Advertisement
SKIP THIS

आजका मान्छे किन आक्रोशित र तनावग्रस्त बन्दैछन् ?


अहिले विश्वभरका मानिस झन् धेरै दुःखी र बढी आक्रोशित, चिन्तित अनि तनावग्रस्त रहेको एउटा ग्लोबल सर्भेले देखाएको छ । १४० राष्ट्रहरुबाट १ लाख ५० हजार मानिसहरुको अन्तर्वार्ता गर्दा एक तिहाइ भन्दा धेरै तनावयुक्त रहेको र पाँचमध्ये एकजना दुःखी र आक्रोशित रहेको पाइएको हो । यसरी ‘गेलप ग्लोबल इमोसन’ को वार्षिक रिपोर्टका लागि सबै सहभागी राष्ट्रका नागरिकहरुलाई तिनका सकारात्मक र नकारात्मक भावनाबारे प्रश्न गरिएको थियो ।
सार्वजनिक सूचीमा सबैभन्दा नकारात्मक देश चाड र नाइजर रहेका छन् भने सबैभन्दा सकारात्मक देश चाहिँ प्याराग्वे रहेको बताइएको छ । त्यस्तै अमेरिकाबाहिरको सबैभन्दा सकारात्मक देश इन्डोनेशियालाई मानिएको छ । यसका लागि अनुसन्धानकर्ताहरु यो रिसर्चको अघिल्लो दिन मानिसहरुले कस्तो अनुभूति गरिरहेका थिए भन्नेमा केन्द्रित रहेका हुन् । जस्तै सहभागीलाई ‘तपाईँहरु हिजो कति मुस्कुराउनु वा हास्नुभयो ? के तपाईँलाई सम्मानपूर्वक व्यवहार गरिएको थियो ?’ भन्ने जस्ता प्रश्न गरेर उनीहरुका दैनिक अनुभवहरुबारे गहिराइपूर्ण अध्ययन गर्ने प्रयास गरिएको हो ।
यस्तोमा आजका मानिसले महसुस गर्ने तनावको दर तुलनात्मक रुपमा उच्च रहेको पाइएको हो । त्यस्तै दुःख र चिन्ता अनुभूति गर्नेहरुको सङ्ख्यामा पनि वृद्धि देखिएको छ । प्रश्न गरिएका ३९ प्रतिशत सहभागीहरुले आफू अघिल्लो दिन चिन्तित रहेको र ३५ प्रतिशतले भने तनावग्रस्त भएको बताएका थिए । यसरी सकारात्मक भावना महसुस गर्नेहरुमा प्याराग्वेपछि पनामा, ग्वाटेमाला, मेक्सिको र एल्साल्भाडर रहेका छन् ।
ती देशहरुमा गरिबीको दर उच्च र द्वन्द्व जारी रहेपनि यिनीहरुले विश्वका अन्य विकसित देशहरुलाई पछि पारेका हुन् । यसरी उनीहरुले उच्च स्तरीय जीवनको आनन्द नउठाएपनि धेरै मुस्कुराउने, रमाउने र सकारात्मक रहने गरेको अन्तर्वार्तामा बताए ।
यसमा पनि विशेषगरी ल्याटिन अमेरिकी मुलुकहरु परेका छन् जहाँका परम्परा नै जीवनका सकारात्मक पक्षमा बढी केन्द्रित रहने गरेकाले यस्तो नतिजा प्राप्त भएको बताइएको छ । यसरी विश्वका सबैभन्दा खुसी देश मानिएका फिनल्यान्ड, डेनमार्क, नेर्वे र आइसल्यानडलाई समेत ल्याटिन अमेरिकाले पहिलोपटक पछि परेका छन् ।
त्यस्तै धेरै नकारात्मक भावना राख्नेहरुमा चाहिँ चाडपछि नाइजर, सिएरा लिओन, इराक र इरान रहेको बताइएको छ । चाडमा प्रत्येक दशमध्ये सातजनाले पछिल्लो वर्ष घरमा छाक टार्न समेत कठिन भएको बताएका हुन् भने पूरै जनतामा ६१ प्रतिशतले शारीरिक पीडा महसुस गर्ने गरेको बताए । तरपनि तनावको विषयमा भने ग्रीस र अमेरिका चाड भन्दा अगाडि रहेको पाइएको छ ।
ग्रीसका जनता विश्वमै सबैभन्दा तनावग्रस्त रहेको रिपोर्टमा उल्लेख छ । यसमा ५९ प्रतिशतले दैनिक तनाव महसुस गर्ने गरेको बताएका हुन् । त्यस्तै अमेरिकामा पनि ५५ प्रतिशत वयस्कहरु तनावको शिकार हुने गरेको बताइएको छ । यसरी युद्ध, राजनीतिक संकट र जटिल मानवीय अवस्थाकाबीच २०१८ मा पनि विश्वव्यापी मानिसहरुको अवस्था दुःखदायी नै रहेको पाइएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...