Advertisement
SKIP THIS

तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले पिकनिक कार्यक्रम आयोजना गर्ने


तनहुँ सम्पर्क समिति द.कोरियाको आयोजना मे चार र पाँच तारिख कोरियाको रमणीय स्थान थेसनरीमा पिकनिक कार्यक्रम २०१९ हुने भएको छ। “आपासी मेलमिलाप,सद्भावना र सहभागिता आजको एकता नै प्रवासीको आवश्यकता”भन्ने मूल उद्घोष संगै दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसाय र ईपिएस प्राणालीमार्फत काेरिया अाएका तनहुँ जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित बनाई कार्यक्रम अायाेजना गरिएकाे अायाेजकले बताए ।
कार्यक्रममा स्वादिष्ट नेपाली र कोरियन परिकारहरुको साथै विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश हुने अायोजक संस्थाका अध्यक्ष सबिन गुरुङले जानकारी दिए। कोरियामा गर्मी यामको शुरुवात संगै पिकनिकको लागि अनुकुल मौसम हुने र पिकनिक आयोजना गर्नको लागि अप्रिल ७ तारिख सम्पन्न संस्थाको बैठकद्वारा सल्लाहकार सोम श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय व्यवस्थापन समिति गठन गरि तयारी तिब्र पारिएको जानकारी दिएको छ।
कोरियामा र नेपालमा विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसर यस संस्थाले कोरियामा रहेका तनहुँबासी र गैर तनहुँबासीहरु बिच आपसी मेलमिलापका साथै मनोरञ्जन गराउने उद्देश्यले आयोजना गर्न लागिएको वनभोज कार्यक्रममा उपस्थितिको लागि कोरियाबासी सम्पूर्ण नेपालीहरुमा निमन्त्रणा गरिएको छ। कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरुले कोरियन वोन ६० हजार बुझाई आफ्नो नाम दर्ता गर्न सकिने अायाेजकले बताएकाे छ । साथै कार्यक्रममा जानको लागि सौल मेट्रो दोङ्देमुन स्टेशनबाट सुबिधा सम्पन्न बसको ब्यवस्था गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • कोरियाको किम्हेमा “प्रथम लखन थापा फूटसल कप २०२६” मार्च १ मा हुने
  • नेपाल फूटबल महासंघद्वारा क्लब दर्ता, नविकरण र प्रतियोगिता आवेदनका लागि आव्हान
  • सलनालको पहिलो दिन ‘चन्द्रकुमार राई सहयोगार्थ’ सांगितिक साँझ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...