Advertisement
SKIP THIS

कोरियाको विपक्षी नेताले “बिदेशी मजदुरको केहि योगदान छैन” भनेपछि प्रवासी मजदुरको बिरोध


दक्षिण कोरियाको कोन्जर्भेटिव लिबर्टी कोरिया पार्टी (LKP) को अध्यक्ष ह्वाङ ग्यो-हनले विदेशी कामदार प्रति पुरातन सोच र घृणा जगाउने खालको अभिव्यक्ति दिएको भन्दै प्रवासी मजदुर नेताहरुले चर्को आलोचना गरेका छन् । साथै उक्त भनाइ फिर्ता लिन दबाब दिएका छन् ।

समाचार एजेन्सी योन्हापका अनुसार नेता ह्वाङको उक्त भनाइ विरुद्ध प्रवासी मजदुर संगठनहरुले SMI-एसएमईको सउल स्थित मुख्यालय अगाडि प्रदर्शन समेत गरेका छन् । साथै विरोध प्रदर्शनमा प्रवासी मजदुर संगठन एमटियुको पनि सहभागीता रहेको र पत्रकार सम्मेलन गरि बिरोध पत्र समेत बुझाइएको जानकारी एमटियु अध्यक्ष उदय राइले दिएका छन् ।

नेता क्यो-हनले बुधबार बुसानमा भएको साना तथा मझौला कम्पनी(SMI-एसएमई)को प्रमुख कार्यकारीहरु सँगको छलफलको क्रममा विदेशी कामदारहरुका लागि छुट्टै न्युनतम ज्याला निर्धारण गर्नुपर्ने भनाइ राखेका थिए । उसले बिदेशी कामदारले देशको लागि केही योगदान दिएको छैन भन्ने भनाइ राखे । “त्यसैले मलाई लाग्छ कि कोरियन र विदेशी कामदारको लागि एउटै ज्याला प्रणाली लागु गर्नु ठिक छैन ।” उसको भनाइलाई उद्धृत गर्दै कोरिया टाइम्सले लेखेको छ ।

कानुनी विश्लेषकहरुले ह्वाङको उक्त भनाइ सरासर गैरकानुनी भएको जनाएको छ । कोरियाको श्रम कानुन अनुसार लिङ्ग, राष्ट्रियता, धर्म तथा सामाजिक अवस्थाको आधारमा कुनै पनि भेदभाव गर्न पाइने छैन ।

नेताले लिए आफ्नो भनाइ फिर्ता 

यसरी बिरोध भएपछि नेता ह्वाङ “विदेशी मजदुरहरूको न्यूनतम ज्याला घटाउनु पर्छ” भन्ने आफ्नो विवादास्पद भनाइ बाट पछी हटेका छन् । विदेशी मजदुरहरुलाई विभेद गर्नुपर्छ भने आफ्नो आसय नरहेको भन्दै सरकारले अस्वभाविक रुपमा पटक पटक न्युनतम ज्याला बढाएकोमा त्यसको आलोचना गरेको जनाएको छ ।

ह्वाङले आफ्नो वास्तविक भनाइलाई तोडेर अर्कै अर्थ लगाएको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले कोरियाको लागि अझै धेरै विदेशी कामदार आवस्यकता रहेको समेत बुधबार बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...