Advertisement
SKIP THIS

कोरियामा मेसिनमा चेपिएर एक नेपाली युवाको निधन


तिहारको मुखैमा दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ । झल्लाबुक्दो प्रान्तको यान्जी स्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा च्यापिएर निधन भएको कोरियामा रहेका उनका अाफन्तले जानकारी दिएका छन् ।

स्थानिय समय अनुसार विहान आठ बजेतिर मेसिन शुरू गर्दा दुर्घटना भएकाे थियो । मेसिनको आवाज नसुनेपछि संगै काम गर्ने साथी गएर हेर्दा उनी मेसिनमा च्यापिएकाे अवस्थामा भेटिएको थियो । एक्लै काम गर्दै आएका राजेशको कोठामा सिसि क्यामेरा पनि नभएको संगै काम गर्ने साथीले बताए । उनी कार्यरत कम्पनीमा नेपालबाटसंगै आएका २ नेपाली कामदार रहेका छन् ।

साेही कम्पनीमा केही समय अघि एक नेपालीकाे दुर्घनामा परी दाहिने हातकाे कुहिनाभन्दा मुनीको भाग काटिएको छ । त्यही समय देखि साे मेसिन राजेशले चलाउँदै आएका थिए । नेपालबाट आएदेखि नै सोही कम्पनीमा कार्यरत उनले पटक पटक कम्पनी परिवर्तन गर्न चाहे पनि साहुले अनुमति दिएका थिएनन् । दुई वर्ष अघि इपिएस मार्फत काम गर्न आएका राजेशको पत्नी, २ छोरा र एक छोरी रहेका छन् । ‘अघिल्लो दिन साँझ भाइटिका लगाउन साहुलाई शनिबार छुट्टी माग्ने भन्दै कुरा गरेको थियाे । विहानै यस्तो खबर सुन्न पर्यो ।’ भक्कानीदै कोरियामै रहेकी मृतककी दिदी इच्चुङ लिम्बुले बताइन् । ‘हामीलाइ ठूलाे अापत अाइलागेकाे रहेछ । भाइले कम्पनी फेर्छु भनेकाे पनि धेरै भएकाे थियाे । साहुले लेटर नदिएर अाज यस्ताे अबस्था अायाे ।’

नेपालीहरुको बैदेशिक रोजगारको आकर्षक गन्तब्य बनेको दक्षिण काेरिया इपिएस प्रवाधान अनुसार कामदारले स्वइच्छाले कम्पनी परिवर्तन गर्न नपाउने प्रावधानका कारण धेरै कामदारहरु पीडित हुने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...