Advertisement
SKIP THIS

कफी सेफ (बारिस्ता) सगरमाथा आरोही दाबुटी शेर्पालाई कोरियामा सम्मान गरिने


नेपालमा उत्पादित कफीलाई विश्व बजारमा प्रबर्द्धन गर्ने उद्देश्यले २०७५ बैशाख ३१ गते सगरमाथामा चढेकी पहिलो बारिस्ता (कफी सेफ) दाबुटी शेर्पालाई दक्षिण कोरियाका चारवटा संस्थाले संयुक्त रुपमा सम्मान गर्ने भएको छ । उनले सगरमाथाको शिखरमै अन्य आरोहीलाई कफी बनाएर खुवाएकी थिइन् ।
शेर्पा अहिले नेपाली कफि प्रर्वद्धन र तालिमका लागि दक्षिण कोरियामा आएकी छिन् । यही अबसर पारेर अक्टोबर १४ आइतबार आदिबासी जनजाति महासंघ कोरिया, प्रदेश ३ एकता समाज, दोलखाली समाज र वुमन फर वुमनले संयुक्त रुपमा सम्मान गर्न लागेको छ । ‘हामीले गर्न लागेको यो सम्मान उहाँले गर्नु भएको प्रयासलाई धन्यबाद भने जस्तो हो । हाम्रो कफिको बजार विश्व भरि जान सके नेपालीकै आम्दानी बढ्ने हो । हाम्रै देशमा रोजगारी बढ्ने हो ।’ नेपाल जनजाति महासंघ दक्षिण कोरियाका सचिव तथा कार्यक्रम संयोजक युगेल तेन्डुप शेर्पाले भने ।
सम्मान कार्यक्रम सउल छोंगकको दुर्गा रेस्टुरेन्टमा गर्न लागेको दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले जानकारी दिए । ‘दोलखाली चेलीले यति राम्रो काम गर्नु भएको रहेछ । हामी सबै मिलेर यसो सम्झेका मात्रै हो ।’ कोरियामा भएका सबै नेपालीलाई कार्यक्रममा आइदिन पनि उनले आग्रह गरे ।
दाबुटी शेर्पा दक्षिण कोरियाबाट नेपाल फर्किए पछि कफी प्रचारका लागि पर्वतारोहणका लागि निक्कै कठिन मानिने अमादब्लाम हिमाल चढ्ने योजना रहेको छ । उनी यो बर्ष सबै भन्दा पहिले सगरमाथा सफलता पर्बतारोहण गर्ने महिला पनि हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...