Advertisement
SKIP THIS

दक्षिण कोरियामा भीषण डढेलो, देशमा सङ्कटकाल घोषणा


ठूलो डढेलो फैलिएपछि दक्षिण कोरियामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ।

बिहीवार सुरु भएको डढेलोमा परेर कम्तीमा एक व्यक्तिको ज्यान गएको छ भने प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ।

उत्तर कोरियाको सीमा नजिकै रहेको पूर्वोत्तर पहाडी भेगमा फैलिएको आगो निभाउन कर्मचारीहरूसँगै हजारौँ सैनिक परिचालित भएका छन्।

मुख्य आगो नियन्त्रणमा आइसकेको भए पनि अरू स्थानमा डढेलो बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

डढेलो

बिहीवार राति सोलबाट पूर्वोत्तर खाङ्वान प्रान्तमा बिजुलीको ट्रान्स्फर्मरबाट निस्किएको झिल्कोबाट डढेलो सुरु भएको बताइन्छ।

तीव्र गतिमा चलेको हावाका कारण आगो छिट्टै पहाडी भेग र नजिकै रहेका केही सहरमा फैलिएको अधिकारीहरू बताउँछन्।

दक्षिण कोरियाका विभिन्न स्थानबाट आठ सयवटाभन्दा बढी दमकल डढेलो नियन्त्रणमा खटेका छन्।

सो प्रान्तमा सयौँ भवनहरू जलेर नष्ट भएका छन्।

आपत्कालीन बैठक बोलाएर दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले अधिकारीहरूलाई उपलब्ध स्रोत र साधन प्रयोग गरी आगो नियन्त्रण गर्न निर्देशन दिएका थिए।

झन्डै १६ हजार पाँच सय सैनिक, ३२ वटा सैन्य हेलिकप्टर, २६ वटा सैन्य दमकल परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ।

सक्चो क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा आएको सरकारले बताएको छ। क्याङ्नङमा भने आधा आगो बाँकी रहेको बताइन्छ।

सक्चोमा आगो नियन्त्रण गर्दै

दक्षिण कोरियामा सन् २००७ मा पनि ठूलो आगो फैलिएको थियो।

त्यति बेला एउटा पानीजहाजबाट हजारौँ लिटर कच्चा तेल पश्चिमी तट नजिकै समुद्रमा चुहिँदा आगो फैलिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...