Advertisement
SKIP THIS

के संघियता कर कै लागि थियो त ?


मेरो देश नेपाल अाफैमा प्राकृतिक रुपले सु-सम्पन्न छ। हिमाल यहीं छ ,पहाड यही छ , समथर फॉट यहि छ , अन्नको भण्डार तराई यहि छ विश्वको शिर सगरमाथा यहि छ । विश्वमा जे छैन त्यो नेपालमा छ प्रकृतिले अथाह दिएको छ । विश्वका दुई शक्तिशाली देशका बिचमा हामी छौ । तर हामी हाम्रो देशलाई प्रकृतिले दिएको जस्तै सुन्दर र समृद्ध वनाउन किन चुकिरहेका छौ ?
दशकौंदेखि अहिलेसम्म हामी हाम्रो देशलाई समृद्ध वनाउछौ भनेर लागिरहेका छौं। खै त हाम्रो देश समृद्धितिर लम्केको ??? यहि प्रश्न अहिले जन जनमा मन मनमा ज्वारभाटा झै उम्लिरहेछ । अाखिरमा हो को त हाम्रो देशको समृद्धिको बाधक कांग्रेस ,एमाले,माओबादि (नेकपा), राप्रपा या मधेसि या फालिएका राजा ?? यहि निर हामी चुकेका छौ । जे बादि भए पनि हामी नेपाली हौ हामीले गर्दा देशको तरखि भएको छैन भन्ने हामीले भुलेका छौ बस हामी अरुलाई औला ठड्याएर आफु पानी माथिको ओभानो बनिरहेका छौ । हिजो राज्यब्यबस्थाले गर्दा देशको विकास भएन भनेर हामीले राज्यब्यस्था बिरुद्ध लडेर दरबारबाट राजा फालिदियौ । नेपालि जनताले अाश गरेका थिए राजा गए नया व्यवस्था आएर देशले कोल्टो फेर्ने छ । हाम्रा पनि सुख का दिन अाउनेछन् । हामीले मनमा भयंकर डरलाग्दो सपना पालेका रहेछौ । त्यहि सपनाले अहिले सबैलाई जिब्रो टोक्ने बाध्य बनाईदिएको छ ।
देश संघियतामा गएर घर घरमा सिहदरबारको कल्पना गरिरहेका हामीलाई घर घरमा कर आएर मनमा ठुलै चस्का पसाईदिएको छ । सुन्दा पनि अच्चमा लागिरहेको छ । खोला पार गर्दा पनि कर तिर्नु पर्ने । मान्छे त मान्छे नै भयो गाई गोरु भैसि भेडा बाख्रा चल्ला कुखुरा इत्यादि नदि पार गराउदा पनि अब कर बुझाउनु पर्ने । भएन त गज्जबको राज्यब्यबस्था । संघियता पछि सिहदरबारको शासन हाम्रै गॉउघरमा आउने भएपछि सबैले संघियता चाहेर होस या नचाहेर स्विकार्न बाध्य भए यसको बिरोध गरेनन ।
नेपाली जनता यिनका रैति न परे जे भने पनि मानि दिने । नेपाललाई जहिले पनि प्रयोगशाला बनाउन उद्धत दुरदर्शि सोचाइ कम भएका लोभि पापि राजनितिज्ञले फेरी संघियता माथि पनि धोखाधड़ी गर्दैछन् । फेरि पनि करका नाममा जनतालाई दिनदाहडै लुट्ने काम शुरु भएको छ । जनता सवाल गरिरहेका छन् कर के का लागि तिर्ने यि लोभि पापि नेतालाई पाल्न कि देश बिकास गर्न । यि नेतालाई पाल्न नेपालि जनता बाध्य छैनन् यो कुरा हेक्का रहोस नेतागणहरुलाई ।
जनताले कर तिर्नु पर्छ देश बिकासको लागि नेता पाल्नको लागि होईन् । करको पनि निश्चित मापदण्ड वनाईयोस । जनताको रोजि रोटिमा राज्यले ढाड सेक्ने गरि कर लगाउन बिल्कुलै पाईदैन । पंत्तिकारले करको बिरोध गरेको होईन कर तिर्नु पर्छ यसमा दुईमत छैन । तर त्यस्को पनि मापदण्ड हुनुपर्यो । जे मा मन लाग्यो त्यसमा कर लगाउन पाईदैन । छाक टार्न मेहनत गर्ने मजदुर माथि होईन संसदमा चिल्ला चाखुरा भएर जाने संसद तथा मन्त्रीले बुझ्ने लाखौ पैशामा कर लगाउ । गरिब निमुखा जनतालाई होईन । संसद तथा नेतालाई सबै सुविधा चाहिने करौडौंको गाड़िमा सयर गर्नु पर्ने यिनले कर तिर्नु नपर्ने । अनि रोडमा चटपट्टे बेच्ने, गाई पाल्ने, बाख्रा पाल्ने लाई सानो तिनो व्यवसाय गरेर धौ धौ परिवार पाल्नेलाई कर लगाएर यि संसद मंन्रि लाई हामीले पालिदिनु पर्ने अनि यहि ब्यस्थालाई संघियता भन्ने हैन त ??
आदरणीय तथा सम्माननीय नेतागणहरु, नेपाली जनताको धैर्यताको परिक्षण नगर्नुस । संघियता र करको बिचमा के सम्बन्ध छ भन्ने प्रश्न पनि उठ्न सक्ला अहिले उठाईरहेको कर के लागि उठाईएको छ । यिनै प्रदेशका संसद मन्त्री नेतालाई व्यबस्थापन गर्नको लागि होईन लगभग ८/९ सय जना संसद मन्रि तथा हजारौ जनप्रतिनिधलाई व्यस्थापन गर्नको लागि होईन । वडा सदस्य सम्मलाई तलव चाहिने अनि सरकारले कसरि गर्छ ब्यबस्थापन तिनै गरिब जनतालाई फेरि पनि मारमा पारेर यिनलाई पालनपोषण गर्नमै अरबौ खर्च हामीले गरिदिनु पर्ने हामीले यसैका लागि संघियता ल्याएको हो ? कर उठाउनको लागि संघियता चाहिएको हो ???
हामी नेपाली आम जनता खबरदारि गर्न चाहान्छौ । संघियता असफल वनाउने खेल नहोस । जनतालाई करको भारीले थिच्ने काम नहोस । कर आतंकलाई संघिय सरकारले निश्चित मापदण्ड वनाएर नियन्त्रण गरोस् । फेरी पनि नेपाली जनतालाई संघियताको बिकल्प खोज्ने बाध्य नपारियोस । अन्तमा नेपालको राजनैतिक बेथितिको ठुलै चर्चा गर्न आवश्यक ठानिन । हामीले पनि आफ्नो ठॉउबाट राज्यलाई सहयोग गरौं । खबरदारि गरौं । कर आतंकलाई रोकौं । धन्यबाद ।
(लेखक नेपाली प्रवासि मन्च दक्षिण कोरिया, छन्जु क्षेत्रीय संयोजक हुन् )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...