Advertisement
SKIP THIS

काेरियामा पहिलाेपटक बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउने, साथमा भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारी र गायिका श्रेयसी चेम्जोङ


दक्षिण काेरियामा पहिलाेपटक बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउने भएकाे छ । पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०७६ काे अवसरमा बृहत सांगीतिक कार्यक्रमकाे आयोजना गर्ने भएको हाे । 

नेपाली नयाँ वर्ष २०७६ को अवसरमा बृहत सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमकाे आयोजना गर्न लागेकाे जानकारी समाजकाे अध्यक्ष अमृत राईले  दिएकाे हाे । कार्यक्रम यहि अप्रिल २१ तारिख आइतबारको दिन हुनेछ । कार्यक्रममा चर्चित रियालिटी शो भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारी र चर्चित गायिका श्रेयसी चेम्जोङको बेजोड प्रस्तुति रहनेछ जनाकारी दिदै अध्यक्ष राईले भने “यसरि काेरियामा बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउन लागेकाे पहिलाे पटक हाे । त्यसैले सम्पुर्ण नेपालीहरूलार्इ उपस्थितिकाे लागी अनुराेध गर्दछु ।”

कार्यक्रम दोङ्देमुन स्थित 종로구민회관(नेवा पुच:ले सलनालमा कार्यक्रम गरेको, डण्डिबियो, चङ्गा चेट, छक्कापञ्जा ३ फिल्म प्रदर्शन गरिएको) हलमा गर्न लागिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम सफल बनाउनका लागि कोरियामा रहेका सम्पूर्ण नेपाली बुद्धिजीवी, लब्धप्रतिष्ठित व्यक्तित्व, व्यापारी व्यवसायी, संचारकर्मी, खेलाडी, विद्यार्थी एवम विभिन्न पेसामा आबद्ध नेपाली जनहरुमा आयोजकले अनुरोध गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...