Advertisement
SKIP THIS

जीवनका कुरा


नेपालको एक प्रतिष्ठित बैंकको जागिर छोडेर भर्खर कोरिया प्रबेश गरेको मेरो नजिकको एक मित्रले सबेरै फोन गरेर बडो टिठ लाग्दो गरी भन्यो “ यार मलाई आजकल मेरा सपनाहरुले तर्साउन थालिरहेको छ । मलाई एकदम असहज र बेचैन हुनथालेको छ खै के गर्ने हो ? बिना सम्बोधन सिधै मलाई सोधेको यो प्रश्नमा मेरो पनि सिधा जवाफ थियो “ मित्र सपनाहरुले शुरु शुरुमा तर्साउन थाल्छन र जिबन असहज र बेचैनी बन्छ जब तिनै सपनाहरुले पछी गिज्जाउन थाल्छन तब सबै ठीक ठाक हुन्छ तैसैले केही समय पर्ख र हेर ! हामी सपनाको भारिलाई एती बोझिलो बनाएर आएका हुन्छौ । जस्ले हामीलाई हर बखत थिचिरहेको हुन्छ ।  तिनै सपनाका गर्हौ भारिले गर्दा हामी थला परिरहेकाछौ ! तैसैले सपनाका भारिहरुलाई अली हलुका बनाएर आउँ जस्लाई थेग्न सहज होस् ! त्यसपछि मित्रले आफ्नो देश अनि त्यसमा पनि राम्रो जागिर छोडेर आएको कुरामा पछुतो दर्शाएपछी मैले भने “चाहे धनी होस् या गरीब जिबन केबल सुखको खोज हो । मान्छे यसो गरे हुन्छ कि उसो गरे हुन्छ भन्दाभन्दै आफ्नो जिबन बितेको पत्तै हुँदैन । कती मान्छे सुखको अनुभुत गरेर मर्छन त्यो रहस्यमय बिषय हो तर दु:ख छैन भन्ने मान्छे भेट्न चाँही मुस्किलै पर्छ ! भाबी सुखको खोजिमा सात समुन्द्र पारी अाइसकेपछी केही कुराहरुमा कम्प्रोमाइज गर्नै पर्छ ! जिन्दगी यात्रा हो । यात्राको क्रममा हुरी बतास घाम पानी उकाली ओराली त अाइरहन्छन मात्र तिनिहरुलाई स्विकार्न सक्नुपर्छ “ ! मित्र फेरी घरपरिवार र साथीहरुसँग छुटिनुको पिडा बोध गरेकोले मैले भने अधिकांश समय मानिस् को यात्रा एकल हो एक्लै रमाएर हिंड्न सक्नुपर्छ । अरुको साथ् खोज्न थालयो भने मान्छे दुखी हुन थाल्छ । मान्छेको जिबन बिरोधाभासले भरिएको छ । एक्लै हुँदा साथ खोज्छ अनी साथ हुँदा स्वतन्त्रता ! हाम्रो सबै भन्दा मिल्ने साथी हामी आँफै हो । कुनै दु:ख पर्‍यो गुनासो गर्ने आँफैसँग हो । रोयो आशु पुछ्ने आँफैले हो । हाँस्यो भने हासोमा मुछिने पनि हामी आँफै हो रिसायो भने नरिसा भनेर सम्झाउने आफ्नै मन हो । त्सैले यस कुरामा पनि सन्तोष गर्न सिक्नुपर्छ ! मित्रको गुनाशाको भारी अझै सकिएको थिएन भन्दै थिए -“ अरुले के के गरे यार आफु त ! मैले सम्झाउदै भने “ साथी हामी समाजका फलनाहरु सँग दाजिएर आफ्नो निजी जिबनलाई मन नपरी नपरी अरुको जस्तो किन बनाउने? आफ्नाे रहर र चहना को फूलबारी छोडेर अरुको फूलबारी किन नियाल्नु ?? खुशी न पैसामा छ न पद मा मस्तिस्कमा डर र कर नभै आफ्नो जिबनसँग सन्तुस्ट रहन सक्नु भनेकाइ खुशी र सुखी जिबन हो । फलाना र चिलानासँगको तुलनाले गर्दा नै हामी आँफै दुखी छौ ! त्यसैले मान्छेहरु जिबनलाई दौड सम्झेर त छाड् म छाड् गरेर दौडिरहेका छन तर दौडाइ म के पाइयो के गुमाइयो भन्ने कुरा को हेक्का छैन ! त्यसैले जिबन दौड हैन यात्रा हो बस अघी बढीरहेको अनुभुती होस् !!

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...