Advertisement
SKIP THIS

जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा


जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित बिहीबार चीनको बेइजिङ आइपुगेका छन् । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक हुन लागेको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेका थिएन ।

सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापान विरोधी घटना भएका थिए । तर पछिल्ला वर्षहरुमा दुबै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्ने निकै प्रयास भएका छन् । सन् २०१४ मा प्रधानमन्त्री आबे र चिनीया राष्ट्रपति सी जिनपिङबीच एक शिखर बैठकका क्रममा भेटवार्ता भएपछि मात्र दुबै देशबीच मन्त्रीस्तरीय भ्रमण भएकाे थियाे ।

जापानका प्रधानमन्त्री आबेको भ्रमणले दुबै मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन एउटा परीक्षण गर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

“संयुक्तराज्य अमेरिकासँगको व्यापार युद्धले दुई मुलुकलाई केही नजिक ल्याउन मद्दत गरेको देखिन्छ,” मेन विश्वविद्यालयका उपप्राध्यापक एवं जापान–चीन सम्बन्धी विज्ञ क्रिस्टिन वेकासीले बताए । “यस अर्थमा, दुबै मुलुक एउटै डुङ्गामा छन् । र आर्थिक अवसरका कारणले अमेरिकाबाट जापान केही टाढिएको अवस्थामा चीनसँगको सम्बन्धमा निकटता आउने सम्भावना बढी छ ।”

दुबै नेताले इन्डोनेसिया र फिलिपिन्स समेतका मुलुकमा पूर्वाधार निर्माणका लागि संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । प्रधानमन्त्री आबेले चीनको महत्वाकाँक्षी “बेल्ट एन्ड रोड इनिसिएटिभ” परियोजनामा समेत अभिरुची राखेका छन्, तर विज्ञहरुले यो परियोजनामा यही भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् ।

दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् । जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...