Advertisement
SKIP THIS

अमेरिका जाने लोभमा २६ लाख डुब्यो


शम्भु कट्टेल

काठमाडौं: जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र? यस्तै भयो बागलुङका गोपालप्रसाद सापकोटालाई।

 

घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका सापकोटा हङकङ विमानस्थलबाटै फर्कनुपर्‍यो।

 

हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको हो। त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन्।

 

अमेरिका जान २६ लाख रुपैयाँ खर्चिएर लिएको भिसा नक्कली ठहरिएपछि उनी होसहवास उडेजस्तै भएका छन्।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन अधिकृतले उनको राहदानीमा सक्कली भिसा भन्दै पठाए पनि हङकङ विमानस्थलले भिसा नक्कली ठहर्‍याएको हो।

 

विगत नौ दिनदेखि अध्यामगन विभागको हिरासतमा रहेका सापकोटा छुट्नका लागि कानुनी लडाइँ लडिरहेका छन्।

 

अध्यागमन विभागका निर्देशक टेकराज ज्ञवालीले सापकोटाको फाइल अध्ययनकै क्रममा रहेको बताए।

 

उनले भने, ‘कानुन व्यवसायीले फाइल हेर्दैछन्। फाइलको अध्ययन सकिएपछि उचित निर्णय लिन्छौं।

 

त्रिभुवन विमानस्थल अध्यामगन कार्यालयका कर्मचारीले जुन १२ मा सापकोटाको भिसामा प्रस्थान अनुमति दिएका थिए।

 

विमानस्थल अध्यागमनमा भिसा नक्कली हो या सक्कली भनेर छुट्ट्याउने यन्त्रसमेत छ।

 

भिसा रिडेबल मेसिनले विमानस्थलमा सापकोटाको भिसा रिड नगरे पनि अध्यामगनका कर्मचारीले पठाएको स्रोतले बतायो।

 

विमानस्थल अध्यागमनका एक अधिकृतले भने, ‘भिसा रिड नगरे पनि सापकोटालाई प्रस्थान अनुमति दिनु शंकास्पद देखिएको छ।

 

उनी फर्किएपछि पनि हामीले भिसा जाँच गर्दा मेसिनले रिड गरेन।’

 

सापकोटा फर्किएपछि भने अध्यागमनका अधिकृतले उनको भिसा नक्कली भएकै ठहर्‍याए। उनले भारतीय सेनामा रहँदा कमाएको रकम अमेरिका जान खर्चिएका थिए।

 

नेपालबाट अमेरिका पठाउने व्यक्ति नपाएपछि भारतको नयाँदिल्ली पुगेका सापकोटाले २६ लाख खर्चिएर अमेरिकाको भिसा लगाएका थिए।

 

सापकोटाको नयाँदिल्लीमा भारत गोरखपुर घर भएका अनिल कुमारसँग भेट भयो। आपसी सहमतिपछि अनिल कुमारले भिसा पक्का गरे।

 

अमेरिकाको भिसाका लागि सापकोटाले अनिल कुमारलाई २६ लाख नेपाली रुपैयाँ बुझाए।

 

भिसा लाग्नुअघि केही रकम ‘एडभान्स’ दिएका सापकोटाले भिसा लागेपछि थप रकम बुझाएका थिए।

 

अनिल कुमारले सापकोटाको राहदानीमा गत वैशाख २९ गते ५ वर्षका लागि अमेरिकाको भिसा लगाइदिएका थिए। सापकोटाले परराष्ट्र मन्त्रालयबाट ०७७८०३१९ नम्बरको राहदानी लिएका थिए।-अन्नपूर्ण

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...