Advertisement
SKIP THIS

अफगानी महिलाहरूको सन्देश– हामीलाई नबेच्नू


अठार वर्षको अन्तरालमा अफगानीस्तानको स्थितिमा पहिलेभन्दा धेरै सुधार आइसकेपनि देशभरबाट जम्मा भएका सात सयभन्दा बढी महिलाहरुले एकीकृत रुपमा तालिबानसँग वार्ता गरिरहेका पुरुषहरुलाई स्पष्ट सन्देश पठाउनुलाई दुलर्भ दृश्य मानिएको छ ।
उनीहरु भन्छन्, “हामी शान्ति चाहन्छौँ तर हाम्रो अधिकारको मूल्यमा होइन ।”

यसरी गरिएको काबुलमा आयोजित सम्मेलनमा महिलाहरुको उल्लेखनीय उपस्थितिले अफगानिस्तानको फरक रुप प्रस्तुत गरेको हो । जहाँ उनीहरुले शान्ति सम्झौतामा संलग्न समूहसमक्ष आफूहरुलाई तालिबानलाई नबेच्न भनी आग्रह गरेका हुन् । हाल अमेरिकी कूटनीतिज्ञहरु कतारको दोहामा तालिबानसँग शान्ति स्थापनाबारे छलफल गरिरहेका छन् जसमा अफगानी सरकार भने संलग्न छैन । यस्तोमा लामो समयको हिंसात्मक लडाईँ पश्चात् तिनै तालिबानसँगको शान्तिले कस्तो भविष्य दिलाउनेछ भन्नेमा अफगानीहरु शंकामा छन् ।
यसरी सम्मेलनमा उपस्थित अधिकांश महिलाहरु सो शान्ति सम्झौताले तालिबानलाई पुनः सरकारमा ल्याउने र महिला तथा किशोरीहरुलाई २००१ भन्दा अगाडिको जस्तै संवेदनशील स्थितिमा पुर्याउनेबारे त्रसित छन् । त्यस समय तालिबानका नियम पालन नगरेको भन्दै महिलाहरु दैनिक क्रुर शारीरिक हिंसाको शिकार हुने गरेका थिए ।

सभामा राष्ट्रपति अस्रफ घानीले आफू महिला अधिकारको समर्थनमा रहेको बताउँदै गर्दा उपस्थित एक महिलाले ‘हत्याराहरुसँग शान्ति स्थापना गर्ने होइन तिनीहरुलाई त जेलमा हाल्नुपर्छ’ भनेकी छन् । ४८ वर्षीया नर्गिस कुरबानीको सो वचनको घानीले कुनै प्रतिक्रिया दिएनन् तरपनि उनको बोलीले उपस्थित सबै महिलाहरुको आवाजको प्रतिनिधित्व गरेको मानिएको छ । नर्गिसका अनुसार तालिबानले १९९७ मा उनका पतिको हत्या गरेको थियो भने छोरा समेत घाइते भएका थिए ।

यस्तोमा अफगानी प्रथम महिला रुला घानीले देशभरबाट भेला भएको मौकामा सबै महिलालाई आफ्ना धारणाहरु प्रस्तुत गर्न प्रोत्साहन गरेकी हुन् । उनले भनिन्, “अफगानी महिलाहरुको आफ्नै आवाज छ र अब उनीहरुले सारा संसारले सुन्नेगरी आवाज उठाउनेछन् ।”
त्यस्तै प्रधानमन्त्री घानीले पनि महिलाहरुतर्फ संकेत गर्दै अब उनीहरु पीडितका रुपमा नहेरिने र उनीहरुले नै नयाँ भविष्य निर्माण गर्ने बताएका हुन् ।

तर राष्ट्रपतिको वक्तव्यले राम्रो प्रतिक्रिया पाएपनि धेरै महिलाहरु शान्ति सम्झौतामा आफ्ना अधिकार पनि सुनिश्चित गरियोस् भन्ने चाहन्छन् । ३५ वर्षीया अकिला मुस्तफाबी भन्छिन्, “हामी शान्ति चाहन्छौँ तर हाम्रा उपलब्धिहरु गुमाउन चाहदैनौँ । किनकी हामीले यहाँसम्म पुग्न निकै लामो यात्रा गरेका छौँ र फेरि पुरानै अवस्थामा फर्किन चाहदैनौँ ।”

अर्की एक ५२ वर्षीय महिला सहभागी भने तालिबानले आफू सम्मेलनमा उपस्थित भएको थाहा पाए मारिदिने डर रहेको बताइन् ।

६ वर्ष अगाडि पुलिस रहेका आफ्ना पतिको हत्या गरेदेखि नै उनी तालिबानको डरमा बाँचिरहेको बताएकी छन् । तालिबानले नियन्त्रण गरेको क्षेत्रबाट भागेपनि अहिलेको गाउँमासमेत हमला भइरहेको सुनाउँदै उनले भनिन्, “म मेरो गाउँका महिलाहरुको तर्फबाट सन्देश दिन आएकी हुँ । हामी वास्तवमै शान्ति चाहन्छौँ ताकि हाम्रा छोरीहरुले पनि हामीले जस्तै पीडा सहनु नपरोस् ।”

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...