Advertisement
SKIP THIS

नयाँ वर्षकै दिन उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी


उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षकै दिन अमेरिकालाई चेतावनी दिएका छन् । उनले परमाणु हतियार नष्ट गर्ने विषयमा आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै यदि अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध कायम राखेका खण्डमा आफ्नो प्रतिबद्धतामा फेरबदल आउन सक्ने बताएका हुन् । किमले नयाँ वर्ष २०१९ को उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।
मङ्गलबार बिहान सरकारी च्यानलमार्फत् किमले गरेको सम्बोधनमा भनिएको छ, ‘अमेरिकाले यदि सारा दुनियाँका सामु गरेको बाचा पूरा गर्दैन र हाम्रो गणराज्यमाथि दबाब तथा प्रतिबन्ध लगाइरहन्छ भने हामीले आफ्नो हितका साथै सम्प्रभुता सुरक्षित गर्नका लागि नयाँ मार्ग चयन गर्नुपर्ने हुन्छ ।’ किमले आफू कुनै पनि समय ट्रम्पसँग भेट्न तयार रहेको पनि बताए । उत्तर कोरियाको परमाणु तथा ब्यालेस्टिक मिसाइल हतियार कार्यक्रमका कारण संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थुप्रै प्रकारका प्रतिबन्ध लगाउँदै आएको छ ।
गत वर्ष नेता किमले गरेको सम्बोधनपश्चात् अमेरिका तथा दक्षिण कोरियासँगको सम्बन्धमा सुधार आएको थियो । कतिपयले उनको यस्तो कदमलाई अभूतपूर्व बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र किमबीच जुन २०१८ मा भएको भेटमा परमाणु हतियार नष्ट गर्ने विषयमा छलफल गरेका थिए । यसको सामान्य परिणाम बाहिर देखापरे पनि उल्लेखनीय असर अझै नदेखिएको अवस्था छ ।
२०१७ मा उत्तर कोरियाले गरेको परमाणु मिसाइल परीक्षणपछि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसबखत नै उत्तर कोरियाले आफ्नो परमाणु अमेरिकासम्म पुग्न सक्ने दाबी गरेको थियो । उत्तर कोरियाको दाबीले दुई देशबीच युद्ध हुन सक्ने आकलन सर्वत्र गरिएको थियो । तर दुई देशबीच पुनः संवाद आरम्भ भएपछि युद्धको त्रास टरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...