Advertisement
SKIP THIS

एमटियुले सउलमा बृहत र्याली गर्‍यो


प्रवासी श्रमिकहरुको स्वतन्त्र युनियन प्रवासी मजदुर युनियन (एमटियु)ले अक्टोबर १४ मा बृहत र्याली सम्पन्न गरेकाे छ । काेरियामा काम गरिरहेका विदेशी कामदारलार्इ बिभिन्न सुविधा दिन माग गर्दै र्यालीकाे अायाेजना गरिएका थियाे ।

एमटियुका अध्यक्ष उदय रार्इले भेदभाब हटाउन र्याली गरेकाे बताएका थिए । काेरियन सरकारले खानेबस्ने खर्च सम्बन्धी निर्देशिका खारेज गर्नु पर्ने, मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, धरपकट बन्द गर्नु पर्ने, प्रवासी महिला श्रमिकलाई गर्ने यौन दुर्ब्यबहार र भेदभाबको अन्त्य हुनु पर्ने, ३ बर्ष पछिको बोनस भिषा कम्पनी मालिकको बिना अनुमति थप गर्न पाउनु पर्ने, ४० वर्ष भन्दा बढी उमेरको श्रमिकले पनि इपिएसमा काम गर्न पाउनु पर्ने मागहरू पनि अाफुहरूले राख्दै अाएकाे जानकारी  दिए । ‘कृषि क्षेत्रको श्रमिकहरु उत्पादन क्षेत्रमा जना पाउनु पर्छ । इपिएसको श्रमिकले थेजिकम कोरियामै पाउनु पर्छ । स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने डब्लुपीएस लागु हुनु पर्छ ।’ उनले भने ।

‘हामी प्रवासी श्रमिकको रुपमा आएको हौ तर कोरियन सरकारले हामीलाई श्रमिकको रुपमा हेरेकाे छैन । हामीलाई एक पटक प्रयोग गरेर फ्याकिने औजारको रुपमा मात्र लिएकाे छ । हामीलाई कम्पनी परिबर्तन गर्ने अधिकारबाट बन्चित गराईएको छ । श्रमिकलाई आफुले चाहेको ठाउमा काम गर्ने स्वतन्त्रता पाउनु पर्छ ।  तर कम्पनी मालिकहरु चाही यो अहिले पाइरहेको न्यून तलब पनि कटौती गर्नु पर्छ भनि माग गरिरहेको अवस्था छ साथै सांसदले कानुन बनाउन लागेकाे छ ।’ उनले थपे ।

र्रयालीलाइ सम्बाेधन गर्दै कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियु)को अध्यक्ष किम म्यंग ह्वानले श्रमिकलाइ दास बनाउन नपाइने बताए । ‘श्रमिकलाई समान व्यवहार गर्नु पर्छ । उनीहरुको हक अधिकारको सम्मान गर्नु पर्छ । प्रवासी श्रमिकहरु हाम्रो साथी हुन् छिमेकी हुन् । तर बिभिन्न बहानामा प्रवासी श्रमिकको मानव अधिकार ओझेलमा पारिएको छन् । प्रवासी श्रमिकलाई गरिने कुनै किसिमको भेदभाब ,शोषण दमन केसिटियुकोलागि मान्य हुने छैन ।’

कार्यक्रममा प्रवासी श्रमिकको अन्य प्रतिनिधिहरुले पनि आफ्नो भनाइ राखेका थिए । र्यालीमा केसिटियु आबद्द निर्माण मजदुर युनियन, धातु मजदुर युनियन, बिभिन्न मानब अधिकारबादी संघसस्थाको प्रतिनिधि र बिभिन्न देशको काेरियामा काम गरिरहेका कामदारहरूकाे सहभागिता थियो । पहिलो चरणको कार्यक्रमको सकिए पछि कामदारका बिभिन्न मागका नाराहरु लगाउदै राष्ट्रपति भवन अगाडीसम्म मार्च गरि र्याली समापन  भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...