Advertisement
SKIP THIS

छाङवनमा सुरु हुदै आप्रवासी महोत्सव, आइतबार नेपाली परम्परागत विवाहसँगै अविनाश घिसिङको प्रस्तुति


कोरियामा रहेका आप्रवासीहरुको लागि कोरियाको सरकारी निकायद्धारा हरेक वर्ष आयोजना गरिने माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ)भोली शुक्रबारदेखि सुरु हुँदै छ । ख्यङसाङनाम्दो, छाङवन शहरको योङजी पार्कमा यहि अक्टोबर ५ तारिख शुक्रबारदेखी ७ तारिख आइतबारसम्म चल्ने माम्फका लागि यसपटक नेपालबाट गायक अविनाश घिसिङ कोरिया आइसकेका छन् । गायक घिसिङसँगै विभिन्न स्थानीय कलाकारहरुले नेपाली गीत गाउने भएका छन् भने महोत्सवमा नेपाली परिकार तथा विभिन्न भेषभूषा र कला संस्कृति चिनाउने सामग्रहरुको स्टल पनि राखिने भएको छ ।

आप्रवासीहरुका लागि कोरियाकै सबैभन्दा ठुलो कार्यक्रम माम्फ ख्यङनाम माइग्रेन्ट सेन्टरको सहकार्यमा हरेक वर्ष आयोजना गरिदै आएको छ । उक्त तीन दिने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेलामा नेपाल,  बंगलादेश, श्रीलंका, भियतनाम, चीन, कम्बोडिया, फिलिपिन, थाइल्याण्ड, इन्डोनेशिया, पाकिस्तान, उजबेकिस्तान, जापान, मंगोललगायतका विभिन्न मुलुकहरुको सहभागिता रहने छ । महोत्सव अवधिभर विभिन्न देशको कला, संस्कृति, भेषभूषासहितको पहिचान झल्कने सामग्री प्रदर्शन गरिनुकासाथै आआफनो मुलुकको खानाका स्टल राखिनुका साथै विभिन्न गीतसंगीत प्रतियोगिता तथा खेलहरु पनि प्रस्तुत गरिने छ ।

महोत्सवको अन्तिम दिन आइतबार हुने धामुन्ह्वा परेडमा यसपटक नेपालको तर्फबाट परम्परागत शैलीमा गरिने विवाह र जन्तीलाई समावेश गरिने आयोजक मध्येका एक किम्हे माइग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदी बताउछन् ।

नेपाल बहुजातिय, बहुभाषिक र बहुसंस्कृतिको धनी देश हो । नेपालको यिनै विविधतालाई महोत्सवमा देखाउन खोजेको बताउदै सुवेदीले भने, ‘यो पटक मिर्याङका एक नेपाली जोडीले परम्परागत शैलीमा साँच्चिकै विवाह समेत गर्ने रे । त्यसैले यो पटकको परेडमा रियल बेहुला, बेहुली र जन्ती सहित पञ्चे बाजाका साथमा परेड अझ आर्कर्षित देखिने छ ।’

दिउसो मध्यान्हमा कार्यक्रम स्थलमा विवाह गरिने र साँझ परेडमा पञ्चे बाजाका साथ जन्ती निकालिने भएकोले जतिसक्दो नेपाली पहिरनमा उपस्थिति जनाइदिन पनि कोरियामा रहेको नेपालीलाई सुवेदीले आग्रह गरेका छन् । उनका अनुसार अघिल्लो वर्ष नेवारी संस्कृतिभित्र पर्ने लाखे नाच प्रदर्शन गरिएको थियो भने किरात संस्कृतिभित्र पर्ने साकेला सिलिलगायतका विभिन्न जातजातीका कलासंस्कृतिलाई महोत्सवमा सहभागिता गराइसकिएको छ । परेडमा उत्कृष्ठ हुने मुलुकले ठुलै धनराशीको नगद पुरस्कार समेत पाउने व्यवस्था छ भने दोसो तेस्रो र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ

आप्रवासीहरुसँगै बहुसाँस्कृतिक महोत्सव (माम्फ को उदघाटनदेखि समापन कार्यक्रमसम्म विभिन्न उच्च ओहदाका पदाधिकारी सहित महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतहरुको समेत उपस्थिति रहने छ भने यो पटकको प्रमुख अतिथिका रुपमा फिलिपिनका परराष्ट्र मन्त्रीसहितको ३० जनाको टोली सहभागी हुने आयोजकले जनाएको छ ।

सन् २००५ मा सौलको नगरपालिका र संस्कृतिमन्त्रालयको सहयोगमा सुरु गरिएको माम्फ वास्तवमा एक भाषा एक संस्कृति भएको कोरियालीहरुका लागि बुहभाषा, बहुसंस्कृति र विविधभेषभुषा रहेको विदेशीहरुको संस्कृति देखाउन तथा चिनाउनको लागि सुरु गरिएको हो । ‘प्रत्येक वर्ष २ लाख सहभागी हुने महोत्सव रमाइलोको साथमा आफ्नो संस्कृति देखाउने राम्रो अवसर पनि हो’, सुवेदी भन्छन् । उनका अनुसार अन्य मुलुक भन्दा पृथक संस्कृति, विविध भेषभूषा र विभिन्न जातजातबीको देश भनेर चिनिने नेपाल विविधतासँगै सबै मिलेर बसेका छन् भन्ने देखाउनु पाउनु गौरवको विषय हो ।
आइतबार महोत्सवमा सहभागी हुनको लागि बुसान, किम्हे, याङसान, मिर्याङलगायतका विभिन्न स्थानबाट कार्यक्रमस्थलसम्म जानको लागि बसको व्यवस्था पनि गरिएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...