Advertisement
SKIP THIS

एशियाली महाशक्ती चीन र जापान शत्रुता त्याग्दै


अमेरिकासँगको बढ्दो विवादले चीन र जापानबीच असम्भव मित्रतालाई जन्म दिएको छ । टोकियो र बेइजिङमा क्षेत्रीय मुद्दालाई लिएर लामो समयदेखि सैन्य टकराव रहँदै आएको छ । तर हाल ७ वर्षपछि पहिलोपटक जापानी प्रमुख बेइजिङ भ्रमणका क्रममा रहँदा दुई देशबीचको सम्बन्धले ऐतिहासिक मोड लिएको हो । यसरी हाल दुवै पक्ष आर्थिक सहकारिता बढाउन र क्षेत्रीय स्थिरता कायम गर्न तत्पर देखिएका छन् भने उत्तर कोरियाको विषयमा समेत साथ काम गर्न सहमत भएका हुन् । शुक्रबार आबे यसैबारे छलफल गर्न चिनियाँ राष्ट्रपति शि जिङपिङसँग भेट गर्नेछन् ।

चीन र जापानबीच व्यापारिक सम्बन्ध कायम रहेपनि राजनीतिक हिसाबले दुवै  एक अर्का विरुद्ध खडा हुने गरेका छन् । दोस्रो विश्व युद्धको जन्म चीन र जापानबीचको लडाईँबाटै सुरु भएको बताइने गरिन्छ भने दक्षिणतर्फका विभिन्न टापूलाई लिएर पनि बेइजिङ र जापानबीच ठूलो तनाव रहँदै आएको छ । चीनले त्यसलाई आफ्नो भूभाग दाबी गर्दै सैन्य गतिविधि अघि बढाइरहेको छ भने जापानले यसलाई ठूलो खतराको संकेत बताउँदै चिनियाँ शक्ति प्रदर्शनको विरोध गर्ने गरेको छ । यस्तोमा प्रतिस्पर्धादेखि अस्तित्व जोगाउनसम्म चीन र जापानबीचको द्विपक्षीय सम्बन्ध हाल नयाँ स्तरमा प्रवेश गरिरहेको जापानको भनाइ छ । यता चिनियाँ पक्षले पनि सकारात्मक भाव व्यक्त गर्दै सबै सामान्य अवस्थामा फर्किएको र हाल स्वस्थ र स्थिर सम्बन्ध स्थापनातर्फ दुवै अघि बढिरहेको उल्लेख गरेको हो ।

यसरी अमेरिका र बाँकी विश्वबीच जारी व्यापारिक विवादकै बेलामा जापान र चीनबीच नयाँ सम्बन्धको जन्म हुनु दुवै देशका लागि महत्वपूर्ण साबित हुने बताइएको छ । वासिङटनले अन्य देशहरुलाई अमेरिकी बजारमा निर्यात गर्न कठिन बनाइदिएकै कारण एकअर्काका कठोर विरोधी, चीन र जापान समेत एक हुन पुगेको अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया छ । यस्तोमा शुक्रबार दुवैले व्यपारलाई सहज बनाउन मिलेर काम गर्ने र निःशुल्क बजारमा जोड दिने सम्झौता गरेका हुन् । त्यसैगरी क्षेत्रीय आर्थिक सहकारितामा चीन, जापान र दक्षिण कोरियालाई जोड्ने विशेष व्यापारिक क्षेत्र स्थापित गर्ने सम्बन्धि योजनाबारे पनि छलफल भइरहेको बताइएको छ । यसरी अब दुवैबीच भएको ठूलो व्यापारिक सम्झौताले सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री आबेले संचारकर्मी समक्ष भनेका हुन् ।

तरपनि दुवैले सो सम्झौता आर्थिक विकासका लागि मात्र नभएर सम्बन्ध सुदृढ गर्नतर्फ र क्षेत्रीय स्थिरताका निम्ति अर्को ठूलो कदम रहेको ठहर गरेका छन् । उता उत्तर कोरियाको विषय पनि चीन र जापानबीच विवादित मुद्दा रहँदै आएको छ । चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध खुकुलो गराउन माग गर्दै आएको छ भने जापानले चाहिँ यसमा असमर्थन जनाउँदै कडाइ अपनाउनुपर्ने पक्षमा बोल्ने गरेको छ । यस्तोमा बेइजिङ सम्मेलनमा बोल्दै आबेले प्योङयोङ निशस्त्रीकरणमा प्रतिबद्ध रहे आफूहरु पनि सामान्य कूटनीतिक सम्बन्धका लागि तयार रहेको भन्दै अर्को सकारात्मक अभिव्यक्ति दिएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...