जापानमा अस्ताएका भीमको परिवारलाई सहयोग
आरसी अधिकारी
खाजेदो-अध्ययनको सिलसिलामा जापान गएर गत जेष्ठ १५ गते असामयिक निधन भएका धनकुटा हात्तिखर्क १ का भीमबहादुर कटुवालको परिवारलाइ कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् |
अध्ययनको लागि जापान पुगेको कटुवालको १५ दिनमै असामयिक निधन भएको थियो । उनको घरायसी आर्थिक अवस्था पनि ज्यादैनै नाजुक रहेको र चर्को ब्याजदरमा रिनपान गरेर उनि जापान पुगेका हुनाले इच्छुक ब्याक्तिहरुबाट सहयोगको समेत अपेक्षा गरिएको थियो त्यसै सिलसिलामा कोरियाको राजधानी सोलबाट ४ सय किलोमीटरको दुरिमा रहेको खजेदोस्थित डेउ सीप निर्माण कम्पनी (डिएसएमी) मा कार्यरत ४७ जना नेपाली कामदारले रु. ८५,०००/- (पचासी हजार रुपैयाँ ) कटुवाल परिवारलाई बुधबार धनकुट्टामा यसोदा कटुवालले एक कार्यक्रम आयोजना हस्तान्तरण गरेकी हुन् |
सहयोग धनकुटा र धनकुटासंग भावनात्मक सम्बन्ध राख्ने उमेश पौडेल, हेम कटुवाल, नोबिन्द्र कटुवाल र महेश कटुवालको संयोजनमा संकलन गरिएको थियो भने मनोज भण्डारी तथा आरसी अधिकारीको भुमिका महत्त्वपूर्ण रहेको थियो ।
सहयोग रकम स्व कटुवालको परिवारले कोरियामा रहेर पनि आफुहरुको दु:खमा सहयोगी भावना राखेर सहयोग गर्नुहुने सबैमा धन्यवाद ब्यक्त गरेका छन् ।