Advertisement
SKIP THIS

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न,अध्यक्षमा जीतन भाइ श्रीस मगर


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाको प्रथम अधिबेशन सउलमा सम्पन्न भएको छ। अधिवेशनबाट जीतन भाइ श्रीस मगर अध्यक्षमा चयन भएका छन् । 
कार्यसमितिमा उपाध्यक्षमा सुरज केसी र रमिला गौतम सचिबमा आर.के पौडेल सह-सचिबमा गंगा लोहनी कोषाध्यक्षमा एस.बी राना मगर र सह-कोषाध्यक्षमा बिष्णु पाण्डे चयन भएका छन् । दस्यहरूमा  कार्साग तामाङ, ललित गिरी, खिम छन्त्याल, लोकेंद्र चन्द,राज खाम्चा मगर,धनु गुरूङ, शान्ति गुरूङ, रेबिका लामिछाने, बिज्ञान अर्याल, राजु नेपाल, बिष्णु रिजाल, मनोज चापागाई, मुनाराज सुनुवार र जनक पन्त छन् ।
कार्यसमिति २१ जनाको हुने र वाँकी ४ सदस्य कार्य समितिले मनोनयन गर्ने रामकृष्ण बम मल्लले जानकारी दिएका छन् । अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सल्लाहकार गायक संगीतकार रामकृष्ण बम मल्ल, जापान शाखाकै सल्लाहकार ईश्वरी कडेल पनि सहभागिता रहेकाे थियाे ।  कोरियाका बिभिन्न सांगितिक कार्यक्रमहरूमा आउनु भएका नेपालका लोक प्रिय गायक गायिकाहरू रामजी खॉड,शिब हमाल,राजन गुरुंग,प्रीति आलेकाे  उपस्थितिले अधिबेशन थप अर्थ पुर्ण बनेको अायाेजकले बताएका थिए । कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रमेश बिजीले पछिल्लो समयमा नेपाली लोक संस्कृतिमा मौलिकपन घट्दै र हराउदै गएको बेला प्रवासमा रहेर पनि लोक संस्कृतिको संरक्षण र सम्बद्धनमा लागिरहनु हुने सम्पूर्ण कोरियाबासी कलाकार साथै कला प्रेमीहरूमा हार्दिक धन्यबाद दिदै लोक संस्कृतिको रक्षार्थको लागि भर्खर बन्दै गरेको नया कार्यसमितिलाई सफलताको शुभकामना दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...