Advertisement
SKIP THIS

रबीलाइ खुल्ला पत्र


प्राय झटारो त्यही हानिन्छ, जहाँ लटरम्म फलेको फल हुन्छ ! रबी जी, तपाईं माथि हान्न प्रयास गरिएको झटारो प्रती मलाई कत्ती पनि आश्चर्य छैन, किनकी अलिकती उचाइमा रहेको फललाई नै हो झटारो हान्ने । बरु ती मान्छेहरु प्रती दया जागेर आउछ, जस्ले आफ्नो औकात् र बलले भ्याउन नसक्ने उचाइको फललाई झटारो प्रहारको प्रयास गर्दैछ । औकात् बाहिर र निशाना बिहिन झटारो ।
रबी जि कुनै पनि ढुङ्गालाई पल्टाइयो भने तेस्को मुनी केही न केही किरा हुनसक्छन् । तेस्तै कसैको ब्यक्तिगत जीवन खोतलेर हेर्न थालियो भने प्राय सबैमा केही न केही कम्जोरी हुन्छ नै । साछ्यात भगवानको त गुण र दोष हुन्छन, भने हामी त मानब हौ, तर फरक निजी वा ब्यक्तिगत पारिवारिक मामाला लाई ल्याएर कसैको प्रतिस्ठासँग खेलवाड गर्न खोज्नु मलाई लाग्छ यो सबैभन्दा ठुलो अपराध हो !
तपाईंको हार्दिकता मिहिनेत र निर्भिक्ताले प्राप्त गरेको उचाइ जे जती भएपनी तपाईं हामी जस्तै सर्बसाधारण नागरिक हौ , तैपनी तपाईंको कर्मले गर्दा धेरैले तपाईंलाई एउटा सहयोगी मन भएको मान्छेका रुपमा देख्न थालिसकेका छन ! मलाई लाग्छ तपाईंलाई माया मात्र हैन पूर्ण विश्वाश गर्ने मान्छे पनि छन् । जस्ले तपाईं माथिका आरोप केबल मानबिय कम्जोरी मात्र हुन भन्ने बुझ्ने छन ।
बिहानै पढेको तपाईंको फेसबुक स्टाटसले मनलाई धेरै भारी बनायो, कल्पनामा पनि नभएको त्यो स्टाटस जस्ले मलाई मात्रै हैन कयौ मान्छेहरुको मनलाई भारी बनाएको रहेछ भन्ने कुरा सामाजिक सन्जालबाटै प्रस्ट झल्किन्थ्यो ! लाग्यो भित्र पिडा र दर्दहरुको बोझिलो भारीले थिचिएर पनि बाहिर उल्टै पीडित हरुको पिडा बिशाउने चौतारि बन्नुभएको रहेछ । भित्र जलेको मन को राप लुकाएर उल्टै बाहिर भ्रस्टहरु प्रती आगो ओकल्दै हुनुहुन्छ ।
बैबाहिक सम्बन्ध सुमधुर होस् भन्ने चाहन्छ सम्बन्ध बिग्रियोस भत्कियोस् भन्ने कोहि कसैले चाहदैन तर कहिले काही उल्टो भैदिन्छ । सम्बन्धहरु ससाना उल्झनहरुमा अल्झिएका हुन्छन । जस्लाई टुट्नबाट जोगाउन हरेक कोण्बाट प्रयासरत रहनु पर्छ तर यती हुँदाहुँदा पनि कहिलेकही एक अर्काको बैचारिक बेमेल गर्दा नचाहेर पनि सम्बन्धमा दरार आउछ । अनि बस्न नसक्ने स्थिती आउन सक्छ । यी घटनाहरु मानबिय जीबनमा देखी नै रहन्छन, त्यही मानबिय घटना तपाईंको जीबन म पनि घटेको रहेछ सुन्दा बहुत नरमाइलो लागे पनि , सँगै रहेर दुखी हुनुभन्दा अलग हुँदा खुशी मिल्छ भने नाम मात्रको सम्बन्धलाई जबर्जस्ती घिसार्नुको कुनै औचित्य छैन । घुटु घुटु आसुँ पिएर सम्बन्धलाई अगाडि बढाउन कसैलाई पनि सुझाब दिन सक्दिन म ! “सबैको जिबन मा पारिवारिक सुख कहाँ लेखेको हुदोरैछ र “ भन्ने तपाईं “एती धेरै जनताको माया सबैको भाग्यमा कहाँ हुन्छ र “ भनेर भन्न सक्नी हैसियतमा हुनुहुन्छ धुक्क हुनुहोस् ,तपाईंका निजी पारिवारिक मामालालाई बजारिकरण गरेर केही मान्छेहरु आफ्नो मानबिय दरिद्रता प्रदर्शन गर्न खोजिरहेक छन ।
रबी जी तनाब भन्ने कुरा कस्को जीबनमा हुन्न र ? तर तनाब लाई एत्रतत्र छरेर अरुलाई पनि तनाब दिने कि बरु एउटा छुतै उर्जा निकलेर अरुलाई पनि उर्जा शिल बनाउने ? फरक एही हो ! तपाईं दियो हो, जस्ले आफु जलेर अरुलाई उज्यालो छरिरहेको छ ,सोचिरहेछु आज जस्ले धेरैलाई खुशी बनिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...