म्याग्देली म्युजिकल शो का कलाकार कोरिया आइपुगे |


म्याग्दी समाज समिति दक्षिण कोरियाद्वारा   यहि चुसकको अबसरमा  २०१५ को सेप्टेम्बर २६ तारिखका दिन अर्थात् भोलि सौलमा   आयोजित  एक भब्य साँस्कृतिक कार्यक्रम  “ म्याग्देली म्युजिकल शो ” का कलाकारहरु कोरिया आइपुगेका छन्|
 
कार्यक्रममा, चर्चित हास्यंब्यङ्ग कलाकार मनोज गजुरेल, चर्चित लोकदोहोरी गायक पशुपती शर्मा, चर्चित लोकदोहोरी गायिका ज्योती मगर, चर्चित नायिका  नम्रता श्रेष्ठ ,चर्चित पप गायक नरेन लिम्बु,  चर्चित कलाकार सम्बोज मल्ल, लोक गायक गगन पुन र हास्यब्यङ्ग कलाकार प्रदिप कार्की लगाएतको कलाकार आज इन्छन विमानस्थल मा आइपुगेका हुन् | लोक दोहोरि गायक पशुपति शर्मा भने क्यानाडाबाट हिजै कोरिया आइपुगेका हुन् |
 
कलाकारहरुलाई स्वागत गर्नको लागि समितिका अध्यक्ष मुक्ति के.सी ,बरिष्ठ उपाध्यक्ष आलोक बानिया , कोषाध्यक्ष किसन सेन, सदस्य तिलक सेन सदस्य , हेम पुन , र कलाकार स्पोन्सर लि दे हयन लगायतका पदाधिकारीहरु इन्छन विमानस्थलमा पुगेका थिए |
 
कोरियामा  आपत्कालिन अक्षय कोष स्थापना गर्न , सेल्टर निर्माण  र  म्याग्देलीको स्वास्थ्य सुधार सहित आवश्यक पुर्वाधार जुटाउने उद्देश्यले स्थापना गरिएको कोष थप मजबुद बनाउन राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकार सहितको प्रस्तुती रहने गरी कार्यक्रमको भब्य तयारी  गरिएको समाजका अध्यक्ष मुक्त केसीले फोनिज कोरियालाई  बताए।‘
 
कोरियामा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा रहेको समितिले  यहाँ रहेका सबै सामाजिक संस्था संग हातेमालो गर्दै आइरहेकोले कोरियामा कार्यरत सबै किसिमका संस्था र महानुभाबहरु भोलि कार्यक्रम मा उपस्थित भएर शोभा बढाई दिनु हुन तथा आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गरिदिनु हुन पनि समाजले अनुरोध गरेको छ |
स्थान :फेक चु न्यन किन्यम ग्वान जोंग्नो ओ गा
समय : दिन को १ बजे देखि |
myagdi kalakar in korea 1.

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...