Advertisement
SKIP THIS

अमेरिकी विदेशमन्त्री र उत्तर कोरियाली उच्च सैनिक अधिकारीबीच भेटवार्ता हुदै


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एकजना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले आगामी बिहीबार ती अधिकारीसँग भेटवार्ता गर्न लागेका हुन् ।

गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि विकसित यी दुई देशबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ । उक्त सम्मेलनपछि यी दुई देशबीचको सम्बन्धमा सुधार आएको भए पनि पछिल्लो समयमा भने निशस्त्रीकरणका विषयमा विभिन्न कुराहरु आइरहेका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पेओसँग भेटवार्ता हुन लागेका उत्तर कोरियाली सैनिक अधिकारी कर्णेल किम योङ चोल हुन् । उनी उत्तर कोरियाली नेता उनका विश्वासपात्र मानिन्छन् । कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणका लागि काम गर्ने सहमति अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गन जुन १२ मा सिंगापुरमा सहमति भएको थियो । सो सहमतिपछि उत्तर कोरियाले परमाणु अस्त्रको उत्पादन नगरेको बताएको छ । तर पनि केही अमेरिकी अनुसन्धानहरुले भने उत्तर कोरियाली लुकिछिपी यहाँ परमाणु अस्त्र उत्पादन गर्ने गरेको बताएका छन् । सो कुरा उत्तर कोरियाले स्वीकार गरेको छैन ।

केही समयमात्र अघि उत्तर कोरियाको विदेश मन्त्रालयले नै यदि अमेरिकाले आफूमाथि लगाएका विविध नाकाबन्दीहरु नहटाउने हो भने आफूहरु परमाणु अस्त्र उत्पादन गर्न बाध्य हुने बताएको थियो । यस विषयमा अमेरिकाले कुनै जवाफ दिएको छैन । कोरियाली प्रायद्वीपमा शान्तिको आशा अझै नमरेको अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । उनले हालैमात्र पनि आफू उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक नै रहेको बताएका थिए ।

बिहीबार हुन लागेको उत्तर कोरियाली सैन्य अधिकारी चोल र अमेरिकी विदेशमन्त्री पोम्पेओबीचको वार्तामा यस विषयमा कुराकानी हुने बताइएको छ । उक्त भेटवार्ता हुन लागेको विषयको पुष्टिगर्दै अमेरिकी विदेशमन्त्री पोम्पेओले यस भेटका क्रममा दुई देशबीचमा विगतमा भएका सहमतिहरुबारे उल्लेख्य प्रगति हुने धारणा राखेका छन् ।

उनले गएको जुन महिनामा भएको सो उच्चस्तरीय भेटवार्तापछि भएका प्रगतिहरुको समीक्षाका लागि आगामी केही समयमा त्यस्तो अर्को उच्चस्तरीय भेटका लागि बिहीबार हुन लागेको भेटका क्रममा वातावरण निर्माण हुने अपेक्षा गरिएको जानकारी पनि उनले दिएका छन् ।  उता एकदिन मात्र अघि पनि संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा संयुक्त सैन्य अभ्यास शुरु भएको अर्को एक समाचार आएको थियो । जुन महिनाको सो उच्चस्तरीय भेटावार्तापछि रोकिएको सो सैन्य अभ्यास रोकिएको थियो ।

दक्षिण कोरियाली अधिकारीहरुले दिएको जानकारीअनुसार सो सैन्य अभ्यास सोमबारबाटै शुरु भएको हो । दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा जारी रहेको सो सैन्य अभ्यास सानो आकारको रहेको र त्यसमा ५०० सैनिक मात्र सहभागी हुनेछन् ।

उत्तर कोरियाले आपत्ति जनाएपछि पहिले सो सैनिक अभ्यास रोकिएको थियो । तर यस पटकको यस अभ्यासपछि भने उत्तर कोरियाको कुनै प्रतिक्रिया आएको छैन । रासस/एएफपी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...