Advertisement
SKIP THIS

दुई कोरिया र राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सहमति


उतर काेरिया, दक्षिण काेरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच दुर्इ काेरियाकाे सिमा क्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको छ। कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा स्वरूप याे सहमति भएको हो।

‘त्यहाँ रहेका तीनै पक्षले सीमा क्षेत्रमा रहेका विष्फोटक पदार्थ र सुरक्षा चौकीलाई संयुक्त सुरक्षा क्षेत्रबाट यही अक्टोबर २५ सम्म हटाउन भएका त्रिपक्षीय वार्तापछि सबै सहमत भएका छन्,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी एक वक्तव्यमा जनाइएको छ।

सहमतिमा उनीहरूले ‘तीन–पक्षीय संयुक्त प्रमाणिकरण’ कार्यलाई आगामी दुई दिनसम्म सञ्चालन गर्नेछन्।

शान्ति गाउँ पानमुनजोमको करिब २५० किलोमिटर अग्रभागमा दुवै देशका सैनिक बस्दै आएका र बेलाबखत तनाव हुने गरेको क्षेत्र हो।

यो क्षेत्रमा सन् १९७६ मा उत्तर कोरियाली सेनाले सैन्य गतिविधि निषेधित उक्त क्षेत्रमा दाउरा काट्न गएका दक्षिण कोरियाली नागरिकलाई आक्रमण गर्नु पहिले तटस्थ क्षेत्रका रूपमा हेरिँदै आएको थियो।अझै पनि प्राविधिक रूपमा युद्धमा रहेका दुई कोरियाले उक्त क्षेत्रमा सैन्य तनाव कम गर्न आवश्यक उपायको अवलम्बन गर्ने दुवै मुलुकका उच्च अधिकारीको गत महिनामा भएको वार्तापछि प्रयास थाल्न सहमत भएका थिए। तर ‘जोइन्ट सेकुरिटी एरिया’का अधिकारी सम्मिलित सोमबारको बैठकले गत महिना भएको उच्च नेताहरूको सहमतिलाई कायान्वयनमा लाने निर्णय गरेको हो ।(रासस/एएफपी)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...