Advertisement
SKIP THIS

पच्चिस बर्ष पुग्यो नेपाली सम्पर्क समिति : आफ्नै नाम जोगाउन चुनौती


सन १९९३ मा स्थापना भएको नेपाली सम्पर्क समितिले यहि नोभेम्बर २५ तारिख स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउन गइरहेको छ । एनसिसिले अहिले २५ बर्ष सम्म कोरियामा के कस्ता कार्यहरु गर्यो ? नेपालमा के काम गर्यो ? कोरियामा नेपाल चिनाउने के कार्यहरु गर्यो ? ती बिषयमा अग्रजहरुबाट सिल्भर जुब्ली कार्यक्रममा अवस्य नै चर्चा होला । एनसीसीले पनि स्मारिका प्रकाशन गर्दैछ ।
म २००९ देखि कोरियामा कार्यरत छु । सामाजिक संस्था र गतिबिधिसँग सम्बन्ध र सरोकार राख्दै आएको छु । नेपाली सम्पर्क समितिले गरेका सबै राम्रा कामको सम्मान र नराम्रो कामको बिरोध गर्दै केहि मनमा लागेको कुराहरु राख्न चाहान्छु ।
एनसिसिले कोरियामा गरेको सामाजिक सेवा नै हो । नेपाली राजदुताबास स्थापना हुन भन्दा अगाडी सन् २००७ सम्म नेपाली राजदुताबासकै काम गर्यो । केही भएर दक्षिण कोरियामा ज्यान गुमाउनेहरु शवलाइ नेपाल पठाइदिने काम पनि यो संस्थाले गरेका अग्रजहरु बताउछन् । अझै नेपालीहरुको पासपोर्ट बनाउन र रिन्यू गर्न, अन्य आवश्यक कागजात बनाउन, तत्कालिन समयमा जापानमा रहेको नेपाली दुताबासमा समन्वय गरेर नेपालीहरुलाई ठुलो गुन लगाएको थियो । सहयोग गरेको थियो ।
एनसीसीले दक्षिण कोरियामा नेपाल चिनाउने कार्य गरेको छ । आरिराङ फेस्टीबलमा सहभागी हुने, बुद्ध प्रतिमा स्थापना अभियान चलाउने कामहरु गरेको छ । नेपालमा प्राकृतिक प्रकोप भुकम्प, बाढि पहिरो, बिरामीहरु, आगोलागी,ब्लडमनि संकलनमा समेत सक्दो सहयोग गरेको देखिन्छ। कोरियामा एन आर एनले स्थापना गरेको नेपाल हाउस संचालन र आर्थिक अभियानमा एन सि सि सह संयोजक भएर बिशेष सहयोग गरेको देखिन्छ ।
कोरियामा कार्यरत ७ दर्जन भन्दा बढि नेपाली संघ संस्थाहरु छन । सबैलाई एकत्रित, संगठित र गोलबन्द गराउने कार्य एनसिसिले गरेको छ । सबै संस्थाको साझा र छाता संस्थाको रुपमा नेपाली सम्पर्क समितिले काम गरि रहेकै छ । करिब ५ दर्जन संस्थाहरु एनसिसिसंग आवद्ध छन । बिशेष गरेर सामुहिक कार्य गर्न, एक संस्थाले अर्को संस्थालाई सहयोग गर्न, हातेमालो गर्न, पालैपालो मिलेर कार्यक्रम गर्न प्रेरित गरेको छ ।
कोरियामा रहेका संस्थाले कोरियाको लामो बिदा सलनाल र छुसकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन् । २००९ देखि सबै संस्थाले पालैपालो नजुधाई कार्यक्रम गर्न पाउनको लागी सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने प्रचलन छ । हरेक ३ बर्ष पछि कार्यक्रम गर्नको लागी दाबी गर्न पाइने नियममा सहमति छ । यसलाई अहिले सम्म निरन्तरता दिइएकोछ । ५० जना सदस्य भएको सानो संस्थाले पनि कार्यक्रम गर्न पाउने कुरा प्रशंसा योग्य छ । यद्यपि बिबादबाट भने मुक्त हुन सकेको छैन एनसीसी ।
एनसीसी स्वच्छ सामाजिक संस्थाको रुपमा बचाउन भने गाह्रो भएको छ । कोरियामा राजनैतिक दलका भातृ संस्थाको सकृयता संगै हस्तक्षेपको पनि सामना गर्नु परेको छ । बिभिन्न राजनितिक दलका भातृ संस्थाले आफ्नो पार्टीका मान्छे वा आफनो अनुकुललाई नेतृत्वमा लिने होडबाजी नै छ । जसको लागी चुनाबमा डेढ दुइ करोड वन खर्च समेत गरेका छन उम्मेदवार र तिनका समर्थकले । सदस्यता शुल्कको रकम तिरि दिने, टाढाबाट आउनेलाइ बस भाडा खाना खाजाको समेत ब्यवस्था गर्ने चलनले अनावश्यक प्रतिस्पर्धा र खर्च बढिरहेको छ । चुनाबको बेलामा दुई तीन कित्तामा बिभाजन भएको नेपाली समाज चुनाव हारे पछि खुलेर बिरोध गर्ने असहयोग गर्ने गरेका छन् ।
