Advertisement
SKIP THIS

तामाङ संघ दक्षिण कोरियाले सुरु गर्यो तामाङ धिम


नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङ धिम (घर) औपचारिक रुपमा आइतबार देखि सुरु गरेको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि संचालन भएको धिम सउलको दोङदेमुन छ ।

‘यो झन्डै सेल्टर जस्तै हो । तर यसमा तामाङ कला संस्कृतिलाई झल्काउले प्रयास हुनेछ ।’ संघको अध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘कम्पनी एवं अन्य क्षेत्रमा काम गरि बिचैमा काम छोडेर बसेका नेपालीहरु पुनः काम खोज्नलाई बस्नको लागि खाेलिएकाे हाे । हामी सबै दक्षिण कोरियामा रहेका नेपालीलाई धिममा बस्न आउन आग्रह गर्छौ । यो धिमको लोकेसन पनि सजिलो ठाउँमा छ । ‘ उनले थपे ।  धिममा पुरुष र महिलाको लागि छुट्टाछुट्टै कोठा छ ।

सउल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा र नार्गजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले बौद्ध पराम्परा अनुसार पुजा गरेर धिमको विधिवत उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकालीले धिम संचालन गरेर तामाङ संघले राम्रो काम गरेको बताइन् । ‘धिम सुरु भएको छ । निरन्तरताको लागि चुनौतीहरु छन । आँटेर काम गरे पछि पक्का पनि सफलता पाउन सकिन्छ ।’ उनले भनिन् ।

उदघाटन कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ कोरिया शाखाका निवर्तमान अध्यक्ष चित्रबहादुर मोक्तान, एनआरएन एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङ, तामाङ पत्रकार संघ कोरियाको अध्यक्ष सिमा लामा, तामाङ संघको सल्लाहकार आङ दावा तामाङ, उइनासिंह वाइबा, एजिन लामा, वुमन फर वुमनका अध्यक्ष मदमा श्रेष्ठ, ३ नम्बर प्रदेश एकता समाजका अध्यक्ष किशोर ब्लोनलगायतको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...