विगतका संविधानहरू तथा वर्तमान नेपालको संविधानको धारा ३२ को उपधारा ३ र धारा ५१ राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिको भाग ८ ले आदिवासी जनजातिको संस्कृति परम्परालाई संरक्षण र संवद्र्धन गर्ने नीतिको प्रत्याभूति दिएको छ ।

गुठी व्यवस्थालाई नेवा सम्पदा मात्र मानेकै खण्डमा पनि गुठी व्यवस्था वा परम्परा लाई जगेर्ना गर्न अन्तर्रा्ष्ट्रिय श्रम संगठनको १६९ को धारा ५ को उपधारा (क), धारा ७ को उपधारा १ तथा धारा ८ ले समेत आदिवासी जनजाति समुदाय भित्र दरिएको (नेवा) समुदायको सामाजिक, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक मूल्य, मान्यता, कानुन तथा प्रचलनलाई राज्यले संरक्षण दिनुपर्ने उक्त धाराहरुले व्यवस्था गरेको छ । नेवा जीवन शैली र राष्ट्रको पहिचान समेतलाई मध्य नजरमा राखि गुठी विधयकलाई खारेजीका लागि नेपाल सरकार विरुद्ध नेपालको संविधान संम्मत कानुन र अन्तर्रा्ष्ट्रिय श्रम संगठनको १६९ अन्तर्गतलाई नजीरमा राखि र्रा्ष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अदालतसम्मका ढोका ढकढक्याउने अधिकार गुठी व्यवस्था संग सरोकार राख्ने नेवा समुदाय लगायतका जमातलाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...