Advertisement
SKIP THIS

उत्तर कोरियाले छोटो दूरीको मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दाबी


उत्तर कोरियाले केही छोटो दूरीका मिसाइल शनिबार परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । सो परीक्षण देशको पूर्वी भागमा रहेको होडोे प्रायदिपमा गरिएको दक्षिण कोरियाका सेना प्रमुखले जनाएका छन् ।

यदि यो निश्चित हो भने यो परीक्षण प्योङयाङले सन् २०१७को नोभेम्बरमा गरेको इन्टरकन्टिनेन्टल बालिस्टिक मिसाइलको परीक्षण पछिको दोस्रो हो । गएको महिना प्योङयाङले नयाँ ‘ट्याक्टिकल गाइडेड’ हतियार परीक्षण गरिएको जनाएको थियो ।

त्यो परीक्षण गएको फेब्रुवरी महिनामा भियतनाममा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता असफल भएपछिको पहिलो थियो । सो शिखर वार्तापछि ट्रम्पले किमका तर्फबाट खराब विषय संझौताका लागि प्रस्ताव गरेको जनाएका थिए ।

शनिबार अमेरिकी राष्ट्रपतिले ट्विट गर्दै उत्तर कोरियाका नेताले आर्थिक सामान्यीकरण र अझ राम्रो सम्बन्ध बनाउनका लागि बनाइएको बाटोलाई अवरुद्ध नगर्ने आफूले विश्वास लिएको जनाएका छन् । उनले आफू उनको साथ रहेको र आफूसँग भएको बाचा उनले तोड्दैनन् भन्ने आशा गरेको अमेरिकी राष्ट्रपतिले उल्लेख गरेका छन् ।

छोटो दूरीको मिसाइल परीक्षणले उत्तर कोरियाले लामो दूरीका मिसाइल परीक्षण नगर्ने भनेर गरेको बाचा भने नतोडिने बताइएको छ । ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्सले आफूहरुले उत्तर कोरियाका गतिविधि अनुगमन गरिरहने जनाएकी छन् ।

दक्षिण कोरियाका सेना प्रमुखको वक्तव्यमा जनाइए अनुसार उत्तर कोरियाले शनिबार गरेको परीक्षणमा मिसाइल ७० देखि २०० किमी सम्म उडेर जापानी समुन्द्रमा खसेको थियो ।

होडोलाई यसअघि क्रुज मिसाइल र लामो दूरीका हतियार परीक्षणका लागि प्रयोग गरिन्थ्यो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार अप्रिलको परीक्षण नेता किम स्वयंले स्थलगत रुपमा नै निरीक्षण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...