अर्को कुरा एनसीसीलाई छाता संस्थाको रुपमा बिकास गर्न भने सकिएको छैन । आधार संस्थालाई बार्षिक रुपमा नबिकरण गर्ने, एनसीसीको आफ्नो शाखा बिस्तार गर्ने परिचालन गर्ने कुरामा समस्या देखा परेको छ । सांस्कृतिक कार्यक्रम गर्न निबेदन दिएर कार्यक्रम गर्न नपाएका संस्थाले एनसीसी मान्दैनौ भनेर हिड्ने गर्दछन् । छाता संस्थाको रुपमा हुनको लागी एनसीसी परिषद र एनसीसीको नेतृत्व संस्थागत सदस्यबाट चुनिनु पर्ने हो । तर त्यसो हुन सकेको छैन । चुनाबको बेला जसले धेरै साधारण सदस्यता बनाउन सक्छ, पैसा खर्च गर्न सक्छ उसैले नै चुनाब जितेको देखिन्छ ।
बेला बेलामा एनआरएनएसँग मर्ज गर्ने प्रश्न पनि सुनिन्छ । संसार भर सञ्जाल भएको एनआरएनए कोरियाले पनि आफुलाई सबै भन्दा ठुलो संस्थाको रुपमा उभ्याउन खोज्छ । बेला बखत एनसीसी कोरियालाइ पनि एनआरएनएमा गाभेर एउटै ठुलो संस्थाको रुपमा बिकास गरेर लैजाऔं भनेर बहस, छलफल अन्तरक्रिया चलाउछन् । एनसीसीको सम्बन्धित कार्यकालका समितिको असफताको जस पाइने डरले यो मर्ज गर्ने कार्यलाई अस्वीकार गर्दै आएका छन ।
कोरियामा भएका प्राय नेपाली संस्था न त कोरिया दर्ता छन न त नेपाल मै । यसरी कतै पनि दर्ता नभएका संस्थाको विश्वसनियता र जवाफदेहिता को हुन्छ ? भन्न गाह्रो छ । यद्यपि कतिपय संस्था नेपालमा दर्ता छन् । संस्थाको शाखाको रुपमा कोरियामा आफु भएको बताउँ छन् । शाखाको रुपमा भए पनि कानुनी प्रक्रिया भने पुर्याउन सकेका छैनन् । जस्तै संस्थाको लेखा परिक्षण गराउन, संस्था नबिकरण गर्न, सदस्यता अद्यावधि गर्न सकेका छैनन् । भीजा सकेर कोरियामै बसेकाले समेत संस्थाको नेतृत्व गरिरहेका छन् । कतिपय बेला कानुनी समस्या पर्दा स्थानिय प्रहरी प्रशासन समक्ष प्रस्तुत हुनु पर्ने अवस्थामा भने पछि हट्नु परेको छ । यस्तै समस्यामा छ एनसीसी पनि ।
संस्था कानुनी रुपमा दर्ता नभए पछि जसले जे गरे पनि हुँदो रहेछ । पछिल्लो समय एनसीसी स्वयम आर्थिक पारदर्शिताका कुरामा अड्एिको छ । यो समस्या अन्य संस्थामा पनि छन् । तर ठूलो संस्था भएकोले एनसीसी चर्चामा छ । संस्थाको रकम ब्यक्तिले खाने, खाएर नेपाल जाने, फिर्ता नगर्ने समस्या छन् । एनसीसी कै पुर्ब अध्यक्षले रकम नतिरेको समाचार बाहिर आयो । अहिले सम्म पनि न तिर्न सकेका छन् न तिराउन सकेका छन् । यसलाइ कानुनी रुपमा उजुरी गरेर निकाल्न पनि सकेका छैनन् । कानुनी रुपमा संस्था नबिकरण गर्नु पर्ने, लेखा परिक्षण गर्नु पर्ने, बार्षिक कार्ययोजना अनुसार बजेत निर्माण र खर्च गर्नु पर्ने जस्ता कर्तब्य र दायित्व पुरा गर्नु परेको छैन । जसले गर्दा संस्थाको बिश्वसनियता गुम्दै गएको छ ।
अव के गर्ने त ? प्रश्न जति सजिलो छ उत्तर गाह्रो छ । पहिलो कुरा सामाजिक संस्थामा बिना शर्त, निस्वार्थी भावनाले समाज सेवा गर्न नै आउने हो । सबै जना इमान्दार हुनु पर्यो । जति सकिन्छ काम गर्नु पर्यो । संस्थालाइ सकिन्छ भने सरकारी कानुनी मान्यता दिलाउनको लागी दर्ता गर्नु पर्यो । छाता र साझा संस्थाको रुपमा निरन्तरता दिनको लागी एनसीसी पदाधिकारी र आधार संस्थाहरुले पनि सोहि अनुसारको कार्यहरु गर्नु पर्यो । राजनितिक हस्तक्षेपबाट मुक्त बनाउन पर्यो । यसो गरे एनसीसीको शाख बढ्ला कि ?

(लेखक एनसीसीका सल्लाहकार हुन् ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...