Advertisement
SKIP THIS

लोटे ग्रुपले नेपालमा ब्यापारिक लगानीबारे अध्ययन भ्रमण


दक्षिण कोरियाको ठूलो व्यवपारिक समूह ‘लोटे’ ले नेपालमा लगानीको संभाब्यता अध्ययन गरेको छ । क्याण्डी उत्पादनमा कोरियाको पहिलो ठूलो कम्पनी लोटे ग्रुपले नेपालमा लगानीको सम्भावना अध्ययन गरेको हो ।

एनआरएनका एसिया प्यासिफिक सहसंयोजक तथा कोरियामा रहेका नेपाली व्यवसायी विनोद कुँवरको संयाेजनमा लाेटे ग्रुपका अन्तर्राष्ट्रिय विभागका निर्देशकको समूहले नेपालमा लगानीको संभावनाबारे अध्ययन गरेका हुन् । लाेटे ग्रुपले अन्तर्राष्ट्रिय व्यापार हेर्ने समूह लिएर नेपाल आएका कुँवरले नेपालमा लगानीका संभावित क्षेत्रहरुबारे जानकारी गराउनुका साथै विभिन्न ठाउँहरुको अवलोकन पनि गराएका थिए ।

५ दिने नेपाल भ्रमणमा आएको समूहले लगानीको संभावना भएका अधिकांश क्षेत्रको अध्ययन गरेको हो । अन्तर्राष्ट्रिय व्राण्डले नेपालमा गरिरहेको व्यापार अध्ययन गर्न दरवारमार्गको केएफसी, पिज्जा हट, चिकन उत्पादन गरिरहेको बालाजुको भ्याली कोल्ड स्टोर, कालिमाटीको तरकारी बजार, मोनोरेल तथा अन्य क्षेत्रको भ्रमण गराएको कुँवरले जानकारी दिए । नेपालमा मोनोरेलको निर्माण गरिरेहका कुँवरले अन्य संभावित ठाउँमा समेत मोनोरेलमा कोरियाको लगानी भित्र्याउन प्रयास गरिरहेका छन् । ‘लोटे गु्रप कोरियाको ठूलो कम्पनी हो, उनीहरुले नेपाल बाहेक धेरै देशमा लगानी गरिरहेका छन्, नेपालमा पनि लगानी भित्र्याउनका लागि पहल गरेको हुँ’ एनआरएन सहसंयोजक कुँवरले जानकारी दिए । सहसंयोजक कुँवर नेपालमा कोरियाको लगानी भित्र्याउने मात्र नभएर नेपालीहरुको सामूहिक लगानी ल्याउन प्रेरित गरिरहेका छन् ।

एनआरएनले नेपालमा विदेशी तथा नेपालीहरुकै सामूहिक लगानीमा जोड दिइरहेको बेला कुँवरले थालेको प्रयासलाई सबैले सकारात्मक रुपमा हेरेका छन् । लोते ग्रुपका अन्तर्राष्ट्रिय विभागका निर्देशक मार किमको नेतृत्वमा आएको कोरियन समूहले नेपाल बसाइको क्रममा व्यवसायी, सरकारी पदाधिकारी तथा उच्च तहका नेताहरुसँग पनि भेटघाट तथा छलफल गरेको छ । लगानीको संभावनाबारे अध्ययन र विभिन्न पक्षसँगको भेटवार्तापछि निर्देशक किमले नेपालमा लगानी गर्न उचित वातावरण पाएको र यसबारे छिट्टै निर्णयमा पुग्ने वताए । उनले भने ‘विकासको चरणमा रहेको नेपालमा अन्तर्राष्ट्रिय कम्पनीहरु खुल्नुपर्छ, हामी पनि लगानीका लागि सकारात्मक छौ तर सँगसँगै बजार ब्यवस्थापनमा पनि पर्याप्त ध्यान दिनु आवश्यक रहेछ ।’ अन्तर्राष्ट्रिय बजारमा राम्रो ब्राण्ड बनाएको लोटे गु्रपलाई नेपाल छिराउन सके नेपालले धेरै फाइदा लिन सक्ने अनुमान छ ।

जापानबाट शुरु भए पनि कोरियामा मूख्यालय रहेको लोटे ग्रुपले छिमेकी देश भारत र चीनमा लगानी गरिसकेको छ । एसियाका अन्य मुलुक थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, भियतनाम, पाकिस्तान, फिलिपिन्सलगायत बेलायत, रसिया र पोल्याण्डमा लोटे ग्रुपले व्यापार गरिरहेको छ । ९० वटा व्यपारिक क्षेत्रमा हात हालेको याे ग्रुपले क्याण्डी उत्पादन, होटल, शपिङ सेन्टर, फाष्ट फुड, वेभरेज, रिटेल, फाइनान्सियल सेवा, आइटी, कन्ट्रक्शनलगायतका क्षेत्रमा प्रख्यात छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...