Advertisement
SKIP THIS

कोरियाको स्थानिय निर्वाचनमा साढे चार लाख विदेशीले मतदान गरे


दक्षिण कोरियाको स्थानीय निर्वाचन आज सम्पन्न भएको छ । जुन १३ तारिख मंगलबार भएको सातौ स्थानिय निर्वाचनमा कोरियन नगरिकता लिएका र ग्रिन कार्ड पाएका गरी साढे चार लाख विदेशीले मतदान गरेका छन् । गत वर्ष राष्ट्रपतिको निर्वाचनमा ४ लाख ३२ हजार विदेशी मतदाता रहेको राजनीतिक प्रतिनिधी यज्ञराज सुवेदीले जानकारी दिए ।

राष्ट्रिय निर्वाचन आयोगको तथ्यांक अनुसार सातौ स्थानिय निर्वाचनमा ग्रिन कार्ड पाएका १ लाख ६ हजार ८१४ जना विदेशी मतदाता रहेको छ । कोरियामा विदेशी नागरिकले कोरियाको ग्रिन कार्ड पाएको तीन वर्षपछि मतदान गर्न पाउने व्यवस्था छ । ग्रिन कार्ड पाएकाहरुले स्थानिय निर्वाचनमा मात्रै मतदान गर्न पाउने छन् ।

यसपालीको निर्वाचनमा ६ महानगरप्रमुख र ९ प्रान्तप्रमुख गरी १७ वटा स्थानको मुख्य पदको लागि निर्वाचन गरिदै छन् । साथै सि र गुनका अन्य पदाधिकारी गरी तीन हजार भन्दाबढी पदका लागि पनि उम्मेदारीवीच प्रतिस्पर्धा हुदै छन् । हरेक प्रान्तका मन्त्रीमण्डका मन्त्रीहरुको पनि निर्वाचन गरिनुका साथै, शिक्षा मन्त्रीको पनि निर्वाचन गरिने छ । साथै रिक्त रहेका १४ जना संसदहरुको पनि निर्वाचन गरिएको छ ।

जसमा महानगरपालिकाहरु सउल, इन्छन, बुसान, उल्सान, थेजन, थेगु, ख्वागंजु र सेजुङ रहेका छन् । त्यस्तै प्रान्तहरुमा खावान्दो, ख्यांगीदो, छुङछङ भुक्दो, छुङछङ नाम्दो, झल्ला नाम्दो, झल्ला भुक्दो, ख्यङसाङ नाम्दो, ख्यङसाङ भुक्दो र जेजु दो रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...