Advertisement
SKIP THIS

छोटो उडान छाडेर किमले किन रोज्छन् सधैँ रेल ?


भियतनामको राजधानी हनोइसम्मको छोटो उडान नलिएर उत्तर कोरियाली नेता किमले किन दुई दिन भन्दा लामो रेल यात्रा गरे भन्नेबारे अहिले निकै चर्चा भइरहेको छ । यसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन किमले प्योङयोङबाट चार हजार किलोमिटरको रेल यात्रा तय गरेका हुन् । उनले यात्रा गरेको सो रेल कुनै तिव्र गतिको रेल होइन जसकारण पनि उनको भ्रमण लामो हुन पुगेको बताइएको छ ।

यसरी ६० घण्टाको यात्रापछि मंगलबार मात्र किम भियतनामको दोङहाङ स्टेसन पुगेका हुन् । जसपछि उनलाई कडा सुरक्षाका बीच लिमोमा होटलसम्म लगिएको हो । यसरी किमले करिब तीन दिन लगाएको यो यात्रा विमानमार्फत गरिएको भए केबल १३ घण्टामै सकिने थियो । त्यसैल पनि किमको यात्रालाई धेरै झन्झटिलो मानिएको छ ।

तर वास्तवमा उनले आफ्ना पिता र हजुरबुवाको बाटोमा हिँड्दै पारिवारिक परम्परा जारी राख्ने क्रममा यस्तो निर्णय लिएको बताइएको छ । उनले यात्रा गरेको उक्त हरियो रेललाई उत्तर कोरियाली शाषक परिवारको परम्परागत रेल मानिन्छ ।

किमका पिता जोङ इल र हजुरबुवा इल सङ दुवै विमान उडानसँग डराउँथे । दक्षिण कोरियाली मिडियाका अनुसार १९८२ मा उत्तर कोरियाले गरेको  एउटा परीक्षणमा विमान विस्फोट भएपछि नै उनीहरुमा विमानप्रति डर उत्पन्न भएको हो । यसपछि १९८६ मा किम इल सङले गरेको हवाइ यात्रा नै दशकौँसम्म उत्तर कोरियाली प्रमुखको अन्तिम सार्वजनिक हवाइ यात्रा मानिएको थियो ।

तर किम जोङ उनले भने स्वीट्जरल्यान्डमा पढ्दादेखि नै नियमित उडान गरिरहने गरेका थिए । यसरी २०११ मा शाषन सुरु गरेपछि उनले सिंगापूर सम्मेलनमा पनि विमानबाटै यात्रा गरेका हुन् ।  तर यसपटकको भ्रमणका लागि उनले रेलकै यात्रा चुनेर आफ्नो पारिवारिक परम्परालाई जिवित राख्न खोजेको बताइएको छ ।

किनकी किमले प्रयोग गरेको रेल त्यही रेल हो जसमा उनका हजुरबुवा र पिताले पनि यात्रा गरेका थिए । यसको क्यारिज बुलेटप्रुफ हो भने त्यसभित्र थुप्रै आलिसान कोठाहरु पनि रहेको बताइएको छ ।  यसरी प्रमुख क्यारिजका अगाडि पछाडि छुट्टाछुट्टै दुईवटा ट्रेन छन् जसले दुईतिरबाट रेलको सुरक्षा सुनिश्चित गर्दछ । यस्तोमा किमको रेल यात्रा विमान भन्दा सुरक्षित र बढी लक्जरीयस रहेको बताइएको छ ।

बाहिरी मानिसहरुले किमको ६० घण्टा लामो यात्रालाई झन्झटिलो देखेपनि  किमका लागि भने यो गर्वको कुरा हो । यसअघि सिंगापुर सम्मेलनका लागि उडान भर्दा उनले चीनसँग बोइङ ७४७ माग्नु परेको थियो किनकी उत्तर कोरियाली विमान सो समय असुरक्षित ठहर भएको थियो । यस्तोमा भियतनामसम्मको यात्राका लागि पनि बाहिरी सहयोग माग्नुपर्ने भएपछि किमले कसैमाथि निर्भर नभइ आफ्नै रेलमा सवार भएर जाने निर्णय गरेको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...