Advertisement
SKIP THIS

सहमतिबिनै सकियो ट्रम्प-किम वार्ता, पत्रकार सम्मेलन रद्द


उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर सम्मेलनले अपेक्षा गरिए अनुसारको नतिजा ल्याउन नसकेको बताइएको छ । अघिल्लो वर्षको ऐतिहासिक बैठकमा दुवैले उत्तर कोरियाको निशस्त्रीकरण प्रक्रियाबारे सहमतिमा आउँदै सम्झौतामा हस्ताक्षर गरेका थिए । तर एक वर्ष बित्न लाग्दा समेत सो विषयमा कुनै प्रगति नभएपछि दुवै प्रमुखहरुबीच विस्तृत छलफलका लागि दोस्रो भेटवार्ता आयोजना गरिएको थियो ।

तर बिहिबारको वार्ता बिना सहमति टुङ्गिएपछि भने दुवैको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ भने बैठक पनि सकिएको छ । बैठक सकिएलगत्तै ट्रम्प र किम दुवै आ–आफ्ना होटलतर्फ लागेका थिए । यस्तोमा निर्धारित तालिका परिवर्तन गराई राष्ट्रपति ट्रम्पको एकल पत्रकार सम्मेलन दुई घण्टा अगाडि नै सुरु भएको हो ।

सम्मेलन विफल हुनु दक्षिण कोरियाली राष्ट्रपति मुनका लागि सबैभन्दा निराशाजनक खबर हुने बताइएको छ । यस दोस्रो सम्मेलनमा दुवैले कोरियाली युद्ध अन्त्यको आधिकारिक घोषणा हुने पनि बताइएको थियो । तर वार्ता बिना सहमति टुङ्गिनुले यस विषयलाई पनि अनिश्चित बनाइदिएको बताइएको छ ।

तर पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले भने सहमति विफल भएपनि उपलब्धीमूलक वार्ता भएको दाबी गरे । दुवैबीच अझैपनि अत्यन्तै राम्रो सम्बन्ध रहेको र आणविक निशस्त्रीकरणबारे अझैपनि दुई देश सकारात्मक रहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताए ।

आजको सम्मेलनमा भने कुनैपनि सम्झौतामा हतारमा हस्ताक्षर गर्नु भन्दा दुवै देशलाई केही समय दिएर प्रभावकारी ढङ्गमा अघि बढ्नु नै उचित हुने हुनाले बैठक बीचमै टुङ्ग्याइएको ट्रम्पको भनाइ छ । तरपनि भविष्यमा उत्तर कोरिया कुनै आणविक गतिविधिमा संलग्न नहुनेबारे किमले आफूलाई वचन दिएको उनले संचारकर्मीहरुसँग बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...