Advertisement
SKIP THIS

सिंगापुर पुगे अमेरिकी राष्ट्रिपति ट्रम्प र उत्तर कोरियाली नेता किम


उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर भिभियन आफैँले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् ।

किमको आगमनको तयारीमा सिंगापुरका सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने विमानस्थल वरपरको क्षेत्रमा पनि बिहानैदेखि कडा सुरक्षा व्यवस्था रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उता, उत्तर कोरियाबाट आएका सञ्चारकर्मीहरु पनि किमले यात्रा गर्ने सडकमा उनको तस्बिर लिन लामो समय अगाडिदेखि नै तयारी अवस्थामा बसिरहेको बताइएको छ । अन्तराष्ट्रिय सञ्चारकर्मीहरुलाई भने निश्चित सीमाभन्दा बाहिर तस्बिर खिच्न निषेध गरिएको बताइएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि क्यानडाको जी–सेभेन सम्मेलनपछि आजै बेलुका सिंगापुरका आइपुगेका छन् । अमेरिकी बेस क्याम्पमा रात बिताउने ट्रम्पले आजै बेलुका उनले सिंगापुरका प्रधानमन्त्री लि हिस्न लुङसँग भेटवार्ता गर्ने तय भएको छ ।

किम र ट्रम्पको भेटवार्ता मंगलबार हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...